• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी

    पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी

    ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

    ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

    अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

    अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

    मेहनत र आम्दानी दुवै गाउँमै

    मेहनत र आम्दानी दुवै गाउँमै

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    देशभर मनसुनी वायुको प्रभावः मौसम पूर्वानुमान महाशाखा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राष्ट्रिय महाधिवेशनका लागि दुमी किरात राईहरु खोटाङको खार्मीमा

metakhabar by metakhabar
१७ मंसिर २०८२,
0
राष्ट्रिय महाधिवेशनका लागि दुमी किरात राईहरु खोटाङको खार्मीमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खोटाङ । देश तथा विदेशमा रहेका दुमी किरात राईहरु खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा भेला भएका छन् । दुमी किरात राई फन्सीकीमको आठौँ राष्ट्रिय महाधिवेशनका लागि नेपालसहित छिमेकी देश भारतको सिक्किम र दार्जिलिङ तथा हङकङ, अमेरिका र बेलायतमा बसोबास गर्ने दुमी किरात राईहरु खार्मीस्थित रुधालुङमा भेला भएका हुन् ।

‘पुख्र्यौली ज्ञान, साझा पहिचान’ भन्ने नाराका साथ सुरु भएको आठौँ राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन, आर्थिक तथा साङ्गाठानिक प्रतिवेदन पारित र भावी रणनीति निर्माण गर्ने आयोजक दुमी किरात राई फन्सीकीमका महासचिव तेजमाया मुरह दुमी राईले जानकारी दिए ।

किरात समुदायको महान चाड छीरीयाम्लो (उँधौली) को अवसर पारेर आयोजना गरिएको महाधिवेशनले एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, दुई जना उपाध्यक्ष, एक जना महासचिव, तीन जना सचिव, एक कोषाध्यक्ष र एक जना सहकोषाध्यक्षसहित २१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्ने जनाइएको छ ।

महाधिवेशनको औपचारिक उद्घाटन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले ब्यानर वाचन गरेर तथा दुमी किरात राईहरुको नाग्रे कुबी (पित्रे धामी) ले तीन चुल्हा पुजेर गरेका छन् । महाधिवेशन उद्घाटनमा साकेला सिली, मारुनी नाच, कुबी तथा तयातङ्कुबाट मुन्दुमी बखान लगायतका कार्यक्रम प्रदर्शन गरिएको छ ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख भट्टराईले खोटाङ किरात भूमि भएकाले नगरपालिकाको लेटर प्याडमा किरात लिपि समावेश गरिएको जानकारी दिएका छन् । “म भट्टराई परिवारमा जन्म लिए पनि किराती हुँ । हामीलाई किराती हुनुमा गर्व लाग्छ । त्यसैले नगरपालिकाले गर्ने हरेक क्रियाकलापमा मुन्दुमी कुराहरु जोडेर गर्ने गरेका छौँ”, उनले भने, “मुन्दुम अन्तरराष्ट्रिय चित्रकला प्रदर्शनी सम्पन्न गरिसकेका छौँ । विभिन्न ४० देशका ख्याति प्राप्त चित्रकारहरुले क्यानभासमा उतारेका चित्र सङ्कलन गरेर मुन्दुम अन्तरराष्ट्रिय चित्रकला सङ्ग्राहलय स्थापना गरेका छौँ । यसले किराती सभ्यतालाई विश्वभर चिनाउन मद्दत गरेको छ ।”

माझ किरात भनेर चिनिने खोटाङको खार्मीस्थित रुधालुङको जगत आधारभूत विद्यालयको प्राङ्गणमा दुई दिनसम्म सञ्चालन हुने महाधिवेशनमा दुमी किरात राईहरुको वङ्शावलीसमेत विमोचन गरिएको छ । संस्कृतिविद् चतुरभक्त राईले सङ्कलन, लेखन तथा सम्पादन गर्नुभएको ९५० पृष्ठको वङ्शावलीमा दुमी किरात राईहरुको २२ पाछा तथा ११ सामायी समेटिएको छ ।

करिब ३२ वर्ष लगाएर तयार पारिएको दुमी किरात राईहरुको वङ्शावली सङ्कलन, लेखन तथा सम्पादन गर्नुहुने संस्कृतिविद् राईलाई फन्सीकीमले सफरी (फेटा) बाँधेर ताम्रपत्रसहित सम्मान गरेको छ । किरात राई संस्कार तथा संस्कृति झल्कने विभिन्न स्टल राखिएको महाधिवेशन कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राई, केपिलासगढी गाउँपालिकाका प्रमुख समिर राई, साम्पाङ राई जुम्लेखाका केन्द्रीय अध्यक्ष वीरकाजी राई, खार्मीका वडाध्यक्ष ईखबहादुर राई, जालपाका वडाध्यक्ष दानबहादुर राई, नेर्पाका वडाध्यक्ष माधव राई, किरात पुर्खा, संस्कृतिविद्, कुबी तथा तथा तयातङ्कु लगायतको उपस्थिति थियो ।

किरात यले सम्वत् (यल थो ५०८५) को अवसर पारेर आयोजना गरिएको राष्ट्रिय महाधिवेशनमा शुभकामना आदानप्रदान, सांस्कृतिक झाँकी प्रदर्शन तथा बुढापाकाबाट मुन्दुमी ज्ञानसमेत आदानप्रदान गरिने आयोजक दुमी किरात राई फन्सीकीमका केन्द्रीय अध्यक्ष डा नेत्रमणि हलक्सु दुमी राईले जानकारी दिएका छन् । दुमी किरात राई समुदायले खोटाङको खार्मी, जालपा, बाक्सिला, सप्तेश्वर र माक्पालाई आफूहरुको उद्गम थलो मान्ने गरेका छन् ।

Previous Post

धार्मिक पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै शालग्राम सङ्ग्रहालय

Next Post

एउटै गाउँबाट दुई करोडभन्दा बढीको सुन्तला बिक्री

metakhabar

metakhabar

सम्बन्धित खबर

पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी
समाचार

पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी

९ भदौ २०८३,
ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन
समाचार

ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

९ भदौ २०८३,
अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता
समाचार

अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

९ भदौ २०८३,
मेहनत र आम्दानी दुवै गाउँमै
फिचर-ब्यानर

मेहनत र आम्दानी दुवै गाउँमै

९ भदौ २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

९ भदौ २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

देशभर मनसुनी वायुको प्रभावः मौसम पूर्वानुमान महाशाखा

९ भदौ २०८३,
Load More
Next Post
एउटै गाउँबाट दुई करोडभन्दा बढीको सुन्तला बिक्री

एउटै गाउँबाट दुई करोडभन्दा बढीको सुन्तला बिक्री

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In