• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
सोमबार, ९ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी

    थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी

    मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

    धानमा ‘किरा’ले क्षति पु¥याएपछि भोजपुरका किसान चिन्तित

    एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै

    एनपिएल नेपाली खेलकुदको उत्सवः प्रधानमन्त्री शाह

    कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

    कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्स : एक हजार ३१४ जना प्रदर्शनकारी पक्राउ

    तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

    तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

घुन्सा र फलेटारमा स्याउ फल्यो : व्यावसायिक खेतीको नयाँ सम्भावना उजागार

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
३० कात्तिक २०८२,
0
घुन्सा र फलेटारमा स्याउ फल्यो : व्यावसायिक खेतीको नयाँ सम्भावना उजागार
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

फुङ्लिङ (ताप्लेजुङ), ३० कात्तिक : यहाँको फक्ताङलुङ गाउँपालिका–६ अन्तर्गतका हिमाली बस्ती घुन्सा र फलेटारमा स्याउखेतीको परीक्षण सफल भएको छ । स्थानीय किसान र विभिन्न संस्थाहरूले परीक्षणका रूपमा रोपेका स्याउ बिरुवाले फल दिँदा उत्साह बढेको छ ।

विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा आधार शिविर प्रवेशद्वारमा अवस्थित फले र घुन्सामा इटालीबाट ल्याइएका बिरुवा रोपिएको थियो । रोपेको छ महिनामै स्याउ फल्न थालेपछि स्थानीय आशावादी बनेका छन् । हिमाली भूभागमा स्याउखेतीको यो सफल प्रयासले ताप्लेजुङमात्र होइन, सम्पूर्ण पूर्वी हिमाली क्षेत्रका किसानका लागि व्यावसायिक स्याउखेतीको नयाँ सम्भावना देखाएको छ ।

फलेटार र ग्याप्ला क्षेत्रमा विगतदेखि नै स्याउखेती हुँदै आएको भए पनि घुन्सामा पहिलोपटक परीक्षण गरिएको हो । मनाङ एग्रो फार्मको समन्वयमा इटालीबाट ल्याइएका ‘फुजी’ र ‘गोल्डेन डेलिसियस’ प्रजातिका स्याउका बिरुवा रोपिएको थियो । पुतली सहयोग योजना, स्वीट्जरल्याण्डको टोली र स्थानीय समुदायको साझेदारी तथा पुतली सहयोग आयोजनाको सहकार्यमा दिगो पर्यावरणीय कृषि प्रणाली कार्यक्रमअन्तर्गत फलेटार र घुन्सामा दुईदुई रोपनी क्षेत्रफलमा नमूना स्याउ बगैँचा विस्तार गरिएको छ । पुतली सहयोग योजनाका जिल्ला संयोजक दावाछिरिङ शेर्पाका अनुसार परियोजनाको उद्देश्य स्याउ उत्पादनसँगै अन्य कृषि उपजमार्फत किसानलाई आर्थिक रूपमा सशक्त बनाउनु रहेको छ ।

घुन्साका स्थानीय नुपुडुण्डुक शेर्पा अहिले आफ्नै स्याउ बगैँचा विस्तार गर्ने योजनामा हुनुहुन्छ । उहाँले भन्नुभयो, “हामीले घुन्सामा र फलेमा रोपिएको स्याउ खायौँ । मीठो स्वादको स्याउ फल्यो । अब घुन्सा क्षेत्रमा स्याउखेती गर्ने योजनामा छौँ ।” घुन्सामा उत्पादन भएको स्याउ सफल परीक्षण भएसँगै थप आम्दानीको स्रोत बढ्ने भन्दै स्थानीयवासी उत्साहित भएको शेर्पाले बताउनुभयो ।

घुन्सास्थित नमूना बगैँचामा ६० जापानिज फुजी (पोथी), १० गोल्डेन डेलिसियस (भाले) र १० काला (भाले) प्रजातिका स्याउका बिरुवा रहेको छ । बगैँचामा जैविक विविधता कायम गर्न घार मौरी र कुखुरापालन गरिएको छ, यसले स्याउका फूलमा परागसेचनमा सहयोग पुर्याउने र माटो उर्वर बनाउने काम गरेको छ ।

