• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, December 7, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गोली हानेर ब्राउन सुगर बोक्नेलाई समात्यो प्रहरीले

    दाङ किन चल्यो गोली ?

    धादिङको चालिसेमा श्रृंखलाबद्ध दुर्घटना : ६ सवारी ठोक्किँदा मानवीय क्षतिको आशंका

    धादिङको चालिसेमा श्रृंखलाबद्ध दुर्घटना : ६ सवारी ठोक्किँदा मानवीय क्षतिको आशंका

    बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

    बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

    सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

    सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

    धादिङमा ७ सवारी एकै ठाउँमा ठोकिँदा घाइते भएका ७० जनामध्ये २ को मृत्यु

    धादिङमा ७ सवारी एकै ठाउँमा ठोकिँदा घाइते भएका ७० जनामध्ये २ को मृत्यु

    राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव

    निर्वाचन आउन ८८ दिन बाँकी, समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    गोली हानेर ब्राउन सुगर बोक्नेलाई समात्यो प्रहरीले

    दाङ किन चल्यो गोली ?

    धादिङको चालिसेमा श्रृंखलाबद्ध दुर्घटना : ६ सवारी ठोक्किँदा मानवीय क्षतिको आशंका

    धादिङको चालिसेमा श्रृंखलाबद्ध दुर्घटना : ६ सवारी ठोक्किँदा मानवीय क्षतिको आशंका

    बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

    बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

    सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

    सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

    धादिङमा ७ सवारी एकै ठाउँमा ठोकिँदा घाइते भएका ७० जनामध्ये २ को मृत्यु

    धादिङमा ७ सवारी एकै ठाउँमा ठोकिँदा घाइते भएका ७० जनामध्ये २ को मृत्यु

    राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव

    निर्वाचन आउन ८८ दिन बाँकी, समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

पुनःनिर्माण सुरु भएको तीन वर्षसम्म अलपत्र बालेश्वरी मन्दिर

metakhabar by metakhabar
७ मंसिर २०८२,
0
पुनःनिर्माण सुरु भएको तीन वर्षसम्म अलपत्र बालेश्वरी मन्दिर
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

भारदेउ (ललितपुर), ७ मङ्सिरः धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं पर्यटकीय दृष्टिले आकर्षकस्थलका रूपमा परिचित फूलबारी (कोन्ज्योसोम) डाँडाको फेदीमा रहेको बालेश्वरी मन्दिर पुनःनिर्माण सुरु भएको तीन वर्षसम्म पनि सम्पन्न भएको छैन । सङ्घीय सरकारअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०७९/८० मा रु १० लाख बजेट विनियोजन गरेर सुरु भएको मन्दिरको पुनःनिर्माण बजेट सकिएपछि अलपत्र भएको हो ।

सङ्घीय मन्त्रालयले कोन्ज्योसोम गाउँपालिकामा बजेट पठाएर मन्दिर पुनःनिर्माण सुरु गरेको थियो । उक्त बजेट सकिएपछि मन्दिर पुनःनिर्माण अलपत्र बनेको छ । अर्को वर्ष बजेट नआएकाले तीन वर्षदेखि मन्दिर अलपत्र बनेको हो । यस क्षेत्रका धार्मिक पर्यटकीयस्थलमध्ये बालेश्वरी मन्दिर पनि एक पर्दछ । नख्खु खोलाको मुहानमा पर्ने यो मन्दिर पुनःनिर्माण सम्पन्न गर्न सरोकार भएका कुनै पनि निकायले ध्यान नदिएका स्थानीयको गुनासो छ ।

गाउँपालिकाका उपाध्यक्ष राजनप्रसाद घिमिरेले पालिकाका तर्फबाट दुई पटक गरी रु नौ लाख बजेट छुट्याइए पनि उपभोक्ता समितिबाट काम हुन नसकेको बताउनुभयो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले मन्दिर जीर्ण भएको थियो । मन्दिर पुरानै स्वरुपमा बनाउनुपर्नेमा मापदण्ड नमिलेर रोकिएको उहाँको भनाइ छ ।

