• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, November 16, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    समस्याग्रस्त सडकमा काम सम्पन्न गर्ने चुनौति

    समस्याग्रस्त सडकमा काम सम्पन्न गर्ने चुनौति

    शीतलहर सुरु हुन पहिले नै व्यवस्थापनको पूर्वतयारी

    शीतलहर सुरु हुन पहिले नै व्यवस्थापनको पूर्वतयारी

    गण्डकी प्रदेशसभा : गाँजाखेतीसम्बन्धी विधेयक विषयगत समितिमा

    गण्डकी प्रदेशसभा : गाँजाखेतीसम्बन्धी विधेयक विषयगत समितिमा

    सगरमाथा चौधरी आँखा अस्पतालद्वारा आँखा शिविर सञ्चालनः तीन वर्षमै दुई हजारभन्दा बढी मोतियाबिन्दु बिरामीको निःशुल्क शल्यक्रिया

    सगरमाथा चौधरी आँखा अस्पतालद्वारा आँखा शिविर सञ्चालनः तीन वर्षमै दुई हजारभन्दा बढी मोतियाबिन्दु बिरामीको निःशुल्क शल्यक्रिया

    ऋषिङमा दुई मतदान केन्द्र थप गर्न सिफारिस ः प्रजिअ अधिकारीद्वारा स्थलगत अनुगमन

    ऋषिङमा दुई मतदान केन्द्र थप गर्न सिफारिस ः प्रजिअ अधिकारीद्वारा स्थलगत अनुगमन

    भ्रामक सम्पादन प्रकरणमा बिबिसीको ट्रम्पसमक्ष माफी, क्षतिपूर्ति दाबी अस्वीकार

    भ्रामक सम्पादन प्रकरणमा बिबिसीको ट्रम्पसमक्ष माफी, क्षतिपूर्ति दाबी अस्वीकार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कोतघरमा सरायको रौनक

metakhabar by metakhabar
२० अशोज २०८२,
0
कोतघरमा सरायको रौनक
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

तम्घास (गुल्मी), २० असोजः दसैँ सकिएलगत्तै गुल्मीका कोतघरमा सरायको रौनक देखिएको छ । नेपालका पश्चिमी जिल्लामा सराय नाच्ने गरिन्छ । एकादशीदेखि कोजाग्रत पूर्णिमासम्म नाचिने सरायमा खुडा, भाला, तरवार, खुकुरी जस्ता युद्धमा प्रयोग हुने हतियार प्रदर्शन गरी ‘वाख्खै वा’ शब्द उच्चारण गरी गरिन्छ ।

गुल्मी, अर्घाखाँची, प्यूठान लगायतका जिल्लामा एकादशी, द्वाद्वसी, त्रायोदशी र पूर्णिमाको दिन फरक–फरक ठाउँमा सराय नाच्ने गरिन्छ । गुल्मीको इस्मा मैदान, धुर्कोट कालिका मन्दिर, वाग्ला कोत, राङदलचौर, कुमारीदेवी मन्दिरलगायतका स्थानमा सराय नाचिएको छ । पूर्णिमाको दिन धुर्कोट कोत, अर्जै, मुसिकोटलगायतका स्थानमा सराय नाचिन्छ । सरायमा बालबालिका, युवा, महिलाका साथै वृद्धवृद्धासमेत नाच्ने गरेको इस्मा कोटका पुजारी गोविन्द अर्यालले बताउनुभयो ।

रङ्गीचङ्गी ध्वजापतकाले सिङ्गारिएको आलमलाई भगवान्को प्रतीकको रूपमा लिइन्छ । लाइनमा रहेका सयौँ भक्तजन एक समूहले अर्को समूहलाई आक्रमण गरे जस्तो देखिने सराय नाँच रमाइलो संस्कृतिका रूपमा लिइन्छ । राक्षससँगको लडाइँमा सत्यको विजयपछि सत्यका पुजारीले विजयोत्सव स्वरूप कोत र दुर्गा भगवती तथा कालिका मन्दिरमा हतियार नचाएर सराय नाच्न थालिएको हो । यसरी नाच्दा देवी प्रसन्न हुने धार्मिक विश्वास गरिन्छ ।

वाग्लाको वाग्ला माध्यमिक विद्यालयको प्राङ्गणमा विसं २०१५ भन्दा अगाडिदेखि नै सराय नाच्न थालिएको स्थानीयसमेत रहेका पूर्ववडाध्यक्ष हिमप्रसाद पन्थीले बताउनुभयो । “तत्कालीन समयमा युद्धमा प्रयोग हुने हतियार प्रदर्शन गरेर सराय नाचिन्छ”, पन्थीले भन्नुभयो, “युवा सहभागिताले सरायमा उत्साह थपेको छ ।”

इस्माकोट मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष कृष्णप्रसाद रिजालले परापूर्वकालदेखि नै सराय नाचिएको बताउनुभयो । “सुरु भएको मिति त कसैलाई थाहा छैन, तर बाउ–बाजेका पालादेखि नै मैदानमा सराय नाचिएको छ”, उहाँले भन्नुभयो । इस्मामा छापाली र इस्माली भेट भएपछि सरायको औपचारिक सुरुआत हुन्छ । बाइसेचौबिसे राज्य हुँदाताका भुरे राजाले आफ्नो कोतमा सराय नाच नचाउने गरेपछि नै सराय सुरु भएको बूढापाका बताउँछन् ।

