• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, April 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म्यान्माकी आङ सान सुकीको ८०औँ जन्मदिन जेलमा

    म्यानमारकी आङ सान सुकीलाई तत्काल रिहा गर्न आग्रह

    लहानक्षेत्रमा सडक विस्तारले गति लिँदै

    लहानक्षेत्रमा सडक विस्तारले गति लिँदै

    उत्तर कोरियाको आणविक क्षमता तीव्र वृद्धिः आइएइए

    उत्तर कोरियाको आणविक क्षमता तीव्र वृद्धिः आइएइए

    चीनको आर्थिक डेटा आश्चर्यजनक रूपमा बलियो, बजार अनुमानभन्दा माथि वृद्धि

    चीनको आर्थिक डेटा आश्चर्यजनक रूपमा बलियो, बजार अनुमानभन्दा माथि वृद्धि

    विवाहपञ्चमी महोत्सव : आज मटकोर विधि गरिँदै

    जानकी जन्म महोत्सवको सांस्कृतिक सन्देश

    बेलायतले युक्रेनलाई कम्तिमा एक लाख २० हजार ड्रोन सहयोग गर्ने

    बेलायतले युक्रेनलाई कम्तिमा एक लाख २० हजार ड्रोन सहयोग गर्ने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    म्यान्माकी आङ सान सुकीको ८०औँ जन्मदिन जेलमा

    म्यानमारकी आङ सान सुकीलाई तत्काल रिहा गर्न आग्रह

    लहानक्षेत्रमा सडक विस्तारले गति लिँदै

    लहानक्षेत्रमा सडक विस्तारले गति लिँदै

    उत्तर कोरियाको आणविक क्षमता तीव्र वृद्धिः आइएइए

    उत्तर कोरियाको आणविक क्षमता तीव्र वृद्धिः आइएइए

    चीनको आर्थिक डेटा आश्चर्यजनक रूपमा बलियो, बजार अनुमानभन्दा माथि वृद्धि

    चीनको आर्थिक डेटा आश्चर्यजनक रूपमा बलियो, बजार अनुमानभन्दा माथि वृद्धि

    विवाहपञ्चमी महोत्सव : आज मटकोर विधि गरिँदै

    जानकी जन्म महोत्सवको सांस्कृतिक सन्देश

    बेलायतले युक्रेनलाई कम्तिमा एक लाख २० हजार ड्रोन सहयोग गर्ने

    बेलायतले युक्रेनलाई कम्तिमा एक लाख २० हजार ड्रोन सहयोग गर्ने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

कोरला सडक आयोजनामा आठ अर्ब खर्च

metakhabar by metakhabar
२८ मंसिर २०८२,
0
कोरला सडक आयोजनामा आठ अर्ब खर्च
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुस्ताङ। यहाँको उत्तरदक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडकमा रु आठ अर्ब २० करोड खर्च भएको छ । आव २०८१/८२ सम्म आयोजनाको प्रस्तावित लागत अनुमान रु १० अर्ब ५७ करोड रहेकामा आयोजनाले ८२ प्रतिशत बजेट खर्च गरेको हो ।

भारत र चीन जोड्ने राष्ट्रिय गौरवको कोरला सडकअन्तर्गत पर्वतको मालुढुङ्गादेखि नेपाल–चीन कोरलानाकासम्मको दुई सय दुई किलोमिटर सडकको ट्रयाक खुलाइसकिएको छ । विसं २०७३ साल मङ्सिर १२ गते मन्त्रिपरिषद्को निर्णयअनुसार कालीगण्डकी करिडोर (बेनी–जोमसाम–कोरला) सडकलाई छुट्टै आयोजनाका रूपमा स्थापना गरिएको थियो । जसअन्तर्गत आयोजनाले यहाँ २०७३÷७४ सालदेखि निरन्तर पर्वत, म्याग्दी र मुस्ताङ खण्डमा दुई सय दुई किलोमिटर सडकको क्रमबद्ध रूपमा सडक स्तरोन्नति गरिरहेको छ । आयोजनाको पछिल्लो संशोधित सम्पन्न अवधि आव २०८२/८३ प्रस्ताव गरिएको छ । तर कोरलानाकासम्मको सडक कालोपत्र गर्नुपर्ने आवश्यकता रहेकाले सम्पन्न अवधि पुनः संशोधन हुने निश्चित छ ।

