• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी

    नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी

    भेडा बिक्री गरेर मौरीपालन

    भेडा बिक्री गरेर मौरीपालन

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभाको बैठक बस्दै

    सार्वजनिक जग्गामा स्याउ बगैँचा

    सार्वजनिक जग्गामा स्याउ बगैँचा

    कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

    कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

    सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

    सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

व्यवसायिक घरानाप्रति प्रहार, भ्रामक समाचारले थपिएको अन्याय!

metakhabar by metakhabar
१ अशोज २०८२,
0
व्यवसायिक घरानाप्रति प्रहार, भ्रामक समाचारले थपिएको अन्याय!
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

यही भाद्र २३ र २४ गते जेन–जेड समूहको अगुवाइमा सम्पन्न आन्दोलनले देशमा ठूलो राजनीतिक र सामाजिक परिवर्तन ल्याएको पृष्ठभूमिमा, प्रमुख व्यवसायिक घरानामाथि लक्षित गर्दै भ्रामक समाचार फैलिन थालेपछि इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट र शंकर ग्रुपका संचालक साहिल अग्रवालले गम्भीर आपत्ति जनाएका छन्।

दुवै व्यवसायीले संयुक्त रूपमा जारी गरेको विस्तृत प्रेस विज्ञप्तिमा आन्दोलनका क्रममा शहादत प्राप्त गरेका नेपाली नागरिकहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको स्वास्थ्यलाभको कामना गरिएको छ। साथै, मृतकका परिवारलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरिएको छ।

व्यवसायी भट्ट र अग्रवालले स्पष्ट पारेका छन् कि २०२० को कोभिड महामारीका समयमा उनीहरूले ‘हामी नेपाल’ नामक संस्थासँग सहकार्य गरेर मानव जीवन बचाउन ठूलो योगदान गरेका थिए। लाखौं आमा–बुबा, दाजुभाइ र दिदीबहिनीहरूको उपचार तथा पुनःस्थापनामा सहयोग पु¥याइएको र हजारौं जीवन जोगाउन सफल भएको उनीहरूको दाबी छ।

‘त्यस समयमा सुदन गुरुङ र उनको संस्थालाई हामीले परिचालन पार्टनरको रूपमा मात्र रोजेका थियौं। त्यसयता कुनै सहकार्य भएको छैन,’ विज्ञप्तिमा उल्लेख छ। उनीहरूले थपे, ‘हामीले गरेको सहयोग पारदर्शी ढङ्गले सीएसआर अन्तर्गत गरिएको थियो र त्यसबारे त्यतिबेलै सार्वजनिकरूपमा प्रेस विज्ञप्ति जारी गरिएको थियो।’

तर पछिल्लो समयमा केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सुदन गुरुङको वर्तमान राजनीतिक गतिविधिसँग उनीहरूको नाम जोडेर निराधार प्रचार गरिएको भन्दै व्यवसायीहरूले कडा आपत्ति जनाएका छन्।

आन्दोलनका क्रममा धेरै व्यवसायिक संस्थामाथि आगजनी, तोडफोड र लुटपाट भए। यसैबीच जगदम्बा हस्पिटालिटी समूहअन्तर्गत भर्खरै सञ्चालनमा आएको अन्तर्राष्ट्रिय चेन होटल हिल्टन समेत पूर्ण रूपमा जलेर खरानी भएको छ।

‘यो होटल हाम्रो मात्र लगानी थिएन, नेपालको पर्यटन र व्यापारिक क्षेत्रको गौरव थियो,’ विज्ञप्तिमा भनिएको छ। ‘यस होटलमाथिको आगजनीले विदेशी पर्यटक र लगानीकर्ताको दृष्टिमा नेपाललाई नकारात्मक रूपमा प्रस्तुत गरेको छ।’

व्यवसायीहरूले यो घटनालाई देशकै अर्थतन्त्र र लगानी वातावरणका लागि ठूलो धक्का भएको बताए। ‘हाम्रो मिहिनेत, सपना र सम्पूर्ण परिश्रम खरानीमा परिणत भएको छ। तर यसबाट हामी टुटेका छैनौं। फेरि उठ्नेछौं र नेपालकै माटोमा लगानी गर्नेछौं भन्ने दृढ विश्वास हामीसँग छ,’ उनीहरूले स्पष्ट पारे।

व्यवसायीहरूले केही सञ्चारमाध्यमले बिना तथ्यजाँच अनुमानका आधारमा समाचार लेख्ने, कपोलकल्पित कथा गढ्ने र उनीहरूलाई राजनीतिक समूहसँग जोड्ने काम गरेकोमा गम्भीर चिन्ता व्यक्त गरेका छन्।

‘यस्ता समाचारहरूले सत्यतथ्य पत्ता लगाउने पत्रकारिताको धर्मविपरीत काम गरेको छ,’ विज्ञप्तिमा भनिएको छ। उनीहरूले आम नेपाली दाजुभाइ दिदीबहिनीलाई यस्ता गलत प्रचारप्रति सजग रहन र सत्यतथ्य पुष्टि नगरी आउने हल्लाको पछाडि नलाग्न अपिल गरेका छन्।

अन्त्यमा विज्ञप्तिमा भनिएको छ, ‘हामीले विदेशमा हुने राम्रा अवसरलाई छाडेर आफ्नै देशमा केही गर्ने सपना बोकेका हौं। चुनौती र नोक्सानीबीच पनि हाम्रो लगानी, हाम्रो उद्यमशीलता र हाम्रो विश्वास नेपालकै माटोमा जरा गाडेर अघि बढ्नेछ।’

Previous Post

लुम्बिनी प्रदेश सरकारअन्तर्गतको क्षति विवरण सार्वजनिक

Next Post

अविरल वर्षाले शुक्लागण्डकीमा सडक भासियो

metakhabar

metakhabar

सम्बन्धित खबर

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी
आर्थिक

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी

१२ जेष्ठ २०८३,
भेडा बिक्री गरेर मौरीपालन
आर्थिक

भेडा बिक्री गरेर मौरीपालन

१२ जेष्ठ २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

प्रतिनिधिसभाको बैठक बस्दै

१२ जेष्ठ २०८३,
सार्वजनिक जग्गामा स्याउ बगैँचा
आर्थिक

सार्वजनिक जग्गामा स्याउ बगैँचा

१२ जेष्ठ २०८३,
कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला
समाचार

कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

१२ जेष्ठ २०८३,
सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद
समाचार

सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

१२ जेष्ठ २०८३,
Load More
Next Post
अविरल वर्षाले शुक्लागण्डकीमा सडक भासियो

अविरल वर्षाले शुक्लागण्डकीमा सडक भासियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In