• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

    शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

    नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल

    नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल

    पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण

    पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

    रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

    रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

    लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

    लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपालका अझै १६ जिल्ला कुष्ठरोग मुक्त हुन बाँकी

by
१४ माघ २०७९,
0
नेपालका अझै १६ जिल्ला कुष्ठरोग मुक्त हुन बाँकी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाटन । नेपालका १६ वटा जिल्ला अझै कुष्ठरोग मुक्त हुन बाँकी रहेको तथ्य सार्वजनिक भएको छ ।

सत्तरीऔँ विश्व कुष्ठरोग दिवसको सन्दर्भमा आज ललितपुरको गोदावरी नगरपालिका–५ लेलेस्थित आनन्दवन अस्पतालले आयोजना गरेको अन्तरक्रियामा नेपालका १६ जिल्ला झापा, मोरङ, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, परासी, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र अछाम कुष्ठरोग मुक्त हुन बाँकी रहेको जानकारी दिइयो ।

अन्तरक्रियामा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले कुष्ठरोगको लक्षण देखिएका मानिसले समयमै उपचार गरे भयावहको स्थिति सिर्जना नहुने बताए ।

‘कुष्ठरोग नियन्त्रणका लागि जनचेतना जगाउनु आवश्यक छ, यहाँ विद्यार्थी भाइबहिनी पनि हुनुहुन्छ । हामीले यो रोगलाई निमिट्यान्न पार्न सक्छौँ”, उनले भने, ‘यस अस्पतालले कोरोना महामारीका बेला उक्त सङ्क्रमणका बिरामीलाई उपचारमा सहयोग गरी नगरपालिकाको समस्या समाधानमा विशेष सहयोग गरेको छ ।’

नगरपालिकाका उपप्रमुख मुना अधिकारीले विद्यार्थीलाई पनि कुष्ठरोग र सोको उपचार बारे जानकारी गराउन जरुरी रहेको बताउँदै समाजमा जनचेतना फैलाउने माध्यम विद्यार्थी रहेको सुझाव दिए ।

मिसनका नेपाल निर्देशक शोभाकर कँडेलले वर्षमा दुई हजारदेखि तीन हजार कुष्ठरोगका नयाँ बिरामी भेटिने गरेकोतथ्य राख्दै रोगमुक्त नेपालका लागि सबै क्षेत्रका व्यक्ति तथा व्यक्तित्व मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । ‘कुष्ठरोग रोगमुक्त नेपालका लागि सबै क्षेत्रका व्यक्ति तथा व्यक्तित्व मिलेरअघि बढ्नुपर्छ ।

कुष्ठरोग मुक्त नेपाल घोषणा गर्ने हाम्रो ठूलो इच्छा छ’, निर्देशक कँडेलले भने, ‘आजभन्दा ६६ वर्षअघि यहाँ अस्पलात स्थापना गर्न दिएर गोदावरी नगरपालिका वडा नं ५ र ६ का बासिन्दाले ठूलो गुण लगाउनुभएको छ । जति बेला मिशनका गाडी देख्दा पनि स्थानीयवासी छुन डराउँथे ।’

स्वास्थ्य विभागका कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रमुख विशेषज्ञ डा प्रशन्न नापितले विगतका आवमा मात्रै ११ जिल्लामा यो रोगका बिरामी रहेका भनाई राख्दै चालु आवमा १६ जिल्लामा यस रोगका बिरामी भेटिएका बताए । ‘विशेषगरी तराईका जिल्लामा यस रोगका बिरामी देखिएका छन् ।

बाक्लो बस्ती भएको र भारतसँग खुला सीमा भएको क्षेत्रमा बढी मात्रामा यस रोगका बिरामी भेटिएका छन्’, उनले भने, ‘कुष्ठरोगीका लागि नेपालमा जस्तो राम्रो व्यवहार भारतमा छैन, त्यहाँका नागरिकमा रोग लुकाउने अवस्थाका कारण पनि सीमासँग जोडिएका जिल्लाका मानिसमा सरेको हुन सक्छ ।’

