• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि

    सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गरिने

    यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण

    बुधबारदेखि वर्षा कम हुने

    तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ‘ओपेक प्लस’को रणनीति

    अमेरिका–इरान द्वन्द्व चर्किदा कच्चा तेलको मूल्य उकालो

    निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत

    कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

    साउनको पहिलो सोमबारः बढ्यो पशुपतिनाथमा भक्तजनको लाम

    साउनको पहिलो सोमबारः बढ्यो पशुपतिनाथमा भक्तजनको लाम

    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    अमेरिकी आक्रमणपछि इरानको प्रतिकार तीव्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भाद्र शुक्ल अष्टमीः उज्याली गौरा एवं दुर्वाष्टमी पर्व

metakhabar by metakhabar
१५ भदौ २०८२,
0
भाद्र शुक्ल अष्टमीः उज्याली गौरा एवं दुर्वाष्टमी पर्व
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ।उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र कर्णाली प्रदेशवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व चान्द्रमासअनुसार भाद्र महिनामा मनाइन्छ ।

चान्द्रमासअनुसार भाद्र महिनाअगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने श्रावण शुक्ल अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । शुक्ल पक्षमा मनाइने गौरालाई उज्याली र कृष्ण पक्षमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । यसैले यस वर्षको गौरालाई उज्याली भनिन्छ । पहिलोपटक व्रत बस्नेले भने शुक्ल पक्ष अर्थात् उज्याली गौराबाटै सुरु गर्नुपर्ने व्रत विधान छ । जसअनुसार यस वर्ष नयाँ बर्तालुले व्रत गर्न सक्छन् ।

कन्या राशिमा सूर्य गएपछि अर्थात असोज लागेपछि पनि गौरा मनाउनु हुँदैन । सिंह राशिमा सूर्य भएका बेला अर्थात् भदौमा गौरा मनाउनुपर्ने मानसखण्ड, निर्णयसिन्धु, हेमाद्रीलगायत ग्रन्थमा उल्लेख गरिएको छ । गौरालाई सुदूरपश्चिम र कर्णाली क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन् । राजधानीमा पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका मानिसको बसोबास बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको हो ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जङ्गल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन सुरु गरिएको देउडा संस्कृतिविद् गायक नन्दकृष्ण जोशीले जानकारी दिए ।

गौरा पूजा गर्न पाँच वनस्पति कुश, काँस, सामा (सौँ), तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको आकार बनाउने गरिन्छ । यसरी बनाइएको देवीलाई भाद्र कृष्ण अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर बर्तालुले निराहार बसी पूजा गर्ने परम्परा रहेको देउडा संस्कृतिविद् जोशीले बताए।

देवीलाई गाउँका नायकले भित्र्याउनुपर्ने चलन छ । यसरी भित्र्याउँदा कसैले पनि हेर्नु नहुने मान्यता छ । गौरा भित्र्याउने घरमा जम्मा भएका गाउँलेले खोज्दा नभेट्ने गरी नायकले लैजान्छन् । “यो पर्वका लागि भाद्र शुक्ल पञ्चमी अर्थात् ऋषिपञ्चमीका दिन केराउ, जौँ, मस्याङ, मास र गुराँसको गेडा भिजाएर राखिन्छ, यसलाई बिरुडा भनिन्छ, अष्टमीमा भगवतीलाई पूजा गरेर प्रसादका रूपमा बिरुडा चढाइन्छ, भक्तजनलाई पनि प्रसादका रूपमा बिरुडा नै बाँडिन्छ, पाँच किसिमका गेडागुडी भिजाउने दिनलाई बिरुडा पञ्चमी भनिन्छ”, उहाँले भन्नुभयो ।

यसरी दुईतीन दिन पूजा गरिसकेपछि मङ्गल र शनिबार नपारी देवीलाई नदी, कुवा, पोखरी वा जलासयमा लगी सेलाइन्छ । जुठो, सुतक परेका बेला देवीलाई विसर्जन गर्न नहुने परम्परा छ । देवीलाई विसर्जन गरेपछि मागल अर्थात् माङ्गलिक कर्ममा गाइने भजन, गीत आदि गाएर रमाइलो गर्ने परम्परा छ । देशका अन्य भागमा तीज मनाएजस्तै पश्चिममा यो पर्व विशेषगरी नारीहरूले मनाउने गरेका छन् ।

दुर्वाष्टमी

दुबोको समेत पूजा गरिने भएकाले यो अष्टमीलाई दुर्वाष्टमी पनि भनिन्छ । दुबो जसरी फैलिन्छ त्यसरी नै सन्तान, दरसन्तान फैलिउन् भन्ने कामनाले यो पर्वमा उमा महेश्वरको पूजा, उपासना र व्रत गरिने धार्मिक नियम छ ।

सन्तान राम्रा र गुण सम्पन्न हुन्, आयु तथा स्वास्थ्य राम्रो होस् भन्ने कामनाले पनि गौरा एवं दुर्वाष्टमी पर्व मनाइन्छ । अष्टमीका दिनमा पूरै ज्येष्ठा र मूल नक्षत्र परेमा भने दुबोको पूजा गर्न नहुने शास्त्रीय मान्यता रहेको पनि धर्मशास्त्रविद् नेपालले बताउनुभयो । अष्टमी तिथिभर ज्येष्ठा र मूल नक्षत्र नपरेमा भने दुबोको पूजा गर्नहुन्छ भन्ने शास्त्रीय मान्यता छ ।

यस दिन दुबो र गौराको पूजा गरे सौभाग्य, सन्तान प्राप्त हुने, कार्यसिद्धि हुने धर्मग्रन्थ हेमाद्रीमा उल्लेख गरिएको छ । यो दिनमा सूदुरपश्चिमवासीले देउडा गीत गाएर नृत्य गरी रमाइलो गर्दछन् । काठमाडौँको टुँडिखेलमा पनि यस दिन देउडा गीत र नृत्य गरी सूदुरपश्चिम एवं कर्णाली प्रदेशवासीले मनोरञ्जन गर्ने गरेका छन् । राजधानीमा सुदूरपश्चिम र कर्णाली प्रदेशवासीको बस्ती बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको हो ।

Previous Post

भाद्र शुक्ल अष्टमी : धनधान्यकी देवी महालक्ष्मीको विशेष आराधना गरिँदै

Next Post

वैशाखदेखि हालसम्म तीन हजार २८१ विपद्का घटना

metakhabar

metakhabar

सम्बन्धित खबर

गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि
आवाज

सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गरिने

४ साउन २०८३,
यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण
आर्थिक

बुधबारदेखि वर्षा कम हुने

४ साउन २०८३,
तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ‘ओपेक प्लस’को रणनीति
अन्तर्राष्ट्रिय

अमेरिका–इरान द्वन्द्व चर्किदा कच्चा तेलको मूल्य उकालो

४ साउन २०८३,
निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत
आर्थिक

कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

४ साउन २०८३,
साउनको पहिलो सोमबारः बढ्यो पशुपतिनाथमा भक्तजनको लाम
जीवन शैली

साउनको पहिलो सोमबारः बढ्यो पशुपतिनाथमा भक्तजनको लाम

४ साउन २०८३,
इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

अमेरिकी आक्रमणपछि इरानको प्रतिकार तीव्र

४ साउन २०८३,
Load More
Next Post
वैशाखदेखि हालसम्म तीन हजार २८१ विपद्का घटना

वैशाखदेखि हालसम्म तीन हजार २८१ विपद्का घटना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In