यस्तो छ सरायको किंवदन्ती

घटस्थापनादेखि नौ दिनसम्म देवीको पुजा गर्दा महाकाली उत्पति भइन् । पछि महाकाली ठूली हँुदै गइन् र राक्षसलाई मारिन् । त्यसपछि रामचन्द्रले राउण्डेलाई मारे । नौ दिनसम्म पूजा गरी राक्षसलाई मारेको उत्सवस्वरूप दसैँको टीका लगाउने प्रचलन बस्यो । त्यसैगरी राउण्डेलाई मारेको उत्सवमा हजारौँ वर्षअघि द्वापरयुगमा सराय खोल्न थालिएको इतिहास छ ।

संरक्षण गर्ने प्रयासमा स्थानीय तह

धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले आफुहरूले धुर्कोट कोतलगायतका मन्दिरमा संरचना थप गर्ने, मर्मत गर्ने लगायतका काम गरेर सराय नाचलाई व्यवस्थित गर्न लागिपरेको बताउनुभयो । “बसाइँ सरेका नागरिक पनि दसैँमा घर आउने भएकाले सरायमा उल्लेख्य सहभागिता देखिन्छ”, उहाँले भन्नुभयो, “सराय खेल्न युवा पुस्तालाई उत्प्रेरित गरेका छौँ ।” उहाँले प्रत्येक मन्दिरहरूमा सराय व्यवस्थित गर्नका लागि बजेटसमेत विनियोजन गरेको बताउनुभयो ।

त्यस्तै इस्मा गाउँपालिकाका प्रमुख भगतसिंह खड्काले गाउँपालिका भित्रका विभिन्न कला संस्कृति र परम्परा जोगाउन आफुहरू योजनाबद्ध रूपमा लागेको बताउनुभयो । उहाँले अहिले पञ्चेबाजा संरक्षण, मठ मन्दिरको संरक्षणलगायतका काम भइरहेकाले अब बिस्तारै ऐतिहासिक कला संस्कृतिको प्रचारप्रसार र जगेर्ना गर्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी रु एक करोडभन्दा बढीको लागतको इस्माकोटको मर्मत तथा पुनर्निर्माण गरिएको उहाँको भनाइ छ ।
–––

Previous Post

वर्षा रोकिएसँगै काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै

Next Post

गोसाइँकुण्ड क्षेत्रमा पदयात्रामा गएका १२ जनाको उद्धार

metakhabar

metakhabar

सम्बन्धित खबर

समस्याग्रस्त सडकमा काम सम्पन्न गर्ने चुनौति
आर्थिक

समस्याग्रस्त सडकमा काम सम्पन्न गर्ने चुनौति

२९ कार्तिक २०८२,
शीतलहर सुरु हुन पहिले नै व्यवस्थापनको पूर्वतयारी
फिचर-ब्यानर

शीतलहर सुरु हुन पहिले नै व्यवस्थापनको पूर्वतयारी

२९ कार्तिक २०८२,
गण्डकी प्रदेशसभा : गाँजाखेतीसम्बन्धी विधेयक विषयगत समितिमा
फिचर-ब्यानर

गण्डकी प्रदेशसभा : गाँजाखेतीसम्बन्धी विधेयक विषयगत समितिमा

२९ कार्तिक २०८२,
सगरमाथा चौधरी आँखा अस्पतालद्वारा आँखा शिविर सञ्चालनः तीन वर्षमै दुई हजारभन्दा बढी मोतियाबिन्दु बिरामीको निःशुल्क शल्यक्रिया
आवाज

सगरमाथा चौधरी आँखा अस्पतालद्वारा आँखा शिविर सञ्चालनः तीन वर्षमै दुई हजारभन्दा बढी मोतियाबिन्दु बिरामीको निःशुल्क शल्यक्रिया

२९ कार्तिक २०८२,
ऋषिङमा दुई मतदान केन्द्र थप गर्न सिफारिस ः प्रजिअ अधिकारीद्वारा स्थलगत अनुगमन
आवाज

ऋषिङमा दुई मतदान केन्द्र थप गर्न सिफारिस ः प्रजिअ अधिकारीद्वारा स्थलगत अनुगमन

२९ कार्तिक २०८२,
भ्रामक सम्पादन प्रकरणमा बिबिसीको ट्रम्पसमक्ष माफी, क्षतिपूर्ति दाबी अस्वीकार
आवाज

भ्रामक सम्पादन प्रकरणमा बिबिसीको ट्रम्पसमक्ष माफी, क्षतिपूर्ति दाबी अस्वीकार

२९ कार्तिक २०८२,
Load More
Next Post
गोसाइँकुण्ड क्षेत्रमा पदयात्रामा गएका १२ जनाको उद्धार

गोसाइँकुण्ड क्षेत्रमा पदयात्रामा गएका १२ जनाको उद्धार

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In