• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आलेखः प्रकृति, संस्कृति र साहसिक पर्यटनको पर्याय मुदी गाउँ

    आलेखः प्रकृति, संस्कृति र साहसिक पर्यटनको पर्याय मुदी गाउँ

    दैलेखको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह

    दैलेखको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह

    खोक्सिकवासीलाई निःशुल्क विद्युत्

    खोक्सिकवासीलाई निःशुल्क विद्युत्

    कञ्चनपुर–कमला सडक आयोजनाको लागत तीन अर्बले बढ्यो, चौथो पटक म्याद थपको तयारी

    कञ्चनपुर–कमला सडक आयोजनाको लागत तीन अर्बले बढ्यो, चौथो पटक म्याद थपको तयारी

    सेनालाई विश्व वन्यजन्तु कोषको सम्मान

    सेनालाई विश्व वन्यजन्तु कोषको सम्मान

    मुस्ताङमा पहिलो पटक एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गरिँदै

    मुस्ताङमा पहिलो पटक एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इन्द्रजात्राको अवसरमा मध्यपुरथिमिका वीरेन्द्रभक्तले चौथो पटक छेडाए जिब्रो

metakhabar by metakhabar
२३ भदौ २०८२,
0
इन्द्रजात्राको अवसरमा मध्यपुरथिमिका वीरेन्द्रभक्तले चौथो पटक छेडाए जिब्रो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इन्द्रजात्राको अवसरमा भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३८ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले आइतबार साँझ जिब्रो छेडाएर भक्तपुरको दत्तात्रय र नवदुर्गा मन्दिर सम्म यात्रा गरेका छन् ।

भाद्र शुक्ल पूर्णिमाको साँझ आइतबार राति ८ः३० बजे मध्यपुरथिमि नगरपालिका–४ र ५ को सङ्गमस्थलमा दिगुटोल दिग भैरब अगाडिको डबलीमा कर्मी नाइके बाबुकाजी श्रेष्ठले तीन वटा चुच्चो भएको १० इन्च लामो फलामको सियोले जिब्रो उनको जिब्रो छेडेका थिए । त्यसपछि छेडिएको जिब्रोसहित वीरेन्द्रभक्त महाद्विप (भेय्) बोकेर खाली खुट्टा भक्तपुरको नवदुर्गा र दत्तात्रयसम्म पुगे ।

नेपाल संवत् तिथि बमोजिम ञङ्लाथ्व पुन्हि अर्थात् इन्द्रजात्राको भोलिपल्ट हजारौँको सङ्ख्यामा उपस्थित भीडबीचमा कर्मी नाइकेबाट जिब्रो छेडाएका हुन् ।

जिब्रो छेडेर ३५० वर्ष पुरानो जात्रालाई जिवन्त राखेका वीरेन्द्रभक्तले यसअघि पहिलो पटक २०७४ सालमा, त्यसपछि २०७९ र २०८१ मा जिब्रो छेडाएका थिए ।

गतवर्ष खाली खुट्टा पशुपतिनाथसम्म पुगेर फर्किएका उनले २८ किलोमिटर पैदल हिँडेका थिए । यसवर्ष भक्तपुर पुगेर फर्कँदा करिब १३ किलोमिटर यात्रा पार हुने उनले बताए ।

जिब्रो छेड्ने व्यक्तिको इच्छाअनुसार पशुपति मन्दिर, चाँगुनारायण मन्दिर, भक्तपुरका विभिन्न मन्दिर, स्वयम्भु, नमोबुद्धसम्म जिब्रो छेडेर पुर्खा पुगेको इतिहास छ । यसवर्ष जिब्रो छेड्नेको चाहनाअनुसार नवदुर्गा र दत्तात्रयको दर्शनसमेत गर्ने गरी जात्रा लगिएको आयोजक येँयाः पुन्हिया लसताय् म्येम्वाः खानेगु जात्रा व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।
जात्रामा मध्यपुरथिमि नगरपालिकाले तीन लाख रुपैयाँ, वागमती प्रदेशका पर्यटनमन्त्री सुरेश श्रेष्ठले दुई लाख रुपैयाँ सहयोग गरेको र बाँकी नपुग रकम समितिलाई स्थानीयले सहयोग गरेको उनले जानकारी दिए ।