कोन्ज्योसोम गाउँपालिका–५ का वडाध्यक्ष विजय लामाले समितिले मन्त्रालयमार्फत् विनियोजन गरेको रकमबाट किनेको काठ अलपत्र भएको बताउनुभयो । उहाँका अनुसार पुरातात्विक महत्वको यो मन्दिर नबन्दा यहाँ भएका ऐतिहासिक एवं धार्मिक महत्वका सामग्री पनि नष्ट हुन थालेका छन् ।

यहाँको बाघको पञ्जा भएको ढुङ्गा संरक्षणस्थलको अभावमा फुटेको स्थानीय सुरेन्द्र श्रेष्ठले बताउनुभयोे । उहाँका अनुसार ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण यो मन्दिरमा प्रत्येक वर्ष पुस मसान्तमा बत्ती बाल्नेको घुइँचो लाग्दछ भने माघ १ गते यहाँ मेला लाग्ने गरेको छ ।

समुद्री सतहबाट दुई हजार ५७५ मिटर उचाइमा अवस्थित फूलबारी डाँडाको फेदीमा रहेको यो मन्दिरमा पुग्ने सबै आन्तरिक एवं बाह्य पर्यटक अलपत्र संरचनाका कारण पुग्न समस्या हुने गरेको श्रेष्ठले बताउनुभयो । माथिको डाँडाबाट एक दर्जन बढी हिमाली शृङ्खला देखिने भएकाले आन्तरिक एवं बाह्य पर्यटकको यस क्षेत्रमा घुइँचो हुन थालेको हो ।

कोन्ज्योसोम डाँडासमेत भनिने यो स्थान फूल्चोकी डाँडाको दक्षिणपूर्वी भागमा पर्दछ । नगरकोटबाट भन्दा धेरै हिमाल देख्न सकिने यो स्थानमा अहिले आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुन थालेको छ । यही डाँडाको करिब १०० मिटर तल धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वको गुप्तेश्वर महादेव मन्दिरसहित गुफा पनि छ ।

फूलबारीडाँडामा पनि केही वर्षअघि बौद्ध दर्शन अनुसार त्रिदेवको प्रतिमा स्थापना गरिएपछि हिन्दू र बौद्ध दुवै धर्मावलम्बीको पवित्रस्थलका रुपमा यो ठाउँ स्थापित भएको छ । प्राचीनकालदेखि यहाँ दुवै धर्मावलम्बी आस्था एवं विश्वासका साथ पुग्ने गरेका थिए । भारदेउलगायत राजधानीका विभिन्न स्थानमा लामो समय खडेरी प¥यो भने गुप्तेश्वर महादेवको पूजा आराधना गरेपछि पानी पर्ने गरेको यहाँका स्थानीयवासी बताउँछन् ।

प्राकृतिक र सांस्कृतिक पर्यटकीय दृष्टिले आकर्षक रहेको कोन्ज्योसोममा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन यहाँका स्थानीयवासी पनि लागिपरेका छन् । आन्तरिक एवं बाह्य पर्यटकका लागि आवश्यक विभिन्न पूर्वाधार निर्माणमा उनीहरू जुटेका हुन् ।

सातदोबाटोबाट करिब २२ किमीको दूरीमा कोन्ज्योसोम गाउँपालिका–५ स्थित भारदेउ पुगिन्छ । बालेश्वरी मन्दिर, फूलबारीडाँडा र गुप्तेश्वर महादेव मन्दिरमुनिको यो बस्तीमा आन्तरिक एवं बाह्य पर्यटकलाई स्वागत गर्न चार वटा घरवास (होमस्टे) खुलेका छन् । त्यसमध्येको १२७ वर्ष पुरानो एक पुरातात्विक महत्वको घर जसलाई १७ झ्याले पनि भनिन्छ, यसमा खुलेको होमस्टे धेरैको आकर्षणको केन्द्र बनेको छ ।

यहाँका लालकाजी मोक्तानको पाँच पुस्ताअघिका पूर्खाले बनाएको यो घर अहिले पनि उही स्वरुपमा छ । विसं १९९०, २०४५ र २०७२ सालको तीन, तीन वटा भूकम्पले पनि यो घरलाई केही असर गरेको छैन । जसको छानामात्र खरबाट जस्तामा फेरिएको छ । यही घरमा उहाँलगायत सात जनाको समूहले होमस्टे चलाउनुभएको हो । यो होमस्टेमा प्रत्येक शुक्रबार खचाखच आन्तरिक एवं बाह्य पर्यटक आउने गरेका छन् । होमस्टे आउने पर्यटकलाई स्थानीय उत्पादन खुवाएर आकर्षित गर्ने गरिएको छ ।

