• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

    परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

    परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

    दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

    दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

    दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल

    सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

    बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

    बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेवार समुदयाले मनाए सकिमना पुन्ही, टोलटोलमा अन्नका आकृति र दाफा भजन

metakhabar by metakhabar
२० कार्तिक २०८२,
0
नेवार समुदयाले मनाए सकिमना पुन्ही, टोलटोलमा अन्नका आकृति र दाफा भजन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भक्तपुर : भक्तपुरको पाँचतले मन्दिर परिसर र मध्यपुरथिमिको ऐतिहासिक मठ मन्दिर एवं चोकमा आज साँझ झलमल्ल छ । मन्दिर र पाटीमा दाफा भजनले चकमन्न रातलाई निकै गुञ्जयामान बनाएको छ ।

आज कात्तिक शुक्ल पूर्णिमा अर्थात् नेवार समुदायले मान्दै आएको ‘सकिमना पुन्ही’ को दिन विभिन्न मन्दिर एवं पाटी अगाडि धान, मकै, भटमास, भुटेका गेडागुडीलगायत विभिन्न अन्नबाट गणेश, बिस्काः जात्राको रथ, मन्दिरलगायत विभिन्न देवीदेवताका आकृति बनाई बत्ती बालेर भेटी चढाउनुका साथै पाटीमा दाफा भजन गाएर भव्य रूपमा मनाएका छन् ।

आजको दिन नेवार समुदायमा आ–आफ्नो टोलमा रहेका दाफा भजन खलःले नसाःबाट मठमन्दिर अगाडि गहुँ विछ्याएर ताय (धानको लावा) र कालो भटमासले भगवानकोस्वरूप बनाउने, त्यस्ता स्वरूपलाई चारैतिर भुटेको मकैले घेरा बनाउँदै त्यसमाथि पुरी र माल्पुवाले घेरेर फूलको मालाले शृङरपटार गरी दक्षिणा चढाइ दियो बालेर भजनकीर्तन गाउने प्रचलनअनुसार आज मन्दिर र पाटी पौवामा यस्ता दृश्य जताततै देख्न पाइन्छ ।

नेवार समुदायका भजन खलः, दाफा भजन खलःहरूले आजको दिनलाई विशेष पर्वको रूपमा मनाएका छन् भने कोजाग्रत पूर्णिमाको दिन सुरु गरिएको एक महिने रात्रिकालीन दाफा भजनकीर्तन पनि आज रातिदेखि समापन गरिनेछ । आज रातभर मन्दिर अगाडि भजनकीतर्न हुने गर्दछ । आजको दिन पिँडालु उसिनेर खाने र नसाः (मकै, भटमास, गहुँ र ताय) बाट भगवान्का आकृति बनाइ त्यसलाई प्रसादको रूपमा बाँड्ने प्रचलन रहेको इतिहास तथा संस्कृतिविद प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो ।

पूजामा माल्पुवा, पुरी, नसाः, गाईको दूधले बनेको खिर, सुन्तला, बदाम, उसिनेको पिँडालु र सख्खरखण्डलगायत परिकार टोलका देवीदेवता, महादेव र नारायणलाई प्रसादका रूपमा चढाएर त्यसलाई प्रसादको रूपमा ग्रहरण गर्ने प्रचलन रहेको अर्का संस्कतिविद् कमलनाथ जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “साँझ चन्द्रमा उदायपछि चन्द्रमा र तुलसीलाई गाईको दूधको अध्र्य दिई विधिवत् रूपमा पूजा गरी प्रसाद चढाएर पूजा सम्पन्न गर्ने प्रचलनसमेत रहेको छ । ऋतु अनुसारको भोजन भगवानलाई चढाएर मात्र खाने पर्वको रूपमा समेत सकिमना पुन्हीलाई लिने गरिएको छ ।”

आज विषेशगरी नारायणको पूजा आराधना गरिने हुनाले नेपाल संवतको बाह्रमहिनाको पहिलो पुन्हीमा भगवान् नारायणलगायत महादेव र आफ्नो इष्टदेवतालाई प्रसाद चढाएर खानाले पुण्य प्राप्तिका साथै शारीरिक शक्ति प्राप्त हुने धार्मिक विश्वास रहेको उहाँको भनाइ छ । नेवार समुदायमा नसाःलाई सकिमना पुन्हीको दिनमा मात्र नभइ गणेश चतुर्थीका दिनमा पनि प्रसादको रूपमा चढाउने र गुफा राख्दा गुफा बसेका बालिकालाई सूर्यसँग विवाह गर्ने क्रममा पनि प्रसादस्वरूप नसाः खुवाउने प्रचलन रहँदै आएको छ ।

Previous Post

जेनजी आन्दोलनपछि लगानीकर्ताको मनोबल कमजोर भएको छः गभर्नर पौडेल

Next Post

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

metakhabar

metakhabar

सम्बन्धित खबर

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आर्थिक

मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

३० साउन २०८३,
परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना
फिचर-ब्यानर

परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

३० साउन २०८३,
दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै
आवाज

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

३० साउन २०८३,
दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल
समाचार

सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

३० साउन २०८३,
बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै
समाचार

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

३० साउन २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा

३० साउन २०८३,
Load More
Next Post
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In