• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

घुम्न जाने होइन त ढोरपाटन हुँदै जलजला ?

metakhabar by metakhabar
१ कार्तिक २०८२,
0
घुम्न जाने होइन त ढोरपाटन हुँदै जलजला ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– प्राकृतिक वातावरणसँग रमाउने रहर कस्को पो नहोला र ?

अझ दैनिक कामकाजमा व्यस्त हुने व्यक्तिको लागि केही दिन प्रकृतिसँग खेलेर माइन्ड फ्रेस गर्न मात्रै होइन काम गर्नको लागि इनर्जी ल्याउन पनि सहयोग गर्छ ।

तपाईं पनि यस्तै वातावरणमा खेल्ने सोचमा हुनुहुन्छ भने म्याग्दीको जलजला राम्रो गन्तव्य हुन सक्छ ।

मध्यपश्चिम क्षेत्रमा रहेको जलजला बाग्लुङ, म्याग्दी र रुकुमको सीमाना पर्छ । जहाँ समथर विशाल पाटन मात्रै नभई हरियाली वनजङ्गल, रङ्गीचङ्गी फूल, खुलेको निलो आकाश, लुकामारी खेल्ने बादलसँगै हिमाललाई नजिकबाट नियाल्न सकिन्छ ।

यो क्षेत्र प्राकृतिक रुपमा मात्रै नभई साँस्कृतिक रुपमा पनि उत्तिकै धनी रहेको छ । यहाँ गुरुङ, मगर, तामाङलगायतका समुदायहरु एक अर्कामा सहयोगी भई जीविकोपार्जन गर्दै आएका छन् ।

ढोरपाटन शिकार आरक्षणमा पर्ने जलजला पोखराबाट बाग्लुङ हुँदै र कुस्मा हुँदै दुई वटा पदमार्गबाट जान सकिन्छ । यात्राको क्रममा खोलाको बाटो हुँदै पानीको कलकल सङ्गीत सुन्दै चराको चिरिबिरी सुन्दै जलजला पुग्न दुईदेखि तीन दिनसम्म लाग्ने गर्छ ।

बाटोमा भेटिने पुरानो घरले थप आनन्द दिन्छ । यात्राको क्रममा कहिले खाल्डाखुल्डी बाटो, कहिले खोलाको बाटो, कहिले झोलुङ्गे पुल त कहिले पक्की बाटोले यात्रालाई थप रोमाञ्चित बनाउँछ । बाटोेमा भेटिने स्थानीयसँगै सो क्षेत्रको आवश्यक जानकारी पनि लिन सकिन्छ ।

तपाईं जति जलजला क्षेत्रको नजिक पुग्नुहुन्छ त्यति काठमाडौँ कोलाहललाई मात्रै होइन दैनिक जीवनचर्यालाई बिर्सेर आनन्दको जीवन बिताउन थाल्नुहुन्छ । शान्त वातावरणमा पशु गोठहरुसँग रमाउन पाउँदा तपाईँले समय बिताएकै थाहा पाउनुहुन्न । अझ समय समयमा फेरिने मौसमले यहाँ जाने आन्तरिक तथा बाह्य पर्यटकलाई जिस्काइरहेको हुन्छ ।

समथर भूभागमा रहेको जलजलामा फुलेका फूलले दृश्यलाई रोमाञ्चित मात्रै बनाएको हुँदैन । तपाईमा बेग्लै ऊर्जा पनि दिइरहेको हुन्छ । जलजला सामुन्द्रिक सतहबाट तीन हजार ४२० मिटर उचाईमा रहेको छ ।

तर पनि केही व्यक्तिलाई लेक लाग्ने समस्या पनि हुन सक्छ । यहाँबाट सिस्ने, धवलागिरी, अन्नपुर्ण, निलगिरी, मनास्लु, मानापाथी, पुथालगायत हिमाललाई आँखै अगाडिबाट नियाल्न सकिन्छ । अझ बिहान मौसम खुलेको बेलामा हिमालको कुनाबाट निस्कने घामले बेग्लै शक्ति दिइरहेको हुन्छ ।

यहाँ हिउँद याममा हिमाल र हिउँसँग रमाउन सकिन्छ । वर्षायाममा पशुगोठ,  वनजङ्गल, पाटन, विभिन्न प्रजातीका फूलहरुसँग रमाउन सकिन्छ । यहाँ दशै तिहारको लामो विदामा आन्तरिकको पर्यटकको घुइचो नै लाग्ने गर्दछ । यसका साथै अन्य समयमा पनि पर्यटकको उपस्थिति राम्रो रहेको पाइन्छ ।

यस क्षेत्रमा हालसम्म राम्रो होमस्टे तथा होटल सञ्चालनमा आउन सकेको छैन । तर पर्यटकलाई लक्षित गरी स्थानीयले गोठबाटै सेवा दिएको छ । जहाँ स्थानीय परिकारहरु जस्तैः च्याउ, दूध, दही, आलु सागलगायतको परिकारहरु पाइन्छ ।

जलजलामा रमाइलो गरी एक दिन बसी यहाँबाट ढोरपाटनमा पनि जान सकिन्छ । ढोरपाटनमा घुम्न आउनेहरुको लागि जलजलालाई ‘भ्यु प्वाइन्ट’ को रुपमा पनि लिने गरिन्छ ।

विपना मुसिख्वाल

Previous Post

खप्तड बाबाका केही अमर वाणीहरु

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar

metakhabar

सम्बन्धित खबर

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

७ भदौ २०८३,
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो
आवाज

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

७ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

७ भदौ २०८३,
नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित
आवाज

नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

७ भदौ २०८३,
दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस
अन्तर्राष्ट्रिय

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

७ भदौ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

७ भदौ २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In