यस कालीगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत दुई सय दुई किलोमिटर सडकको ट्रयाक खोल्ने, ९७ किलोमिटर सडक ग्राभेल, एक सय पाँच किलोमिटरमा कालोपत्र र १९ वटा पुल निर्माण गर्ने लक्ष्य छ । उक्त लक्ष्यअनुरुप आव २०८१/८२ सम्ममा आयोजनाले दुई सय दुई किलोमिटर सडकको ट्रयाक खोलिसकेको, ९४ किलोमिटर सडक ग्राभेल, ८८ किलोमिटर कालोपत्र र १४ वटा पुल निर्माण सम्पन्न भइसकेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो ।

कोरला सडकका लागि आयोजनामार्फत तीन किलोमिटर ग्राभेल र कागबेनी–छुसाङ १० किमी कालोपत्रसहित २७ किलोमिटर सडकमा कालोपत्र गर्नुपर्ने र बाँकी स्थानमा नयाँ ठेक्का लगाउनुपर्ने छ । यस आयोजनाअन्तर्गत (कागबेनी–कोरला) सडकखण्डसमेत कालोपत्र गर्ने अवस्था रहेमा आयोजनाका कुल लागत अनुमान १५ अर्ब बढी हुनसक्ने आयोजना प्रमुख शर्माको भनाइ छ । जसअन्तर्गत कोरला सडकखण्डको पूरै दुई सय दुई किमी डबल लेनमा सडक स्तरोन्नति गरी कालोपत्र गर्ने र आवश्यक पुल निर्माण गर्ने लक्ष्य रहेको आयोजना प्रमुख शर्माले बताउनुभयो ।

कोरला सडकका लागि चालु आव २०८२/८३ मा सडकतर्फ रु ६८ करोड १३ लाख विनियोजन भएको छ । आयोजनाले विनियोजित उक्त बजेटमध्ये प्रथम चौमासिकमा रु २३ करोड ७७ लाख अर्थात् ३४ दशमलव ८८ प्रतिशत बजेट खर्च गरेको छ । यसैगरी रणनीतिक सडक पुल निर्माण तथा पुलपुलेसा संरक्षणका लागि एक करोड ४५ लाख बजेट विनियोजन गरिएको छ । यस शीर्षकमा चालु वर्षको पहिलो चौमासिकसम्म कुनै वित्तिय भुक्तानी नभएको आयोजनाले जनाएको छ ।

त्यसैगरी, गत आवमा यस आयोजनाका लागि सुरुआती पुँजीगतर्फ ९२ करोड ४५ लाख विनियोजन भएको थियो । उक्त बजेट संशोधन भई रु ९३ करोड ८० लाख बजेट कायम भएको थियो । गत वर्ष कोरला सडकको वित्तिय प्रगति ९९ करोड ९६ लाख भएको थियोभने भौतिक प्रगति शतप्रतिशत भएको आयोजना प्रमुख शर्माको भनाइ छ ।

आयोजना अनुसार गतवर्ष १० किलोमिटर ग्राभेल सडक, ३० किलोमिटर कालोपत्र, एक सडक मर्मत तथा स्तरोन्नति र छवटा पक्की पुल सम्पन्न भएका आयोजना प्रमुख शर्माले उल्लेख गर्नुभयो । राष्ट्रिय गौरवको कोरला सडकका लागि आव २०७३/७४ मा रु ४५ करोड ९३ लाख, आव २०७४/७५ मा एक अर्ब ५१ करोड २८ लाख, आव २०७५/७६ मा रु एक अर्ब ३१ करोड, आव २०७६/७७ मा रु ९० करोड २५ लाख, आव २०७७/७८ मा रु ९३ करोड ४९ लाख, आव २०७८/७९ मा रु ८४ करोड ८६ लाख, आव २०७९/८० मा रु ५७ करोड एक लाख, आव २०८०/८१ मा ७२ करोड ७८ लाख र आव २०८१/८२ मा रु ९३ करोड ७७ लाख बजेट खर्च भएको आयोजनाको तथ्याङ्कमा उल्लेख छ ।

