• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

    विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

    गोरखामा योग शिविर

    गोरखामा योग शिविर

    आँप महोत्सव सम्पन्नः उत्साहित किसान

    आँप महोत्सव सम्पन्नः उत्साहित किसान

    सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार

    सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चार दलका युवा संगठनले भने- प्रगतिशील परिवर्तनको संरक्षण गरेर आगामी यात्रा तय गरिनुपर्छ

metakhabar by metakhabar
२६ भदौ २०८२,
0
चार दलका युवा संगठनले भने- प्रगतिशील परिवर्तनको संरक्षण गरेर आगामी यात्रा तय गरिनुपर्छ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– विभिन्न चार राजनीतिक दलका युवा सङ्गठनहरूले विभिन्न आन्दोलन र प्रगतिशील परिवर्तनहरूको संरक्षण गरेर मात्र मुलुकको आगामी राजनीतिक यात्रा तय गरिनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चानिकट युवा सङ्गठनहरूले आगामी राजनीतिक निकास लोकतान्त्रिक मूल्य–मान्यताको अधीनमा रहेर मात्र गरिनुपर्नेमा जोड दिएका छन् ।

‘हामी विशेष गरेर अबको आगामी राजनीतिक यात्रा यस अघिका विभिन्न आन्दोलन र प्रगतिशील परिवर्तनहरूको संरक्षण गरेर मात्र तय गरिनुपर्छ भन्नेमा प्रस्ट छौँ,’ युवा सङ्गठनहरूले भनेका छन्, ‘जेन–जी युवाहरूसमेत वर्तमान संविधानको रक्षा गर्दै अघि बढ्ने कुरामा जोड दिइरहेको सन्दर्भमा आगामी राजनीतिक निकास लोकतान्त्रिक मूल्य–मान्यताको अधीनमा रहेर मात्र गरिनुपर्नेमा जोड दिन चाहन्छौँ ।’

नयाँ परिवर्तनतर्फ अग्रसर हुँदै गर्दा ठूलो बलिदानीमार्फत् प्राप्त लोकतान्त्रिक गणतन्त्रका आधारभूत मूल्यहरूलाई कमजोर नबनाइने र तिनको रक्षा हुने व्यवस्था हुनुपर्ने उनीहरूको माग छ ।

चारै सङ्गठनहरूले बिहीबार संयुक्त वक्तव्य जारी गरेर भनेका छन्, ‘आगामी राजनीतिक निकास संविधानभित्रैबाट निकालिनु पर्छ भनेर माग गर्दछौँ । मुलुकको यस विषम परिस्थितिमा हामी सम्पूर्ण युवाहरूलाई संयमित र सजग तथा नेपालको लोकतान्त्रिक गणतन्त्र, राष्ट्रियता, स्वाधीनता र सार्वभौमसत्ताको रक्षाका निमित्त दृढ भएर क्रियाशील रहन हार्दिक अपिल गर्दछौँ ।’

जेन–जीको आह्वानमा भएको आन्दोलनका क्रममा हालसम्म ३० जनाको मृत्यु र एक हजार बढी घाइते भएका छन् । उनीहरूले भनेका छन्, ‘यो स्तरको मानवीय क्षति अत्यन्तै दुखद, हृदय विदारक र निन्दनीय छ । सम्पूर्ण मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।’

चारै सङ्गठनहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न पनि माग गरेका छन् । ‘हामी जेन–जीले प्रस्तुत गरेका प्रमुख मागहरू भ्रष्टाचारमुक्त राष्ट्र, पारदर्शितामा आधारित शासन व्यवस्था, न्याय र जवाफदेहिताप्रति समर्थन जनाउँदछौँ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘मागहरूको सम्बोधन लागि पहल गर्दै आएको कुरा स्मरण गराउँदछौँ । भ्रष्टाचारका मामिलामा प्रभावकारी अनुसन्धान र दोषीहरूलाई कानुनी प्रक्रियामार्फत सजाय दिनुपर्ने कुरामा हाम्रो दृढ समर्थन रहेको छ ।’

प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि पनि अवाञ्छित तत्त्वले विध्वंस, आगजनी, तोडफोड, हिंसा र लुटपाटका घटना गराउने काम जारी राखेको भन्दै उनीहरूले सम्पूर्ण घटनाका निन्दा गरेका छन् ।

Previous Post

भागेका कैदीलाई सम्पर्कमा आउन प्रहरीले गर्‍यो अनुरोध

Next Post

अन्तरिम सरकारको नेतृत्व दिने भए तयार छु : महावीर पुन

metakhabar

metakhabar

सम्बन्धित खबर

विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
आवाज

विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

८ असार २०८३,
गोरखामा योग शिविर
आवाज

गोरखामा योग शिविर

८ असार २०८३,
आँप महोत्सव सम्पन्नः उत्साहित किसान
आवाज

आँप महोत्सव सम्पन्नः उत्साहित किसान

८ असार २०८३,
सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार
आवाज

सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार

८ असार २०८३,
सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आवाज

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

७ असार २०८३,
रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने
जीवन शैली

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

७ असार २०८३,
Load More
Next Post
अन्तरिम सरकारको नेतृत्व दिने भए तयार छु : महावीर पुन

अन्तरिम सरकारको नेतृत्व दिने भए तयार छु : महावीर पुन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In