ललितपुर जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा सतिश विष्टले मुलुकमा लगभग तीन वर्षअघि भित्रिएको कोरोना महामारीपछि ललितपुर जिल्लामा पनि सो रोगका बिरामी बढेको भनाइ राखे । उनले भने, ‘यस रोग अन्त्यका लागि ललितपुरमा रहेका महिला स्वास्थ्य स्वयंसेविका साथै जनप्रतिनिधि मिलेर निर्मूल गराउन लाग्नुपर्ने देखिन्छ ।’

अस्पतालका मेडिकल डाइरेक्टर डा महेश शाहले आफूहरूले यस अस्पतालबाट कुष्ठरोगका साथै ट्रमा र जनरल उपचार सेवा पनि दिने गरेकोे बताउनुभयो । उनले भने, ‘यस अस्पताल दक्षिण ललितपुरका तीन गाउँपालिकावासीको उपचार गर्ने केन्द्रविन्दु रहेकाले हामीले छाला तथा हाडजोर्नी र दन्त चिकित्सा आदि विभिन्न उपचार गर्ने गरेका छौँ ।’

आनन्दवन अस्पताल सन् १९५७ मा दि लेप्रोसी मिसन अन्तर्राष्ट्रियको आर्थिक सहयोगमा स्थापित अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाकारूपमा सञ्चालन हुँदै आएको छ । यस अस्पताल सन् २००५ देखि दि लेप्रोसी मिसन नेपाल भन्ने गैरसरकारी संस्थाद्वारा सञ्चालित कुष्ठरोगको विषेशज्ञ अस्पताल हो । यस संस्थामा कुष्ठरोगका लागि ८० शय्या निःशुल्क र ३० शय्या हाडजोर्नी तथा अन्य रोगको लागि सःशुल्क गरी जम्मा एक सय १० शय्यारहेको अस्पतालका प्रसाशक शेरबहादुर गुरुङले जानकारी दिए ।

अस्पतालमा कुष्ठरोगको विशेषज्ञ सेवाका साथै हाडजोर्नी, छाला तथा यौनरोग, बालरोग र अन्य सामान्य चिकित्सा सेवाको साथै विशेष फिजियोथेरापी, सर्वसुलभ प्याथोलोजी सेवा, एक्सरे र आवश्यकताअनुसार नक्कली खुट्टाका साथै विशेष जुत्तासमेत उपलब्ध रहेको आनन्दवन अस्पतालका तालिम केन्द्र प्रमुख राजकुमार पौडेलले जानकारी गराए ।

विसं २०१३ मा तत्कालीन राजा महेन्द्र भारत भ्रमणमा जाँदा आनन्दवन भन्ने स्थानमा कुष्ठरोगका बिरामी उपचार गर्ने संस्था देखेपछि नेपालमा पनि यस्तोखालको अस्पताल चाहिन्छ भनेर विसं २०१५ मा लेलेको आनन्दवन अस्पताल स्थापना गराएको अन्तरक्रियामा जनाइएको थियो । हाल यस अस्पतालमा मुलुकभरका कुष्ठरोगका बिरामी उपचार गर्न आउने गरेको अस्पतालले जनाएको छ ।

Previous Post

लोकदोहोरी गायक भीम पौडेलको निधन

Next Post

भारतमाथि पाहुना टोली न्युजिल्यान्डको जित

सम्बन्धित खबर

शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी
फिचर-ब्यानर

शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

१३ असार २०८३,
नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल
आवाज

नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल

१३ असार २०८३,
पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण
आवाज

पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण

१३ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

१३ असार २०८३,
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने
आवाज

रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

१३ असार २०८३,
लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा
आवाज

लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

१३ असार २०८३,
Load More
Next Post
भारतमाथि पाहुना टोली न्युजिल्यान्डको जित

भारतमाथि पाहुना टोली न्युजिल्यान्डको जित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In