• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन

    मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन

    संसदीय जिम्मेवारीले ‘प्रिय कक्षा’ टुट्यो, बजेट कार्यान्वयनमा केन्द्रित छु : मन्त्री महावीर पुन

    संसदीय जिम्मेवारीले ‘प्रिय कक्षा’ टुट्यो, बजेट कार्यान्वयनमा केन्द्रित छु : मन्त्री महावीर पुन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चुनावबाट विचलन ‘अत्यन्त खतरनाक’ हुने बङ्गलादेशी नेताको चेतावनी

metakhabar by metakhabar
१७ भदौ २०८२,
0
चुनावबाट विचलन ‘अत्यन्त खतरनाक’ हुने बङ्गलादेशी नेताको चेतावनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ढाका । लामो समयदेखि प्रधानमन्त्री रहनुभएकी शेख हसिनाको पतन भएको एक वर्षपछि बङ्गलादेशमा हिंसात्मक राजनीतिक प्रतिस्पर्धा चर्किँदै जाँदा त्यहाँका नेताले नियोजित चुनावबाट कुनै पनि विचलन ‘अत्यन्त खतरनाक’ हुने चेतावनी दिएका छन् ।

यो चेतावनी दक्षिण एसियाली यस राष्ट्रमा भएको विरोध प्रदर्शनपछि आएको हो । ती प्रदर्शनका कारण एक प्रमुख नेता अस्पताल भर्ना हुनुपरेको छ । विद्रोहपछि पहिलो चुनाव हुन लागिरहेका बेला विभिन्न दलहरू सत्ताका लागि तीव्र प्रतिस्पर्धामा छन् ।

दलहरूबीच बहस बढ्दो क्रममा छ, जसमा आगामी फेब्रुअरीमा हुने निर्वाचनमा को–को सहभागी हुने भन्ने विषय विशेष रूपमा चर्चामा छ । साथै, अन्तरिम नेता मुहम्मद युनुसले अघि सार्नुभएको लोकतान्त्रिक सुधारका प्रस्तावसमेत बहसको केन्द्रविन्दु बनेको छ ।

“प्रमुख सल्लाहकारले चुनावको विकल्प नभएको स्पष्ट रूपमा बताउनुभएको छ”, युनुसका प्रेस सचिव शफीकुल आलमले आइतबार राति भन्नुभयो, “यसबाट कुनै पनि विचलन देशका लागि अत्यन्त खतरनाक हुनेछ ।”

नोबेल शान्ति पुरस्कार विजेता युनुसले सन् २०२४ अगस्टको विद्रोहपछि कार्यवाहक सरकारको प्रमुख सल्लाहकारको रूपमा नेतृत्व गर्दै आउनुभएको छ । पचासी वर्षीय युनुसले आइतबार प्रमुख राजनीतिक दलहरूसँग धेरै चरणको बैठक गर्नुभयो ।

हसिनाको पूर्व सहयोगीको रूपमा चिनिने जातीय पार्टीलाई चुनावमा सहभागी गराउने कि नगर्ने भन्ने विषय हालैको प्रमुख विवाद बनेको छ ।

शुक्रबार ढाकामा गण अधिकार परिषद् पार्टीले जातीय पार्टीलाई प्रतिबन्ध गर्न माग गर्दै र्‍याली निकालेपछि त्यहाँ हिंसात्मक झडप भएको थियो । पार्टी नेता नुरुल हक नुरलाई प्रहरी र सेनाले र्‍याली रोक्ने क्रममा नराम्ररी कुटपिट गरेका थिए ।

सत्र करोड जनसङ्ख्या भएको मुस्लिम बहुल बङ्गलादेशमा मुख्य इस्लामवादी पार्टी जमात–ए–इस्लामीले पनि जातीय पार्टीलाई बहिष्कार गर्न माग गरेको छ । हसिनाको अवामी लिग यसअघि नै प्रतिबन्धित भइसकेको छ ।

चटगाँव विश्वविद्यालयसहित विभिन्न विश्वविद्यालयमा हिंसात्मक विरोध भएको खबर आएको छ, जसमा शनिबार मात्रै करिब सय विद्यार्थी घाइते भएका थिए ।

युनुसले लोकतान्त्रिक सुधारका लागि चार्टर बनाउन खोजिरहेका भए पनि दलहरू अझै सहमत हुन सकेका छैनन् ।

उहाँले यसअघि आफूले सार्वजनिक प्रशासनको ‘पूर्ण रूपमा बिग्रिएको’ प्रणालीको जिम्मा लिनुपरेको बताउनुभएको थियो । साथै, भविष्यमा अधिनायकवादी शासनमा फर्किन नपरोस् भनेर व्यापक सुधार आवश्यक रहेको पनि बताउनुभयो ।

अठ्ठाइस पृष्ठको मस्यौदा तयार भएको छ । मस्यौदामा प्रधानमन्त्रीको कार्यकाल दुईपटकसम्म सीमित गर्ने र राष्ट्रपतिको अधिकार विस्तार गर्ने प्रस्ताव गरिएको छ ।

तर, दलहरू प्रस्तावित सुधारहरूमा अझै सहमत हुन सकेका छैनन् । यी सुधारहरू कानूनी रूपमा बाध्यकारी हुनेछन् कि विद्यमान संविधानलाई पनि उल्लङ्घन गर्नेछन् भन्ने विषयमा समेत असहमति देखिएको छ ।

Previous Post

पेटदेखि कलेजोसम्म: यी ५ सेतो खाद्यपदार्थले रोक्छ क्यान्सर

Next Post

घाँटी वरिपरि कालो घेरा देखिन थालेको छ ?

metakhabar

metakhabar

सम्बन्धित खबर

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा
फिचर-ब्यानर

शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

४ असार २०८३,
भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज
समाचार

भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

४ असार २०८३,
मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति
समाचार

मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

४ असार २०८३,
मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन
समाचार

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन

४ असार २०८३,
संसदीय जिम्मेवारीले ‘प्रिय कक्षा’ टुट्यो, बजेट कार्यान्वयनमा केन्द्रित छु : मन्त्री महावीर पुन
समाचार

संसदीय जिम्मेवारीले ‘प्रिय कक्षा’ टुट्यो, बजेट कार्यान्वयनमा केन्द्रित छु : मन्त्री महावीर पुन

४ असार २०८३,
Load More
Next Post
घाँटी वरिपरि कालो घेरा देखिन थालेको छ ?

घाँटी वरिपरि कालो घेरा देखिन थालेको छ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In