• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

    स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

    राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

    राष्ट्रपतिद्वारा अध्यादेश जारी

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

    राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राष्ट्रपति ट्रम्पको एसिया भ्रमण प्रारम्भ, सी जिनपिङसँग उच्चस्तरीय वार्ता र किमसँग सम्भावित भेटप्रति उत्सुकता

metakhabar by metakhabar
८ कार्तिक २०८२,
0
चिनियाँ राष्ट्रपति सीसँग करका विषयमा कुरा गरेको ट्रम्पद्वारा जानकारी : अमेरिकी सञ्चारमाध्यम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प शुक्रबार आफ्नो एसिया भ्रमणका लागि वासिङ्टनबाट प्रस्थान गर्नुभएको छ । यस भ्रमणको प्रमुख उद्देश्य चिनियाँ राष्ट्रपति सी जिनपिङसँग उच्चस्तरीय व्यापार वार्ता गर्नु रहेको छ । ट्रम्पले प्रस्थानअघि पत्रकारहरूसँग कुरा गर्दै उत्तर कोरियाली नेता किम जोङ–अनसँग पनि सम्भावित भेटप्रति इच्छा व्यक्त गर्नुभयो ।

राष्ट्रपति ट्रम्पले विश्वका दुई ठूला अर्थतन्त्रबीच चलिरहेको व्यापार युद्ध अन्त्य गर्नका लागि सीसँग दक्षिण कोरियामा हुने आगामी भेटलाई ‘निर्णायक क्षण’ का रूपमा चित्रण गर्नुभयो । जनवरीमा ह्वाइट हाउस फर्किएपछि यो उहाँको पहिलो एसिया भ्रमण हो । भ्रमणअन्तर्गत उहाँ मलेसिया, जापान र दक्षिण कोरियामा आधिकारिक कार्यक्रमहरूमा सहभागी हुनुहुनेछ ।

ट्रम्पले एयर फोर्स वनमा सवार पत्रकारहरूलाई बताउँदै भन्नुभयो, “म सीसँग धेरै राम्रो बैठकको अपेक्षा गर्छु । चीनले सम्झौता गर्न चाहन्छ, किनभने नोभेम्बर १ देखि लागु हुने अतिरिक्त १०० प्रतिशत भन्सार शुल्क उनीहरूका लागि हानिकारक हुन सक्छ ।”

वासिङ्टन छोड्ने क्रममा ट्रम्पले कोरियाली प्रायद्वीपमा सन् २०१९ पछि पहिलो पटक किम जोङ–अनसँग भेट हुने सम्भावनाबारे पनि सङ्केत गर्नुभयो । “म त्यसका लागि खुला छु”, उहाँले हाँस्दै भन्नुभयो, “मेरो उहाँसँग निकै राम्रो सम्बन्ध थियो ।”

दुई नेताबीच अन्तिम भेट ट्रम्पको पहिलो कार्यकालमा भियतनामको हनोईमा भएको थियो । उत्तर कोरियाली नेता किमले वासिङ्टनले आफ्नो आणविक हतियार त्याग्ने माग खारेज गरेपछि मात्र नयाँ वार्ताको सम्भावना खुल्ने बताउनुभएको थियो ।

सियोलका पुनर्मिलन मन्त्रीले पनि राष्ट्रपति ट्रम्प दक्षिण कोरियामा हुँदा क्षेत्रीय सम्मेलनको अवसरमा ट्रम्प र किमबीच भेट हुने ‘उल्लेखनीय सम्भावना’ रहेको बताउनुभएको छ ।

– शान्ति र व्यापार सम्झौतामा ध्यान –

राष्ट्रपति ट्रम्पको भ्रमणको पहिलो गन्तव्य मलेसिया हुनेछ । त्यहाँ उहाँ आइतबार दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) शिखर सम्मेलनमा सहभागी हुनुहुनेछ । आफ्नो पहिलो कार्यकालमा यो बैठक उहाँले बारम्बार अस्वीकार गर्नुभएको थियो, तर यसपटक उहाँको सहभागिता विशेष ध्यानाकर्षणको विषय बनेको छ ।

मलेसिया भ्रमणका क्रममा ट्रम्पले दुई देशबीचको नयाँ व्यापार सम्झौतामा हस्ताक्षर गर्ने र थाइल्यान्ड तथा कम्बोडियाबीचको शान्ति सम्झौता प्रक्रियामा साक्षी रहने कार्यक्रम रहेको छ । उहाँले यसलाई ‘एसियाली स्थायित्व र अमेरिकी नेतृत्व’ सुदृढ गर्ने अवसरका रूपमा वर्णन गर्नुभएको छ ।

