काठमाडौं । राजधानीका बौद्ध, चाबहिल र गौशाला क्षेत्रमा अराजक समूहले लुटेको करिब ३४ लाख रुपैयाँ सेनाले नियन्त्रणमा लिएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार ती क्षेत्रहरूबाट लुटिएको ३३ लाख ७० हजार रुपैयाँ फिर्ता गर्न सफल भएको हो। बरामद गरिएको रकमबारे थप अनुसन्धान भइरहेको समेत सेनाले जनाएको छ।













