स्कुल पढ्न गएको छोरा बेलुका घर फर्किएपछि—
आमाः कहाँ गएको थिइस् ?
छोराः आमाको माया चलचित्र हेर्न ।
आमाः दिउँसो आमाको माया हेरिस् अब बाबुको झापु खाएर सुत्न जा ।
जन्माउने इच्छा हुँदैन
शिक्षकः पवन ल भन त १० करोड रुपैयाँ भएको मानिस बढी सन्तुष्ट हुन्छ कि १० जना छोराछोरी भएको मानिस ?
पवनः १० जना छोराछोरी भएको मानिस सन्तुष्ट हुन्छ किनभने अब उसलाई अरु सन्तान जन्माउने इच्छा हुँदैन ।
साभारः ‘हँसाउने चुट्किला’ पुस्तकबाट