ट्रम्पले भ्रमणका क्रममा ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग पनि भेट्ने तयारी गर्नुभएको छ । भेटमा वामपन्थी नेतृत्वसँग सम्बन्ध सुधारका विषयमा छलफल हुने बताइएको छ ।

मलेसियापछि ट्रम्प सोमबार जापान पुग्नुहुनेछ । मङ्गलबार उहाँले जापानकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइचीसँग भेट्नुहुनेछ । राष्ट्रपति ट्रम्पले ताकाइचीलाई ‘साहसी नेत्री र पूर्व प्रधानमन्त्री सिन्जो आबेकी निकट सहयोगी’ भनेर प्रशंसा गर्नुभयो । जापानले अमेरिकी करहरूबाट आंशिक रूपमा छुट पाएको भन्दै ट्रम्पले टोकियोसँगको आर्थिक सम्बन्धलाई ‘न्यायोचित र सन्तुलित’ बताउनुभयो ।

– सीसँगको निर्णायक भेट –

राष्ट्रपति ट्रम्पको भ्रमणको मुख्य आकर्षण दक्षिण कोरिया हुनेछ । त्यहाँ उहाँ बुधबार दक्षिणी बन्दरगाह सहर बुसानमा अवतरण गर्नुपर्नेछ । त्यहाँ उहाँ दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङसँग भेट्ने, एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका व्यापारिक सत्रहरूमा सम्बोधन गर्ने र अमेरिकी प्राविधिक उद्योगका शीर्ष व्यक्तिहरूसँग रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको छ।

बिहीबार राष्ट्रपति ट्रम्प र राष्ट्रपति सी जिनपिङबीचको भेट तय गरिएको छ । यो ट्रम्प ह्वाइट हाउस फर्किएपछि दुवै नेताबीचको पहिलो प्रत्यक्ष वार्ता हुनेछ । बेइजिङको हालैको दुर्लभ–पृथ्वी (खनिज तत्व) निर्यात प्रतिबन्ध र अमेरिकाले लगाएका नयाँ करहरूका कारण सम्बन्ध पुनर्सन्तुलनका लागि यो वार्ता अत्यन्तै संवेदनशील मानिएको छ ।

ट्रम्पले अघिल्ला हप्ताहरूमा बैठक रद्द गर्ने धम्की दिनुभएको थियो र त्यसै क्रममा चीनमाथि नयाँ १०० प्रतिशत भन्सार शुल्कको घोषणा पनि गर्नुभएको थियो, तर अन्ततः वार्तालाई अगाडि बढाउने निर्णय गर्नुभयो ।

राष्ट्रपति ट्रम्पले राष्ट्रपति सीसँग फेन्टानिलको अवैध तस्करी र ल्याटिन अमेरिकी लागु औषध गिरोहहरूमा चीनको भूमिकाबारे पनि विस्तृत रूपमा छलफल गर्ने बताउनुभयो । “फेन्टानिलका कारण अमेरिकामा हजारौँ जीवन गुमिरहेका छन् । यो रोक्न चीनले निर्णायक कदम चाल्नुपर्छ”, राष्ट्रपति ट्रम्पको भनाइ उद्धृत गर्दै एएफपीले जनाएको छ ।
–––

Previous Post

छठ पर्वले बजारमा केराको माग बढ्यो

Next Post

प्रधानमन्त्री निवासमा सुरक्षा प्रमुखको बैठक

metakhabar

metakhabar

सम्बन्धित खबर

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

२० बैशाख २०८३,
राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य
फिचर-ब्यानर

राष्ट्रपतिद्वारा अध्यादेश जारी

२० बैशाख २०८३,
सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
आवाज

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

२० बैशाख २०८३,
प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती
फिचर-ब्यानर

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

२० बैशाख २०८३,
पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध
समाचार

पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

२० बैशाख २०८३,
वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन
फिचर-ब्यानर

राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

२० बैशाख २०८३,
Load More
Next Post
गैरकानुनी रूपमा चन्दा उठाउनेलाई कारबाहीको दायरामा ल्याइने

प्रधानमन्त्री निवासमा सुरक्षा प्रमुखको बैठक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In