दिगुटोलबाट सुरु भएको जात्रा बालकुमारी मन्दिर, तछुटोल, बिष्णुबिर मन्दिर, यमाटोल, मरुटोल, शङ्खधर चोकथिमि, सूर्यविनाक नगरपालिका–४ मा पर्ने दक्षिण बाराही मन्दिर (क्वाछे) हुँदै पुन शङ्खधर चोक थिमि फर्किएको छ ।

त्यसैगरि शङ्खधर चोकबाट मुख्य सडक हुँदै राधे राधे, सल्लाघारी, भक्तपुर नगरपालिका क्षेत्र प्रवेश गर्दै चोङ्गा गणेश, सिद्ध पोखरी, नःपुखु, दरबार स्क्वायर, पाँचतले मन्दिर, सुकुलढोका, दत्तात्रय मन्दिर, क्वाठण्डौँ, नवदुर्गा मन्दिर (द्यो छें), साक्वःलान हुँदै पुन पाँचतले मन्दिर फर्कियो ।

त्यसपछि वंशगोपाल, सिद्ध पोखरी, सल्लाघारी चोङ्गा गणेश मध्यपुरथिमिको निकोसेरा, नगरपालिका चोक, पाटी बिहार, गुङ चिवा, भिमसेन चोक, गणेश स्कुल, नगदेश, सिद्दी गणेश मन्दिर, गार्चा चोक, सिद्धिकाली चोक, सिद्धिकाली मन्दिर, भुलाँखेल, चोडे, दुई पोखरी हुँदै बालकुमारी मन्दिर पुगेर जिब्रोबाट सियो निकालेर आजको जात्रा बिसर्जन गरिने छ ।

किम्बदन्तीअनुसार प्राचिन कालमा थिमिमा भूतप्रेत र पिशाचको आतङ्क मच्चाएर जथाभावी मानिस मार्ने गरेपछि यसलाई नियन्त्रण गर्न एक जनाको जिब्रो छेडी नगर परिक्रमा गराइएको र त्यसपछि भूत, प्रेत, पिशाच भागेर शान्ति स्थापना भएको भनाइ छ ।

Previous Post

माइतीघरमा आज जेनजी पुस्ताले प्रदर्शन गर्दै

Next Post

यसवर्षको पहिलो खग्रास चन्द्रग्रहण साढे तीन घण्टा देखियो, अब फेरि फागुनमा देखिने

metakhabar

metakhabar

सम्बन्धित खबर

आलेखः प्रकृति, संस्कृति र साहसिक पर्यटनको पर्याय मुदी गाउँ
आर्थिक

आलेखः प्रकृति, संस्कृति र साहसिक पर्यटनको पर्याय मुदी गाउँ

६ जेष्ठ २०८३,
दैलेखको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह
आर्थिक

दैलेखको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह

६ जेष्ठ २०८३,
खोक्सिकवासीलाई निःशुल्क विद्युत्
आर्थिक

खोक्सिकवासीलाई निःशुल्क विद्युत्

६ जेष्ठ २०८३,
कञ्चनपुर–कमला सडक आयोजनाको लागत तीन अर्बले बढ्यो, चौथो पटक म्याद थपको तयारी
आर्थिक

कञ्चनपुर–कमला सडक आयोजनाको लागत तीन अर्बले बढ्यो, चौथो पटक म्याद थपको तयारी

६ जेष्ठ २०८३,
सेनालाई विश्व वन्यजन्तु कोषको सम्मान
आर्थिक

सेनालाई विश्व वन्यजन्तु कोषको सम्मान

६ जेष्ठ २०८३,
मुस्ताङमा पहिलो पटक एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गरिँदै
फिचर-ब्यानर

मुस्ताङमा पहिलो पटक एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गरिँदै

६ जेष्ठ २०८३,
Load More
Next Post
यसवर्षको पहिलो खग्रास चन्द्रग्रहण साढे तीन घण्टा देखियो, अब फेरि फागुनमा देखिने

यसवर्षको पहिलो खग्रास चन्द्रग्रहण साढे तीन घण्टा देखियो, अब फेरि फागुनमा देखिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In