• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, November 18, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’

    २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’

    काष्ठकलामा सिपालु भीमबहादुर

    काष्ठकलामा सिपालु भीमबहादुर

    जाडोमा हिटरको प्रयोग : लापरवाहीले हुनसक्छ दुर्घटना, यसरी जोगिनुहोस्

    जाडोमा हिटरको प्रयोग : लापरवाहीले हुनसक्छ दुर्घटना, यसरी जोगिनुहोस्

    पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने

    बाला चतुर्दशी व्यवस्थित गर्न १८ घण्टा कर्मचारीलाई सेवामा खटाइने

    सावधान ! फोनमा लुकेका एपहरूले तपाईंको फोटो र वालेटको विवरण चोर्न सक्छन्

    सावधान ! फोनमा लुकेका एपहरूले तपाईंको फोटो र वालेटको विवरण चोर्न सक्छन्

    बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक

    चालुखाता र शोधनान्तर बचतमा, १६ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आहा ! फुतफुते झरना

metakhabar by metakhabar
४ कार्तिक २०८२,
0
आहा ! फुतफुते झरना

default

0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी । दायाँ र बायाँ अग्ला पहाड । अन्नपूर्ण र निलगिरि हिमालबाट पहाडलाई दायाँ बायाँ बनाएर बगेको मिस्त्री खोला । खोलाको जलप्रवाहले खिइएर बनेको कृत्रिम नालीजस्तै देखिने साँघुरो खोच । फेदीमा गोलो आकारको नीलो ताल ।

झट्ट हेर्दा ढुङ्गेधाराजस्तै देखिने म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा रहेको फुतफुते झरना मनमोहक र आकर्षक छ । अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गको प्रवेश बिन्दुमै पर्ने फुतफुते झरनाको सौन्दर्यमा नरमाउने कमै हुन्छन् ।

कडा चट्टानलाई बीचमा पानीको बहावले काटेर झर्ने झरनाको पानीको दृश्यले यात्रालाई रोमाञ्चक बनाएको काठमाडौँका सुझाव आचार्यले बताए । “अलौकिक र प्राकृतिक फुतफुते झरनामा आउँदा यात्राको थकान मेटियो”, उनले भने, “फुतफुते झरना अवलोकन गर्दा प्रकृतिको दाइने आँखाको मोती खसेझैँ महसुस भयो ।”

काठमाडौँका लक्ष्मण मर्हजनले फुतफुतेलाई अमेरिकाको ‘नाग्रा फल्स’ सँग तुलना गरे । फुतफुते झरनाको वेसान आवाजमा रमाउँदा जलको मोतीमा डुबेको उनले अनुभव सुनाए । ‘मौरिस हर्जोग’ पदमार्गको भ्रमणमा आउने पर्यटकका लागि फुतफुते झरना थकान मेटाउने र प्रकृतिसँग रमाउने थलो बनेको छ ।

“सबै झरना पहाडबाटै बग्ने हुन्, तर यो झरनाले पहाडलाई छेडेर निस्किएजस्तो देखिन्छ”, काभ्रेकी अनुषा तामाङले भनिन्, “झरनाको फेदीमा रहेको नीलो रङको पानीको तलाउ नियालेर धित नै नमर्ने रहेछ ।” अग्लो पहाडबाट सेतो रङमा खस्ने झरनाको फेदीमा बनेको नीलो रङको सफा तलाउ मनमोहक छ ।

करिब ५० मिटर उचाइको झरनाको फेदीमा गोलो आकारको तलाउ छ । वनजङ्गल, एकान्त वातावरण र पहाडको फेदीमा रहेको फुतफुते झरनाको सुन्दरताले यात्राको थकान मेटाउने र मनलाई शान्त बनाएको छ । नीलगिरि र अन्नपूर्ण हिमालबाट आउने मिस्त्रीखोलाको पानी यसै झरना भएर बग्ने गर्छ ।

झरना र फेदीमा रहेको पानीको तलाउमा तस्बिर र भिडियो खिचेर पदयात्रीहरू घण्टौँ रमाउने गर्छन् । अन्नपूर्ण हिमालका प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगले हिमाल आरोहण गर्दा प्रयोग गरेकै बाटो समेटेर तयार भएको यो पदमार्ग नयाँ गन्तव्यका रूपमा विकास भएको छ । दसैँयता दैनिक तीन सय जनाको अनुपातमा आन्तरिक पर्यटक भित्रिएका मौरिस हर्जोग पदमार्गका अभियान्त तेज गुरुङले बताए ।