कोन्ज्योसोम गाउँपालिकाका पूर्वअध्यक्ष गोपीलाल सिङ्तान पनि कोन्ज्योसोम धार्मिक पर्यटन विकास समिति गठन गरेर यहाँको पर्यटन प्रवर्द्धनमा लागिपर्नुभएको छ । उहाँलगायतको समूहले भारदेउ भ्यू मिनी रिसोर्ट स्थापना गरेर पर्यटकीय पूर्वाधारको आवश्यकता पनि पूरा गर्नुभएको हो । रिसोर्ट नामाकरण गरिए पनि होमस्टेकै स्वरुपमा यसलाई सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

सिङ्तान नेतृत्वको धार्मिक पर्यटन विकास समितिले गाउँपालिकासँग सम्झौता गरी फूलबारीडाँडामा निर्माण भएको त्रिदेव प्रतिमा र गुप्तेश्वर महादेव मन्दिर क्षेत्रको रेखदेख एवं सञ्चालन गर्ने भएको छ । गुप्तेश्वर सामुदायिक वन रहेको यो क्षेत्र पर्यटकीय आकर्षणको केन्द्र बनाउन यहाँ पुग्ने सडक पूर्वाधारलाई सुधार गरिनुपर्ने स्थानीयवासीको माग छ । राजधानीबाट करिब डेढ घण्टामा पुग्न सकिने यस स्थानमा सडक सुधार गर्न सके धेरैले सप्ताहान्तको छुट्टी मनाउने स्थलका रुपमा विकास गर्न सकिन्छ ।

रातोघर र पहेँलोघर नामबाट अरु दुई होमस्टे पनि यहाँ सञ्चालनमा छन् । शुक्रबार यहाँ पुग्ने आन्तरिक एवं बाह्य पर्यटकलाई यी होमस्टेले मात्र नधान्ने भएपछि खाली रहेका २०–२५ वटा पुराना घरमा सामुदायिक होमस्टे सञ्चालनका लागि यहाँका स्थानीयवासीले तयारी गरेका स्थानीय ज्ञानबहादुर मोक्तानले जानकारी दिनुभयो ।

राजधानीको धुँवा, धुलोमा दिक्क भएकालाई यहाँको पदमार्गले आकर्षण गर्ने गरेको छ । गोदावरीबाट फूलचोकी हुँदै कोन्ज्योसोमसम्म पदमार्ग रहेको छ । यो मार्ग पुरानो हो । पछिल्लो समय फूलचोकी जङ्गलमा वृद्धि भएको चितुवालगायत वन्यजन्तुका कारण यो मार्गको कम प्रयोग भए पनि १५ देखि २० जनासम्म पदयात्रीका लागि भने उपयुक्त हुने स्थानीय मोक्तानले बताउनुभयो ।

कोन्ज्योसोम डाँडाबाट काभ्रेपलान्चोकको बेथानचोक बतासे गुम्बा हुँदै नारायणस्थानसम्म अर्को पदमार्ग पर्दछ । कोन्ज्योसोम डाँडाबाट महाङ्काल गाउँपालिकाको कालेश्वर मन्दिरसम्म अर्को पदमार्गको पनि रहेको उहाँले सुनाउनुभयो । काठमाडौँ उपत्यकामा राजधानीबाट नजिक रहेको यो ठाउँको प्रचारप्रसार नभएकैले अहिलेसम्म ओझेलमा परेको स्थानीयवासी बताउँछन् ।

कोरोनाअघिसम्म कोन्ज्योसोम क्षेत्रको पर्यटकीय आकर्षणका बारेमा चर्चासम्म पनि हुन्थेन । कोरोनाका समयमा गाउँपालिकाले स्थानीयवासीलाई रोजगारी दिने गरी भारदेउबाट फूलबारी डाँडासम्मको सडक खनेपछि यसको महत्व जनसमक्ष आएको हो । फूलबारीडाँडा अहिले धेरै युवायुवतीको पनि घुमफिर गर्ने आकर्षणको केन्द्र बन्न सफल भएको छ ।

