• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

    कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

    तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

    तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

    विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

    विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

    पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

    पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

    बडीमालिका पूजा आजदेखि प्रारम्भ

    बडीमालिका पूजा आजदेखि प्रारम्भ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्याङ्जामा भण्डारण गरिएको सुन्तला कुहियो

by
१२ माघ २०७९,
0
पाँच करोडको सुन्तला उत्पादन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्याङ्जामा शीतभण्डारमा भण्डारण गरिएको सुन्तला कुहिएपछि किसान चिन्तित भएका छन् । स्याङ्जा शीतभण्डार सहकारीले सञ्चालनमा ल्याएको शीतभण्डारमा भण्डारण गरिएको केही सुन्तला कुहिएको हो । किसानले बढी आम्दाी गर्ने उद्देश्यका साथ सुन्तला शीतभण्डारमा भण्डारण गरेका थिए । तर उल्टै कुहिएपछि घाटा हुने भन्दै उनीहरु चिन्तित बनेका हुन् । पुतलीबजारका रामबन्धु अर्यालले शीतभण्डारमा ५० क्यारेट सुन्तला भण्डारण गर्नुभएको थियो । केही दिन अघि हेर्दा छ÷सात क्यारेट जति सुन्तला कुहिएको उहाँले बताउनुभयो ।

अब उहाँ चाँडै सुन्तला बिक्री गर्ने तयारीमा हुनुहुन्छ । अहिले बोटबाटै प्रतिकिलो रु ८५ देखि रु ९० सम्ममा बिक्री भइरहेको छ । “कुहिन थालेपछि शीतभण्डारमा राखिएको सुन्तला प्रतिकिलो रु ५० देखि रु ६० सम्ममा बिक्री गर्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो । पुतलीबजार करेन्डाँडाका कृष्णजङ्ग केसीले भण्डारण गर्दाको बेला रु आठ लाख मूल्य पर्ने दुईसय ६६ क्यारेट सुन्तला भण्डारण गर्नुभयो । सुन्तला कुहिएको पाएपछि उहाँ सस्तैमा सुन्तला बिक्री गर्न थाल्नुभएको छ । “मूल्य बढी पाइने आहले भण्डारण गरे, उल्टै घाटा लाग्ने अवस्था आयो”, केसीले भन्नुभयो । उहाँले भण्डारण गर्नुभएको सुन्तलाका क्यारेटबाट कुहिएका निकालेर राम्रा सुन्तला प्रतिकिलो रु ६५ का दरले बिक्री गर्नुभयो ।

“मापदण्डअनुसार नै सुन्तला भण्डारण गरियो” उहाँले भन्नुभयो, “यस्तो प्राविधिक विषयमा व्यवस्थापन पक्षको लापर्बाहीका कारण धेरै किसानले नोक्सानी व्यहोर्नुपरेको छ ।” बर्सेनि रु एक लाख ५० हजारसम्मको सुन्तला बिक्री गरेर त्यसकै भरमा घरखर्च चलाउने किसान बढी मर्कामा परेको उहाँ बताउनुहुन्छ । यसको सही व्यवस्थापन हुन नसकेमा आगामी दिनमा किसानले यहाँ सुन्तला, आलुलगायतका कृषिउपज भण्डारण नगर्ने र राज्यको ठूलो लगानी खेर जानसक्ने भएकाले सम्बन्धित निकायले बेलैमा चासो दिनुपर्ने उहाँको जोड छ । किसानले बढी मूल्य पाउने आशामा भण्डारण गरेको सुन्तला कुहिँदा घाटा खेप्नुपर्ने बाध्यता तथा पेशाबाट नै पलायन हुने चिन्ता छ । गत वर्ष सुन्तला तथा आलुको भण्डारण राम्रो भए पनि यसपटक के कति कारणले सुन्तलामा खराबी आयो भन्नेबारे अध्ययन भइरहेको शीतभण्डारका अध्यक्ष अनन्तकुमार श्रेष्ठले बताउनुभयो ।

“भण्डारण गरिएकामध्ये १० देखि १५ प्रतिशतसम्म सुन्तलामा खराबी देखिन सक्ने भएकाले सचेत थियौँ”, उहाँले भन्नुभयो, “अनुमानभन्दा औसतमा बढी सुन्तला खराब भएको पाइयो ।” स्याङ्जामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तला सुपरजोन सञ्चालनमा छ । जिल्लाका विभिन्न ठाउँमा उत्पादन भएका सुन्तला यहाँ भण्डारण गरिएको थियो । भण्डारण गरिएको सुन्तलामा खराबी देखिएपछि सुन्तला सुपरजोन, कृषि ज्ञानकेन्द्र स्याङ्जा, रामपुर कृषि क्याम्पसलगायतका कार्यालयबाट प्राविधिक आएर निरीक्षण तथा अध्ययन गरिरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । हाल एक हजार तीन सय टन क्षमताको शीतभण्डार सञ्चालनमा छ । सोही ठाउँमा एक हजार दुई सय टन क्षमताको अर्को शीतभण्डार निर्माणको क्रममा छ ।

“जिल्लाका सुन्तला उत्पादक किसानले ल्याउनुभएको छ हजार ४३ क्यारेट सुन्तला भण्डारण गरिएको थियो”, श्रेष्ठले भन्नुभयो, “भण्डारण गरिएको सुन्तलामा खराबी देखिएपछि बिग्रेका सुन्तला नष्ट गरी राम्रो सुन्तला शीतभण्डार तथा किसान स्वयंले बिक्री गरिरहेको अवस्था छ ।” यसपटक सुन्तलाको उत्पादन धेरै भएकाले किसानले धेरै सुन्तला भण्डारण गर्न ल्याएको सुन्तला सुपरजोन कार्यक्रमका प्रमुख माधव लम्सालले बताउनुभयो । शीतभण्डारमा भण्डारण गरिएको सुन्तला केही मात्रामा कुहिएपछि धेरै भण्डारण गर्ने किसानलाई बढी मर्का परेको छ ।

रासस

Previous Post

धर्म विरुद्ध लेखेको भन्दै पाकिस्तानी एक युवालाई जेल सजाय

Next Post

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले टिकट बिक्री प्रणाली व्यवस्थापन प्रभावकारी बनाउने

सम्बन्धित खबर

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ
आर्थिक

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

१ भदौ २०८३,
तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान
आर्थिक

तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

१ भदौ २०८३,
विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा
समाचार

विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

१ भदौ २०८३,
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
समाचार

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

१ भदौ २०८३,
पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा
फिचर-ब्यानर

पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

१ भदौ २०८३,
बडीमालिका पूजा आजदेखि प्रारम्भ
समाचार

बडीमालिका पूजा आजदेखि प्रारम्भ

१ भदौ २०८३,
Load More
Next Post
फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नेपाल एयरलाइन्सले उडान भर्ने

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले टिकट बिक्री प्रणाली व्यवस्थापन प्रभावकारी बनाउने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In