• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा

    नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा

    पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना

    पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना

    हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित

    ‘स्ट्रेट अफ होर्मुज’ नजिक दुई ट्याङ्करमाथि आक्रमण, कतारद्वारा निन्दा

    गुन्द्रुकले बदलेको ग्रामीण महिलाको जीवनस्तर

    गुन्द्रुकले बदलेको ग्रामीण महिलाको जीवनस्तर

    इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

    इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रेमप्रसाद मृत्यु प्रकरण: सबै भन्दा भयानक संकेत राज्यको चरम असफलता – बालेन

by
११ माघ २०७९,
0
ओलीलाई बालेनको जवाफ – अब परिस्थिति फेरिएको छ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले राज्यका कारण संसद् भवन अगाडि शरीरमा आगो लगाएर आत्मदाह गर्नुपर्ने अवस्था सिर्जना गरेको बताएका छन् ।

उपचारका क्रममा प्रेमप्रसाद आचार्यको निधन भएपछि एक स्टाटस लेख्दै मेयर शाहले यो राज्य चरम असफलताको कारण हो भनेका छन् ।

उनले भनेका छन्, उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्धारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ । राज्यका हरेक तप्का, निकाय र अंगहरु असफल भएका छन् ।’

सत्तामा रहेकाहरू सबै समीकरणलाई प्रगतिका लागि चलायमान बनाउनु भन्दा आफ्नो स्वार्थका लागि राजनीतिलाई अस्थिर बनाउनतर्फ लागेको उनको आरोप छ ।

सञ्चारमाध्यमहरूले पनि कसैको व्यवसाय प्रवर्द्धन गर्न वा सहयोग हुने थप अध्ययन र समाचारहरू तयार गर्नुपर्नेमा अमुक व्यक्तिले फेसबुकमा के लेख्छ, के कमेन्ट गर्छ भनेर समाचार बनाउन व्यस्त रहेको उनको भनाई छ ।

यस्तो छ उनले लेखेको स्टाटस

एक जना नागरिक आफूले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन् । एक जना नागरिक आफूले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन् । एक जना नागरिक संसद् भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन् । त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरु होलान् तर सबै भन्दा ठुलो कारण राज्य हो । र, सबै भन्दा भयानक संकेत राज्यको चरम असफलताको हो । उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्धारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ । राज्यका हरेक तप्का, निकाय र अंगहरु असफल भएका छन् ।

नागरिककारुपमा, जनप्रतिनिधिकारुपमा, सत्ताका अगुवाकारुपमा, सञ्चारमाध्यमकारुपमा हामी सबै असफल भइरहेका छौँ । नागरिकले गर्नु पर्ने सामान्य दायित्व पुरा गर्नु पर्ने चेत हाम्रो छैन । हामीलाई नियम नमान्दा र पालो मिच्दा असामान्य हो भन्ने लाग्दैन । जनप्रतिनिधिकारुपमा नियम पालना गर्न र गराउन सफा नियतले अगाडि बढ्ने हिम्मत हाम्रो छैन । प्यारो नभइएला र अर्को पटक फेरि छानिन नपाइएला कि भन्ने शंकामा नमिठो बोल्नु हुन्न भन्ने सोचाइ छ । सत्ताका अगुवाकारुपमा त्यो सबै समीकरणलाई प्रगतिका लागि चलायमान बनाउनु भन्दा सत्ता स्वार्थका लागि राजनीतिलाई अस्थिर बनाउनमा ध्यानमग्न छौँ । सञ्चारमाध्यमकारुपमा कसैको व्यवसाय प्रवर्द्धन गर्न वा सहयोग हुने थप अध्ययन र समाचारहरू तयार पार्ने बारेमा रुचि छैन । कुनै अमुक पदमा भएको व्यक्तिले फेसबुकमा के लेख्छ, के कमेन्ट गर्छ भनेर ठुला ठुला समाचार बनाउनुमा व्यस्त छौँ ।

एकैपल्ट यति धेरै कुराहरू गलत बाटोमा लागेर एकैपल्ट असफल हुँदा प्रेमप्रसाद आचार्यले त्यसको विद्रोह गरेका हुन् । त्यो विद्रोह हाम्रो समयको पछिल्लो सबैभन्दा विस्मयकारी घटना हो । उनीप्रति हार्दिक श्रद्धाञ्जली तथा उनको परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।

कुनै पनि अर्को व्यक्तिले प्रेमप्रसाद आचार्यको जस्तो नियति भोग्न नपरोस् भनेर महानगरले सिप सिक्ने र ती सिपहरूको जीवनस्तर वृद्धिमा प्रयोग हुने संरचनाहरूको निर्माण गर्नेमा असाध्यै संवेदनशील भएर काम गरिरहेको छ भने उनको मागहरू मध्ये काठमाडौं महानगरको क्षेत्राधिकारमा पर्ने कामहरू पनि हुँदै छन् । नागरिक तहदेखि संघीय सरकारसम्म सबैले आफ्नो भूमिकाबाट कठोर भई निभाउन अपिल गर्दछु । सबैले नियमको पालना गरौँ । सबैले नियमभित्र रहेर व्यवहार गरौँ । फेरि पनि प्रेमप्रसाद आचार्यप्रति हार्दिक श्रद्धाञ्जली छ ।

Previous Post

थोरै खाए बल, धेरै खाए मल

Next Post

बोतल र जर्किनमा पेट्रोल बेचे कारबाही – प्रहरी

सम्बन्धित खबर

नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
अन्तर्राष्ट्रिय

नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा

२४ असार २०८३,
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
आवाज

पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना

२४ असार २०८३,
हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित
अन्तर्राष्ट्रिय

‘स्ट्रेट अफ होर्मुज’ नजिक दुई ट्याङ्करमाथि आक्रमण, कतारद्वारा निन्दा

२४ असार २०८३,
गुन्द्रुकले बदलेको ग्रामीण महिलाको जीवनस्तर
आर्थिक

गुन्द्रुकले बदलेको ग्रामीण महिलाको जीवनस्तर

२४ असार २०८३,
इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति
अन्तर्राष्ट्रिय

इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

२४ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२४ असार २०८३,
Load More
Next Post
बोतल र जर्किनमा पेट्रोल बेचे कारबाही – प्रहरी

बोतल र जर्किनमा पेट्रोल बेचे कारबाही – प्रहरी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In