• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

    मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

    विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

    विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    ‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सडक मापदण्डभित्रका बासिन्दालाई क्षतिपूर्ति दिइँदै

metakhabar by metakhabar
७ मंसिर २०८२,
0
सडक मापदण्डभित्रका बासिन्दालाई क्षतिपूर्ति दिइँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गुल्मी। मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडक क्षेत्रका स्थानीयलाई क्षतिपूर्तिबापतको रकम उपलब्ध गराउन सुरु गरिएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालयले उक्त क्षेत्रमा सडक स्तरोन्नतिका क्रममा सडक मापदण्डभित्र पर्ने घरटहरा र संरचनाको रकम उपलब्ध गराउन थालेको हो ।

रिडी–तम्घास सडकमा मदन भण्डारी राजमार्ग योजना कार्यालयले क्षतिपूर्तिबापत स्थानीयलाई हालसम्म रु एक करोड ५२ लाख भुक्तानी गरिसकेको सूचना अधिकारी एवं इन्जिनियर हुमनाथ पौडेलले जानकारी दिए । यसपटक कम बजेट विनियोजन भएका कारण यस आर्थिक वर्षमा ५० प्रतिशतमात्र उपलब्ध गराइएको उनले बताए ।

कार्यालयले रिडी–तम्घास सडकखण्डमा सडक मापदण्डभित्र पर्ने २७ घरटहरा तथा संरचनाको क्षतिपूर्ति उपलब्ध गराइसकेको छ । उक्त खण्डमा क्षतिपूर्तिबापत रु पाँच करोड २३ लाख ६१ हजार मूल्याङ्कन गरिएको छ । सो मूल्याङ्कनमध्ये हालसम्म रु एक करोड ५२ लाखमात्र भुक्तानी उपलब्ध गराएको कार्यालय प्रमुख रमेश चौधरीले जानकारी दिए। क्षतिपूर्ति प्राप्त गर्न मापदण्डभित्र पर्ने संरचना हटाएपछि मात्र भुक्तानी पाउने भएकाले अन्य व्यक्तिको भुक्तानी पनि प्रक्रियामा रहेको उनले बताए।

कार्यालयले पहिलो चरणअन्तर्गत एक सय दुई जनालाई क्षतिपूर्ति रकम उपलब्ध गराउन लागेको हो । जिल्लामा मुआब्जा तथा क्षतिपूर्ति निर्धारण समितिबाट भएको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालयले यसअघि नै क्षतिपूर्ति पाउनेहरूको नामावली सार्वजनिक गरी सम्बन्धित कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । त्यसका लागि प्रभावित क्षेत्रका घरधनीलाई कार्यालयले मापदण्डभित्र पर्ने घरटहरा र संरचना हटाउन सूचित गरिसकेको छ ।

क्षतिपूर्ति प्राप्त गर्न सडक स्तरोन्नतिका क्रममा घरटहरा, शौचालय, गोठ तथा अन्य भौतिक संरचनाको आवश्यक कागजात पेस गर्न सम्बन्धित संरचना धनीलाई आग्रहसमेत गरिसकेको सूचना अधिकारी पौडेलले बताए। प्रभावित घरधनीले क्षतिपूर्ति प्राप्त गर्न नागरिकता र लालपुर्जाको प्रतिलिपि, ब्लुप्रिन्ट नक्सा, वडा कार्यालयको सिफारिस, घरधनीको निवेदन, आव २०८२÷८३ को तिरो तिरेको रसिद, वडा कार्यालयको मुचुल्का तथा घरको चारैतिर देखिने तस्बिर आवश्यक पर्ने बताइएको छ ।

मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडकखण्डको रिडीदेखि गुल्मीदरबार गाउँपालिकाको रुन्खादहसम्म २५ किलोमिटर सडक स्तरोन्नति र कालोपत्रको काम भइरहेको छ । उक्त सडक स्तरोन्नतिका लागि जिल्लाको रुरुक्षेत्र गाउँपालिका, छत्रकोट र गुल्मीदरबार गाउँपालिकाले निर्माणकार्यलाई सहज र प्रभावकारी बनाउन सडक मापदण्डभित्र पर्ने घरटहरा तथा संरचना हटाउन स्थानीयलाई आग्रह गरेको छ ।

Previous Post

व्यवसायीले बल्ल पाए ‘अण्डा’ को लागत मूल्य, रोकियो अवैध

Next Post

बेनी अस्पतालमा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द : चार जिल्लाका गर्भवती समस्यामा

metakhabar

metakhabar

सम्बन्धित खबर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

८ असार २०८३,
मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी
फिचर-ब्यानर

मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

८ असार २०८३,
विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै
फिचर-ब्यानर

विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

८ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

८ असार २०८३,
आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा
आर्थिक

‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती

८ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

८ असार २०८३,
Load More
Next Post
बेनी अस्पतालमा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द : चार जिल्लाका गर्भवती समस्यामा

बेनी अस्पतालमा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द : चार जिल्लाका गर्भवती समस्यामा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In