• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, October 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रसुवाको पर्यटन क्षेत्रमा पुनःजीवन

    रसुवाको पर्यटन क्षेत्रमा पुनःजीवन

    कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

    कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

    रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार

    रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार

    आजदेखि शुक्र अस्त, दशैंको पूजाआजा र टीका जमरा लगाउन बाधा नपर्ने

    आजदेखि शुक्र अस्त, दशैंको पूजाआजा र टीका जमरा लगाउन बाधा नपर्ने

    बिमस्टेकमा नेपालको प्रस्ताव-हिमालदेखि समुद्रसम्म विपद् प्रतिकार्य संयन्त्र बनाऔँ

    बिमस्टेकमा नेपालको प्रस्ताव-हिमालदेखि समुद्रसम्म विपद् प्रतिकार्य संयन्त्र बनाऔँ

    अमेरिकी–नेपाल साझेदारी सुदृढ गर्न अमेरिकी कूटनीतिक प्रतिनिधि र परराष्ट्र सचिवबीच भेटवार्ता

    अमेरिकी–नेपाल साझेदारी सुदृढ गर्न अमेरिकी कूटनीतिक प्रतिनिधि र परराष्ट्र सचिवबीच भेटवार्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

metakhabar by metakhabar
६ पुस २०८२,
0
कागती बिक्री नभएपछि रस र चुक बनाइँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वालिङ (स्याङ्जा)। यहाँ उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका छन् । स्याङ्जाको वालिङ नगरपालिकाका विभिन्न ठाउँमा व्यावसायिक रूपमा उत्पादन भएको कागतीको दानाले बजार नपाएपछि विकल्पका रूपमा कागती पेलेर रस तथा चुक नै बिक्री गर्ने अवस्थामा किसानहरू पुगेका हुन् ।

जाडो मौसममा कागती दानाको माग कम हुँदा बजारमा खपत हुन नसकेकाले बिग्रिन नदिनका लागि चुक बनाएको वालिङ–१४ स्थित न्यौपाने नर्सरी कृषि तथा पशुपालन फार्मका सञ्चालक प्रकाश न्यौपानेले बताउनुभयो । व्यावसायिक रूपमा कागतीखेती गर्नुभएका न्यौपानेले झण्डै छ क्विन्टल कागतीको दाना बिक्री गर्नुभयो । जाडो लागेसँगै बिक्री नभएको चार क्विन्टल कागतीबाट रस तथा चुक बनाउनुभएको हो ।

“कागतीको दाना बोटबाट दैनिक झर्न थाले, यता बजारमा खपत भएन”, उहाँले भन्नुभयो, “दाना कुहाएर फाल्नुभन्दा विकल्पका रूपमा लामो समयसम्म रहने भएकाले चुक र केही समयसम्म रहने भएकाले रसको रूपमा परिणत गरी बिक्री गर्न थालेको छु ।”

कागतीको चुकको बजार माग राम्रो रहेकाले पनि वैकल्पिक विधि अपनाइएको हो । चुक प्रतिलिटर रु एक हजार ६०० का दरले बिक्री हुने गरेको छ । स्थानीय अगुवा किसान न्यौपानले जस्तै यस ठाउँमा रहेका अन्य किसानले पनि उत्पादन गरेका कृषिजन्य वस्तुले बजार नपाएपछि वैकल्पिक विधि अपनाएका छन् ।

वालिङ–१४ र भिरकोट नगरपालिका–९ का व्यावसायिक किसानले उत्पादन गरेको सागसब्जी, फलफूललगायत सामग्रीको आगामी दिनमा सहकारीमार्फत सामूहिक रूपमा बजारीकरण गर्ने तयारीमा स्थानीय रहेका छन् । मौसमी तथा बेमौसमी जातका सागसब्जी, सुन्तला, कागती, च्याउ, मह, अकबरे खुर्सानी, अदुवाको व्यावसायिक उत्पादन गर्दै आएका यहाँका किसानले उत्पादन गरेको कृषिजन्य वस्तुले सहजै बजार नपाएपछि सहकारीमार्फत बजारीकरण गर्ने तयारीमा छन् । भौगोलिक र यातायातका दृष्टिले विकटमा रहेकाले पनि बजारीकरणमा समस्या भएको हो ।

वालिङ–१४ अमलडाँडाका व्यावसायिक कागतीखेती गर्ने किसान यामप्रसाद पौडेलले साउनदेखि यता झन्डै आठ टन कागतीको दाना बिक्री गरेको बताउनुभयो । जाडो लागेसँगै कागती बिक्री हुन छाडेपछि एक टन जतिको पेलेर रस बनाउनुभएको छ । उहाँसित अहिले पेलेको रस झन्डै पाँच सय लिटर छ ।

“गर्मीयाममा जस्तो जाडोमा कागतीका दाना बिक्री हुँदैन”, उहाँले भन्नुभयो, “थोरै थोरै बिक्री हुन्छ, बाँकी रहेका कागतीलाई पेलेर रस निकाल्छु र त्यसलाई प्रशोधन गरेर लामो समयसम्म प्रयोग गर्न सकिन्छ ।” बजारमा रस पनि खपत हुने गरेको छ । अहिले कागतीको माग पनि कम र बजार मूल्य कम पर्ने भएकाले भण्डारण गर्न सक्ने व्यवस्था हुने हो भने गर्मी लागेसँगै राम्रो मूल्य पर्ने उहाँको भनाइ छ ।

Previous Post

बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

Next Post

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयद

metakhabar

metakhabar

सम्बन्धित खबर

रसुवाको पर्यटन क्षेत्रमा पुनःजीवन
आर्थिक

रसुवाको पर्यटन क्षेत्रमा पुनःजीवन

२८ अशोज २०८३,
कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस
आर्थिक

कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

२८ अशोज २०८३,
रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार
आर्थिक

रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार

२८ अशोज २०८३,
आजदेखि शुक्र अस्त, दशैंको पूजाआजा र टीका जमरा लगाउन बाधा नपर्ने
फिचर-ब्यानर

आजदेखि शुक्र अस्त, दशैंको पूजाआजा र टीका जमरा लगाउन बाधा नपर्ने

२८ अशोज २०८३,
बिमस्टेकमा नेपालको प्रस्ताव-हिमालदेखि समुद्रसम्म विपद् प्रतिकार्य संयन्त्र बनाऔँ
फिचर-ब्यानर

बिमस्टेकमा नेपालको प्रस्ताव-हिमालदेखि समुद्रसम्म विपद् प्रतिकार्य संयन्त्र बनाऔँ

२८ अशोज २०८३,
अमेरिकी–नेपाल साझेदारी सुदृढ गर्न अमेरिकी कूटनीतिक प्रतिनिधि र परराष्ट्र सचिवबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

अमेरिकी–नेपाल साझेदारी सुदृढ गर्न अमेरिकी कूटनीतिक प्रतिनिधि र परराष्ट्र सचिवबीच भेटवार्ता

२८ अशोज २०८३,
Load More
Next Post
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयद

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In