• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, February 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

    इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

    स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्

    स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्

    प्रदेश आयुर्वेद चिकित्सालयबाट सोह्र हजार बढीले लिए सेवा

    प्रदेश आयुर्वेद चिकित्सालयबाट सोह्र हजार बढीले लिए सेवा

    क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छः नेपाल

    क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छः नेपाल

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    युवा मतदाताको रोजाइ सुशासन, विकास र रोजगारी दिने उम्मेदवार

    युवा मतदाताको रोजाइ सुशासन, विकास र रोजगारी दिने उम्मेदवार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जनकपुरधाममा विवाहपञ्चमीको धुमधाम तयारी

metakhabar by metakhabar
४ मंसिर २०८२,
0
जनकपुरधाममा विवाहपञ्चमीको धुमधाम तयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 पौराणिक मिथिलाञ्चल क्षेत्रमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा मनाइने विवाहपञ्चमी महोत्सवको तयारी तीव्र रूपमा भइरहेको छ ।

जनकपुरधामको जानकी मन्दिर र बाह्रविघा मैदान, राममन्दिर, विवाह मण्डप लगायतका स्थानहरूमा दिनरात सरसफाइ, सजावट, स्टेज निर्माणका कार्यहरू भइरहेको छ । बिहीबारदेखि सुरु हुन लागेको ७ दिने विवाहपञ्चमी महोत्सवको तयारीका लागि जनकपुरधामका सम्पूर्ण निकायहरू सक्रिय रूपमा काम गरिरहेका छन् ।

जानकी मन्दिरले अगुवाइ गर्दै आएको विवाहपञ्चमी महोत्सवका लागि प्रत्येक वर्षझै यस वर्ष पनि विभिन्न समितिहरू गठन गरिएको छ । हरेक समितिलाई छुट्टाछुट्टै जिम्मेवारीहरू तोकिएको छ ।

भारतको अयोध्याबाट आउने बाराती, साधु सन्त र श्रद्धालुहरूको स्वागतदेखि, विश्राम गर्ने, खाने र घुम्ने लगायतका सम्पूर्ण व्यवस्था मिलाउन फरक–फरक समितिहरूलाई जिम्मेवारी दिइएको छ । मन्दिर सजावट, पिउने पानीको व्यवस्था, बिजुलीबत्ति, लाइट, साउण्ड, सुरक्षा, ट्राफिक व्यवस्थापन लगायतको जिम्मा सम्बन्धित निकायहरूलाई नै दिइएको छ ।

जानकी मन्दिर प्राङ्गणमा हुने कार्यक्रमहरूका लागि जानकी मन्दिरले आफैं सम्पूर्ण व्यवस्था मिलाएको छ । स्वयम्बरका लागि बाह्रविघा मैदानको सरसफाइ, खाल्डो भर्ने, पण्डाल निर्माण लगायतको व्यवस्थापनको जिम्मा जनकपुरधाम उपमहानगरपालिकाले लिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले यस वर्ष बाह्रविघा मैदानमा शौचालय, सुरक्षा, विश्रामस्थल, उपचार कक्ष लगायतको व्यवस्थामा विशेष ध्यान दिइएको बताए । उनले आउँदो वर्षमा बाह्रविघा मैदानमा स्थायी रुपमै स्टज, शौचलयहरूको व्यस्थापन हुने जानकारी दिए ।

यता जानकी मन्दिरका छोटे महन्थ राम रोशन दासले १० लाखभन्दा बढी श्रद्धालुभक्तजन तथा हजारौं पर्यटकहरू विवाहपञ्चमी महोत्सव हेर्न आउने ठाउँमा मधेश प्रदेश सरकारले शून्य लगानी गरेकोमा गुनासो व्यक्त गरे । उनले प्रदेश सरकारले गत वर्ष स–साना कार्यहरू गरे पनि यस वर्ष भने विवाहपञ्चमीको १ दिन मात्र बाँकी रहँदासम्म कुनै किसिमको सहयोगका लागि समन्वय गर्न नआएकोमा गुनासो गरेका छन् ।

छोटे महन्थ दासले देशको राजनीतिक अवस्था स्थिर नरहेकाले विवापञ्चमीलाई ध्यानमा राखेर कुनै किसिमको बन्द, अवरोध जस्ता क्रियाकलाप नगर्न आग्रह गरे । उनले विवाहपञ्चमी हेर्न आउने भक्तजन तथा पर्यटकहरूको स्वागत गरिदिन सबैलाई आग्रह गरेका छन् ।

विवाहपञ्चमी महोत्सव बिहीबारदेखि सुरु हुँदैछ । बिहीबार पहिलो दिन नगरदर्शन रहेको छ । शुक्रबार शुक्रबार, फूलबारी लिला, शनिबार धनुष यज्ञ, आईतबार तिलकोत्सव, सोमबार मटकोर, मंगलबार स्वयमवर तथा विवाह महोत्सव र बुधबार अन्तिम दिन रामकलेवा रहेको छ । यस वर्ष १० लाखभन्दा बढी श्रद्धालु भक्तजन विवाहपञ्चमी महोत्सवमा सहभागी हुन आउने आकलन गरिएको छ ।

Previous Post

हस्ताक्षर संकलन अपुरो भएपछि २९ दलको दर्ता प्रक्रिया रोकियो

Next Post

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

metakhabar

metakhabar

सम्बन्धित खबर

इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो
समाचार

इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

२९ माघ २०८२,
स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्
समाचार

स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्

२९ माघ २०८२,
प्रदेश आयुर्वेद चिकित्सालयबाट सोह्र हजार बढीले लिए सेवा
समाचार

प्रदेश आयुर्वेद चिकित्सालयबाट सोह्र हजार बढीले लिए सेवा

२९ माघ २०८२,
क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छः नेपाल
समाचार

क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छः नेपाल

२९ माघ २०८२,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

२९ माघ २०८२,
युवा मतदाताको रोजाइ सुशासन, विकास र रोजगारी दिने उम्मेदवार
समाचार

युवा मतदाताको रोजाइ सुशासन, विकास र रोजगारी दिने उम्मेदवार

२९ माघ २०८२,
Load More
Next Post
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In