कोरला सडकअन्तर्गत मालढुङ्गा बेनी सडकखण्डमा दुई सय मिटर सडकमा पहिरो रोकथाम गर्नुपर्ने, मालढुङ्गा बेनी खण्डको नौ सय मिटर बेनीबजार क्षेत्रमा विवादको कारण सडक निर्माणमा बाधा पुगेको र त्यहाँ विवाद समाधान गरी सडक एलाइमेन्ट परिवर्तन गरी नयाँ ठेक्का खुल्नुपर्ने आवश्यकता रहेको आयोजनाले जनाएको छ । बेनीदेखि तातोपानी खण्डको चार किलोमिटर दूरीमा पहिरो रोकथामका लागि आवश्यक सडक स्थिरीकरण गरी दायाँ फुटपाथको कार्य गर्नुपर्ने देखिन्छ । यसैगरी म्याग्दीको तातोपानीदेखि जोमसोम खण्डको २.५ किलोमिटर क्षेत्रमा पहिरो रोकथामका लागि आवश्यक सडक स्थिरीकरण गर्दै दाया फुटपाथको काम गर्नुपर्ने चुनौती रहेको छ ।

बेनीदेखि जोमसोमसम्मको टुकुचे, भुरुङखोला र बोक्सी खोलामा दुईवटा गरी चार वटा थप पुल निर्माण गर्नुपर्नेछ । यहाँको जोमसोम–कोरला सडकअन्तर्गत छुसाङदेखि घमीसम्म ४० किलोमिटरको वातावरण प्रभाव मूल्याङ्कन इआइए तथा डिपिआर भइसकेको र त्यसका लागि कालोपत्र गर्न रु दुई अर्ब चार करोड लागतमा बहुवर्षीय ठेक्का लगाउनुपर्ने देखिएको छ । घमीदखि कोरला ५० किलोमिटर सडकको इआइए र सडक डिपिआर भइसकेकाले रु तीन अर्ब लागतको बहुवर्षीय ठेक्का व्यवस्थापन गर्नुपर्ने आयोजनाले जनाएको छ ।

Previous Post

समयमै सुरु भएन एमाले बन्दसत्र, दिउँसो सारियो

Next Post

मुआब्जा नपाएपछि माथिल्लो रावाखोला आयोजना बन्द

metakhabar

metakhabar

सम्बन्धित खबर

म्यान्माकी आङ सान सुकीको ८०औँ जन्मदिन जेलमा
अन्तर्राष्ट्रिय

म्यानमारकी आङ सान सुकीलाई तत्काल रिहा गर्न आग्रह

५ बैशाख २०८३,
लहानक्षेत्रमा सडक विस्तारले गति लिँदै
आर्थिक

लहानक्षेत्रमा सडक विस्तारले गति लिँदै

५ बैशाख २०८३,
उत्तर कोरियाको आणविक क्षमता तीव्र वृद्धिः आइएइए
अन्तर्राष्ट्रिय

उत्तर कोरियाको आणविक क्षमता तीव्र वृद्धिः आइएइए

५ बैशाख २०८३,
चीनको आर्थिक डेटा आश्चर्यजनक रूपमा बलियो, बजार अनुमानभन्दा माथि वृद्धि
फिचर-ब्यानर

चीनको आर्थिक डेटा आश्चर्यजनक रूपमा बलियो, बजार अनुमानभन्दा माथि वृद्धि

५ बैशाख २०८३,
विवाहपञ्चमी महोत्सव : आज मटकोर विधि गरिँदै
आवाज

जानकी जन्म महोत्सवको सांस्कृतिक सन्देश

५ बैशाख २०८३,
बेलायतले युक्रेनलाई कम्तिमा एक लाख २० हजार ड्रोन सहयोग गर्ने
आर्थिक

बेलायतले युक्रेनलाई कम्तिमा एक लाख २० हजार ड्रोन सहयोग गर्ने

५ बैशाख २०८३,
Load More
Next Post
मुआब्जा नपाएपछि माथिल्लो रावाखोला आयोजना बन्द

मुआब्जा नपाएपछि माथिल्लो रावाखोला आयोजना बन्द

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In