कोन्ज्योसोमबाट बिहान ७ बजे लगनखेल जाने सार्वजनिक यातायातको व्यवस्था छ । चापागाउँबाट प्रत्येक दिनको दिउँसो ३ः०० बजे कोन्ज्योसोमका लागि सार्वजनिक यातायात छुट्ने गरेको छ । अरु यातायातको सुविधा नहुँदा भने यहाँ जान समस्या हुने गरेको छ । यहाँ जाने सडक विभिन्न स्थानमा कच्ची भएकाले यात्रुलाई केही असहज हुने गरेको छ । सडक कालोपत्रका लागि बोलपत्र आह्वान भइसकेको जनाइएको छ । वाग्मती प्रदेश सरकारले यहाँको सडक कालोपत्र गर्न बोलपत्र गरेको हो ।

फूलबारी डाँडाको त्रिदेव प्रतिमास्थल र गुप्तेश्वर महादेव मन्दिरको पूजा, आराधना एवं दर्शनका लागि पनि दैनिक सयौँ ललितपुर बाहिरका पर्यटक आउने गरेका छन् । यहाँको गुप्तेश्वर महादेव मन्दिरमा प्रत्येक वर्षको साउन महिना, महाशिवरात्रि, बालाचतुर्दशीलगायत पर्वमा मेला लाग्ने गरेको छ ।

यसैगरी त्रिदेव बुद्ध प्रतिमास्थलमा सोनाम ल्होसार, वैशाख १ गते नयाँ वर्ष र वैशाख पूर्णिमाका दिन मेला लाग्ने गरेको छ । यहाँबाट सगरमाथा, गौरीशङ्कर, माछापुच्छ्रे, मनास्लु, धवलागिरि, गणेश, लामाटाङ, जुगललगायत दर्जन बढी हिमाल देखिन्छ । शुक्रबार बेलुकी गएर भारदेउका होमस्टेमा बसेका आन्तरिक एवं बाह्य पर्यटक शनिबार भने बिहान ७ बजे नै फूलबारीडाँडामा हिमाल हेर्न जाने गरेका छन् । प्रत्येक हप्ताको शुक्रबार र शनिबार यस क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटकको घुइँचो हुने गरेको छ । पर्यटक अनुसार यहाँ होमस्टेलगायत पूर्वाधार भने छैन ।

Previous Post

गुगल एडसेन्सवाट घरमै बसेर यसरी कमाउन सकिन्छ

Next Post

गाजामा ४० हजार बालबालिकालाई खोप दिने डब्लुएचओको लक्ष्य

metakhabar

metakhabar

सम्बन्धित खबर

गोली हानेर ब्राउन सुगर बोक्नेलाई समात्यो प्रहरीले
फिचर-ब्यानर

दाङ किन चल्यो गोली ?

२१ मंसिर २०८२,
धादिङको चालिसेमा श्रृंखलाबद्ध दुर्घटना : ६ सवारी ठोक्किँदा मानवीय क्षतिको आशंका
फिचर-ब्यानर

धादिङको चालिसेमा श्रृंखलाबद्ध दुर्घटना : ६ सवारी ठोक्किँदा मानवीय क्षतिको आशंका

२१ मंसिर २०८२,
बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा
आर्थिक

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

२१ मंसिर २०८२,
सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा
आर्थिक

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

२१ मंसिर २०८२,
धादिङमा ७ सवारी एकै ठाउँमा ठोकिँदा घाइते भएका ७० जनामध्ये २ को मृत्यु
फिचर-ब्यानर

धादिङमा ७ सवारी एकै ठाउँमा ठोकिँदा घाइते भएका ७० जनामध्ये २ को मृत्यु

२१ मंसिर २०८२,
राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव
फिचर-ब्यानर

निर्वाचन आउन ८८ दिन बाँकी, समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

२१ मंसिर २०८२,
Load More
Next Post
युद्धविरामपछि पनि गाजामा भोकमरी कम हुन सकेनः डब्लुएचओ

गाजामा ४० हजार बालबालिकालाई खोप दिने डब्लुएचओको लक्ष्य

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In