स्याउखेतीको सम्भाव्यता अध्ययनका लागि चार वर्षअघि फलेटार र घुन्साको माटो स्वीट्जरल्याण्डमा परीक्षण गरिएको थियो । त्यसैगरी, फले र घुन्सामा उत्पादित स्याउको गुणस्तर परीक्षण पनि सफल भएको छ । स्वीट्जरल्याण्डबाट आएका स्याउ विशेषज्ञ टोलीले स्वाद, दाना र चिनीको मात्रा परीक्षण गर्दा सकारात्मक नतिजा प्राप्त भएको हो ।

पुतली सहयोग आयोजनाका कार्यक्रम संयोजक शेर्पाका अनुसार घुन्सामा उत्पादित स्याउ प्रजातिमध्ये फुजीमा १३ ब्रिक्स, गालामा १३.५ ब्रिक्स र गोल्डेनमा १७ ब्रिक्स चिनीको मात्रा पाइएको छ । यस्तै फलेमा उत्पादन भएका स्याउमध्ये फुजीमा १२ ब्रिक्स, गालामा १३.५ ब्रिक्स र गोल्डेनमा १५ ब्रिक्स मापन गरिएको छ ।

घुन्सा र फले क्षेत्रमा अहिले विदेशी सहयोगमा स्याउ बगैँचा सञ्चालन भइरहेको । उहाँ उत्पादन भएको स्याउको गुणस्तर सफल परीक्षण भएसँगै किसानलाई स्याउ बगैँचा विस्तार गर्न सहयोग गर्ने पुतली सहयोग आयोजनाका जिल्ला कार्यक्रम संयोजक शेर्पाले बताउनुभयो । उहाँका अनुसार गत साता स्वीट्जरल्याण्डबाट आएका स्याउ विशेषज्ञ टोली घुन्सा पुगेर केही स्याउखेती गर्न चाहने किसानका जग्गा नापजाँचसमेत गरिएको शेर्पाले बताउनुभयो ।

अघिल्लो समाचार

भएन मुग्लिन–पोखरा सडक अपाङ्गतामैत्री

अर्को समाचार

जेनजी आन्दोलनका सहिदः छोरीलाई डाक्टर बनाउने सपना जेनजी आन्दोलनसँगै अन्त्य

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी
आर्थिक

थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी

९ कात्तिक २०८३,
मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट
आर्थिक

धानमा ‘किरा’ले क्षति पु¥याएपछि भोजपुरका किसान चिन्तित

९ कात्तिक २०८३,
एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै
जीवन शैली

एनपिएल नेपाली खेलकुदको उत्सवः प्रधानमन्त्री शाह

९ कात्तिक २०८३,
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै
आवाज

कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

९ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
अन्तर्राष्ट्रिय

फ्रान्स : एक हजार ३१४ जना प्रदर्शनकारी पक्राउ

९ कात्तिक २०८३,
तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत
खेलमैदान

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

९ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
जेनजी आन्दोलनका सहिदः छोरीलाई डाक्टर बनाउने सपना जेनजी आन्दोलनसँगै अन्त्य

जेनजी आन्दोलनका सहिदः छोरीलाई डाक्टर बनाउने सपना जेनजी आन्दोलनसँगै अन्त्य

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी

थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी

९ कात्तिक २०८३,
मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

धानमा ‘किरा’ले क्षति पु¥याएपछि भोजपुरका किसान चिन्तित

९ कात्तिक २०८३,
एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै

एनपिएल नेपाली खेलकुदको उत्सवः प्रधानमन्त्री शाह

९ कात्तिक २०८३,
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

९ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

फ्रान्स : एक हजार ३१४ जना प्रदर्शनकारी पक्राउ

९ कात्तिक २०८३,
तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

९ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन