• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, October 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रसुवाको पर्यटन क्षेत्रमा पुनःजीवन

    रसुवाको पर्यटन क्षेत्रमा पुनःजीवन

    कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

    कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

    रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार

    रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार

    आजदेखि शुक्र अस्त, दशैंको पूजाआजा र टीका जमरा लगाउन बाधा नपर्ने

    आजदेखि शुक्र अस्त, दशैंको पूजाआजा र टीका जमरा लगाउन बाधा नपर्ने

    बिमस्टेकमा नेपालको प्रस्ताव-हिमालदेखि समुद्रसम्म विपद् प्रतिकार्य संयन्त्र बनाऔँ

    बिमस्टेकमा नेपालको प्रस्ताव-हिमालदेखि समुद्रसम्म विपद् प्रतिकार्य संयन्त्र बनाऔँ

    अमेरिकी–नेपाल साझेदारी सुदृढ गर्न अमेरिकी कूटनीतिक प्रतिनिधि र परराष्ट्र सचिवबीच भेटवार्ता

    अमेरिकी–नेपाल साझेदारी सुदृढ गर्न अमेरिकी कूटनीतिक प्रतिनिधि र परराष्ट्र सचिवबीच भेटवार्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रैथाने ‘अनदी धान’ लोपोन्मुख अवस्थामा

metakhabar by metakhabar
१० कार्तिक २०८२,
0
चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 रैथाने धानका जात मध्येकै स्वादिलो र सांस्कृतिक मूल्य बोकेको अनदी धान लोपोन्मुख अवस्थामा पुगेको छ ।

बढी फल्ने वर्णशङ्कर (हाइव्रिड) र उन्नत जातका धानको खेतीलाई किसानले बढावा दिन थालेपछि रैथाने अनदी धान लोपोन्मुख अवस्थामा पुगेको हो । सिमलफाँटाका किसान धनबहादुर चौधरी ढिकीमा कुटेको अनदी धानको च्युराको मिठो स्वाद अझै बिर्सन नसकिने बताउँछन् ।

‘सानो उमेरमा चुलोमा अनदीको धान भुटेर ढिकीमा कुटेर तयार गरिएको च्यूरा खाएको सम्झना अझै ताजा छ,’ उनले भने, ‘अनदीको च्युरा निकै मिठो हुन्थ्यो, स्कुल जादा खल्तीभरी त्यही च्यूरा भरेर खादै पुग्ने गर्दथ्यौँं, ती दिन अब सम्झनामा मात्रै बाँकी रहे ।’ अहिले अनदी धान पाउनै मुस्किल हुन थालेको उनको भनाइ छ ।

बढी उत्पादन दिने हाइब्रिड र उन्नत जातका धानको आकर्षणमा परेर किसानले अहिले अनदी धानको खेती छाडेको उनी बताउँछन् । ‘थारु समुदायमा अटवारी पर्वका बेला भगवानलाई अर्पण गरिने रोटी प्रायः अनदी धानकै चामलबाट बनाइन्थ्यो’ परदेशी डगौराले भने, ‘मिसौला, च्यूरा, रोटी जस्ता परिकारमा यसको प्रयोग हुने गर्दथ्यो, अनदीको चामलको जाँड निकै मिठो हुने भएकाले सबै भन्दा बढी रुचाइन्थ्यो, अब यो धानको बीउ पाउनसमेत मुस्किल भइसक्यो ।’ भात लसिलो र स्वादिलो हुने भएकाले वाफमा पकाएर खाने चलन रहेको उनको भनाइ  छ ।

‘यसको चालमको खीर निकै स्वादिलो हुने भएकाले महिनामा एक पटक बनाइन्थ्यो, परिवारका सबैजना बसेर खान्थ्यौँ’ उनले भने । अहिलेका धानको चामलको खीर अनदीको चामलको जस्तो नहुने गरेको उनको अनुभव छ ।

जोनापुरका किसान रामप्रसाद चौधरीका अनुसार अनदी धान थोरै पानीमा पनि सुख्खा क्षेत्रमा राम्रो उत्पादन दिने जात हो । उनले भने, ‘यो धान हामीले बीउको रूपमा जोगाउन सके, अहिलेको जलवायु परिवर्तनका चुनौतीबीच पनि खेतीका लागि उपयुक्त हुनसक्छ ।’

पहिले अनदी धान कम्तीमा एकदुई क्यारीमा अनिवार्य रूपमा लगाउने गरिन्थ्यो’ किसान रामकिसान रानाले भने, ‘अहिले त हाइब्रिड धानका कारण बीउ नै पाउन गाह्रो भएको छ ।’ उनका अनुसार यो धान किसानले लगाउन छाड्दै जान थालेको झण्डै दशक बढीनै बित्न लागेको छ । अनदीसहित थुप्रै रैथाने प्रजातिका धान हराउँदै गएका छन् । रैथाने प्रजातिका निमै, सिमटारी, राइमनुवा, अञ्जना, मन्सुली, थापाचिनी, चाइना लगायतका थुप्रै धान हराउँदै गएका छन् ।

यी जातहरू माटो, हावापानी र वातावरणसँग अनुकूलित भएकाले उत्पादन स्थिर, स्वादिलो र जैविक दृष्टिले मूल्यवान रहेको किसानहरूको भनाइ छ । कृषि अगुवा पल्टु डगौराका अनुसार, नयाँ धानका जात तयार गर्दा रैथाने धानको प्रयोग गर्न सके उत्पादन बढाउनेसँगै वातावरणीय सहनशिलतामा पनि सुधार ल्याउन सकिन्छ ।

रैथाने जातका धान खडेरी, सुख्खा र डुबानमा पनि हुर्कन सक्ने भएकाले दीगो कृषि प्रणालीका लागि महत्वपूर्ण स्रोतका रुपमा रहने उनले उल्लेख गरे । पछिल्ला वर्षमा बजारमुखी कृषि प्रणाली र उच्च उत्पादनमुखी प्रवृत्तिले मौलिक बीउहरूलाई विस्थापित गरेको कृष्णपुर नगरपालिकाको कृषि शाखाका प्रमुख लालबहादुर धामीले बताए ।

अनदीलगायत रैथाने धानको बीउ खोजी, सङ्कलन गरी किसानलाई पुनः खेती सुरु गर्न उत्प्रेरित गर्नुपर्नेमा उनको जोड रहेको छ । (रासस)

Previous Post

जेनजी आन्दोलनमा क्षति पुगेको हायात रिजेन्सी होटल पुनः सञ्चालनमा आउन एक वर्ष लाग्ने

Next Post

जापानद्वारा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा आपूर्ति पुर्‍याउन नयाँ कार्गो यान सफलतापूर्वक प्रक्षेपण

metakhabar

metakhabar

सम्बन्धित खबर

रसुवाको पर्यटन क्षेत्रमा पुनःजीवन
आर्थिक

रसुवाको पर्यटन क्षेत्रमा पुनःजीवन

२८ अशोज २०८३,
कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस
आर्थिक

कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

२८ अशोज २०८३,
रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार
आर्थिक

रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार

२८ अशोज २०८३,
आजदेखि शुक्र अस्त, दशैंको पूजाआजा र टीका जमरा लगाउन बाधा नपर्ने
फिचर-ब्यानर

आजदेखि शुक्र अस्त, दशैंको पूजाआजा र टीका जमरा लगाउन बाधा नपर्ने

२८ अशोज २०८३,
बिमस्टेकमा नेपालको प्रस्ताव-हिमालदेखि समुद्रसम्म विपद् प्रतिकार्य संयन्त्र बनाऔँ
फिचर-ब्यानर

बिमस्टेकमा नेपालको प्रस्ताव-हिमालदेखि समुद्रसम्म विपद् प्रतिकार्य संयन्त्र बनाऔँ

२८ अशोज २०८३,
अमेरिकी–नेपाल साझेदारी सुदृढ गर्न अमेरिकी कूटनीतिक प्रतिनिधि र परराष्ट्र सचिवबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

अमेरिकी–नेपाल साझेदारी सुदृढ गर्न अमेरिकी कूटनीतिक प्रतिनिधि र परराष्ट्र सचिवबीच भेटवार्ता

२८ अशोज २०८३,
Load More
Next Post
जापानद्वारा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा आपूर्ति पुर्‍याउन नयाँ कार्गो यान सफलतापूर्वक प्रक्षेपण

जापानद्वारा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा आपूर्ति पुर्‍याउन नयाँ कार्गो यान सफलतापूर्वक प्रक्षेपण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In