“सामाजिक सञ्जाल ‘फेसबुक’, ‘टिकटक’ को फोटो भिडियो र सञ्चारमाध्यममार्फत फुतफुते झरनाको राम्रो प्रचार भएको छ”, उनले भने, “दुई वर्षअघिसम्म सुनसान फुतफुते झरनामा अहिले दिनभर पर्यटकको चहलपहल हुन्छ ।” फुतफुते झरना मौरिस हर्जोग पदमार्गको एक गन्तव्य बनेको छ ।

नारच्याङदेखि हुमखोलासम्म दुई घण्टा गाडी र हुमखोलादेखि एक घण्टा ३० मिनेट पैदल हिँडेपछि फुतफुते झरनामा पुग्न सकिन्छ । धेरैजसो पर्यटक फुतफुते झरना अवलोकन गरेर साँधीखर्क, गुफाफाँट, भुसकेट हुँदै अन्नपूर्ण आधार शिविरतर्फ लाग्छन् । हिँड्न नसक्नेहरू भने फुतफुते झरना हेरेर फर्कन्छन् ।

अन्नपूर्ण गाउँपालिकाले गत वर्ष झरना नजिकै आश्रयस्थल र सार्वजनिक शौचालय बनाएको अध्यक्ष भारतकुमार पुनले बताए । फुतफुते झरनालगायत मौरिस हर्जोग पदमार्गको गुरुयोजना बनाएर पूर्वाधार निर्माण र प्रवर्द्धनका लागि प्रदेश र सङ्घीय सरकारसँग पहल गरेको अध्यक्ष पुनले बताए ।

नारच्याङका बासिन्दाले त्यहाँ अस्थायी संरचना बनाएर होटल सञ्चालन गरेका छन् । झरनाको फेदीमा रहेको पोखरीमुनि काठको झोलुङ्गे पुल छ । पुलको पारि अर्को सानो झरना छ । दायाँ र बायाँ झरना हेर्दै पुल तर्न सकिन्छ । झरनाको नजिकै पोखरीको छेउमै पुगेर र पुल नजिकको ढुङ्गामाथि बसेर अवलोकन गर्नेहरूको भीड लाग्ने गरेको छ । दुर्घटनाको जोखिम भएकाले तलाउको नजिकै नजान र पौडी नखेल्न पर्यटकलाई आग्रह गरिएको छ ।

झरना अवलोकनस्थललाई सुरक्षित र झोलुङ्गे पुलको स्तरोन्नतिको आवश्यकता देखिएको गतहप्ता मौरिस हर्जोग पदमार्गको भ्रमण गरेका गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताए । ‘गुराँसे डाँडादेखि फुतफुते झरनासम्म पुग्ने पदमार्ग निर्माण, झोलुङ्गे पुल स्तरोन्नति र सुरक्षित दृश्यावलोकन गर्ने ठाउँको आवश्यकता देखियो’, उनले भने, ‘फुतफुतेलगायत मौरिस हर्जोग पदमार्गको समग्र पूर्वाधार निर्माण र प्रवर्द्धनमा सरकारसँग समन्वय गर्नेछु ।’

Previous Post

नेपाली नोटमा नेपाल संवतको प्रयोग गर्न माग

Next Post

जापानको सेयर बजारमा उछाल, निक्केई सूचकाङ्क ५० हजार नजिक

metakhabar

metakhabar

सम्बन्धित खबर

२०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’
मनोरञ्जन

२०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’

१ मंसिर २०८२,
काष्ठकलामा सिपालु भीमबहादुर
आवाज

काष्ठकलामा सिपालु भीमबहादुर

१ मंसिर २०८२,
जाडोमा हिटरको प्रयोग : लापरवाहीले हुनसक्छ दुर्घटना, यसरी जोगिनुहोस्
जीवन शैली

जाडोमा हिटरको प्रयोग : लापरवाहीले हुनसक्छ दुर्घटना, यसरी जोगिनुहोस्

१ मंसिर २०८२,
पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने
आवाज

बाला चतुर्दशी व्यवस्थित गर्न १८ घण्टा कर्मचारीलाई सेवामा खटाइने

१ मंसिर २०८२,
सावधान ! फोनमा लुकेका एपहरूले तपाईंको फोटो र वालेटको विवरण चोर्न सक्छन्
समाचार

सावधान ! फोनमा लुकेका एपहरूले तपाईंको फोटो र वालेटको विवरण चोर्न सक्छन्

१ मंसिर २०८२,
बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक
आर्थिक

चालुखाता र शोधनान्तर बचतमा, १६ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

१ मंसिर २०८२,
Load More
Next Post
जापानको सेयर बजारमा उछाल, निक्केई सूचकाङ्क ५० हजार नजिक

जापानको सेयर बजारमा उछाल, निक्केई सूचकाङ्क ५० हजार नजिक

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In