• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अर्थ मन्त्रालयमा ‘सरुवा’ आतङ्क, एक सातामै ८० कर्मचारीको जिम्मेवारी हेरफेर

metakhabar by metakhabar
६ भदौ २०८२,
0
अर्थ मन्त्रालयमा ‘सरुवा’ आतङ्क, एक सातामै ८० कर्मचारीको जिम्मेवारी हेरफेर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुलुकमा दुई ठुला दलहरूको नेतृत्वमा बनेको सरकार एक वर्षसम्म स्थिर रहँदा कर्मचारी प्रशासनमा भने चरम अस्थिरता देखिएको छ ।

स्थायी सरकारका रूपमा मानिने कर्मचारी प्रशासनलाई वर्तमान सरकारले चरम रूपमा अस्थिर बनाएको पछिल्ला घटनाहरूले पुष्टि गरेका छन् । पछिल्लो एक सातामा मात्रै मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने जिम्मेवारी पाएको अर्थ मन्त्रालयभित्र सरुवा आंतक चलेको छ । एक सातामै अर्थमन्त्रालय मातहतका उच्चपदस्थसहित ८० भन्दा बढी कर्मचारीहरूको सरुवा हुँदा कुन कर्मचारी कति बेला कहाँ पुग्ने हो भन्ने भयमा यतिबेला अर्थका अधिकारीहरू पुगेका छन् ।

अर्थमन्त्रालय मातहतका कर्मचारीको सरुवामा अर्थमन्त्री विष्णु पौडेलले व्यापक रूपमा ध्यान केन्द्रित गराएका छन् । मन्त्रालय मातहतका १२ सहसचिवको जिम्मेवारी हेरफेर गरेको एक साता नबिन्दै पौडेलले ६८ जना उपसचिवको सरुवा गरेका छन् ।

वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुंगानालाई अर्थ मन्त्रालय तानेर उनको ठाउँमा काजीबाबु कोइरालालाई पठाइएको छ । कोइराला त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृतका रूपमा कार्यरत थिए । मन्त्री पौडेलले ढुङ्गानासहित विभिन्न कार्यालयका १३ जनालाई मन्त्रालयमा तानेका छन् ।

मन्त्री पौडेलले साउन ३० गते भन्सार विभागका महानिर्देशकसहित एकदर्जन सहसचिवको जिम्मेवारी हेरफेर गरेका थिए । यो सरकार बनेको १ वर्ष पुग्दै गर्दा अर्थमन्त्री पौडेलले भन्सार विभागमा एक वर्षमा चार जना महानिर्देशक फेरेका थिए ।

मन्त्री पौडेलले आफैँले महानिर्देशक बनाएका महेश भट्टराईलाई ६ महिनामै हटाए । भट्टराईलाई अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा सरुवा गरी उनको ठाउँमा अर्थ मन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखको रूपमा कार्यरत श्याम भण्डारीलाई महानिर्देशक बनाएका छन् ।

पौडेल २०८१ असार ३१ गते मन्त्री नियुक्त हुँदा विभागको महानिर्देशक ढुण्डीराज निरौला थिए । पौडेलले निरौलालाई एक महिनामै हटाएका थिए । निरौलालाई तत्कालीन अर्थमन्त्री वर्षमान पुनले २०८० चैत १९ गते महानिर्देशक बनाएका थिए । पौडेलले निरौलाको स्थानमा गत भदौ ६ गते हरिशरण पुडासैनीलाई महानिर्देशक बनाए । तर पुडासैनीलाई पौडेलले ६ महिना पनि काम गर्न दिएन । पुडासैनीको ठाउँमा फागुनमा भट्टराईलाई जिम्मेवारी दिइएको थियो ।

मन्त्री पौडेलका विश्वासपात्र मानिने भट्टराईको पनि ६ महिनामै सरुवा गरिएको छ । अहिले उनलाई मन्त्रालयमा तानिएको छ । भण्डारीलाई भन्सार विभागको महानिर्देशक बनाएका पौडेलले मन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखको जिम्मेवारी टंकप्रसाद पाण्डेलाई दिएका छ ।

भन्सार विभागका उपमहानिर्देशक जनकराज शर्मालाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक बनाएका छन् । ठुला करदाता कार्यालयका प्रमुख कर प्रशासक रमेश अर्याललाई पनि मन्त्री पौडेलले आन्तरिक राजस्व विभागको उपमहानिर्देशकको जिम्मेवारी दिएका छन् । अर्थमन्त्री पौडेलले सहसचिव भरतमणि पाण्डेलाई भन्सार विभागको उपमहानिर्देशकमा सरुवा गरेको छ भने सहसचिव टंकनाथ लम्साललाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।

वीरगञ्ज भन्सारका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेलाई महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरेर उनको ठाउँमा सहमहालेखा नियन्त्रक विष्णुप्रसाद ज्ञवालीलाई सरुवा गरिएको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दिलिपकुमार गौतमलाई ठुला करदाता कार्यालयमा सरुवा गरिएको छ । आन्तरिक राजश्व विभागका उपमहानिर्देशक पदमकुमार श्रेष्ठ मध्यमस्तरीय करदाता कार्यालय पुगेका छन् भने अर्थमन्त्री पौडेलले मन्त्रालयको बजेट महाशाखा प्रमुखको जिम्मेवारी सुमन दाहाललाई दिइएको छ । यसअघि यो महाशाखा प्रमुखमा श्रीकृष्ण नेपाल थिए ।

यसरी बजेट कार्यान्वयनको सुरुवातमै कर्मचारीतन्त्रमा अस्थिरता चरम रूपमा बढ्दा कार्यान्वयनमा धक्का पुग्ने खतरा बढेको छ । बारम्बार कर्मचारी हेरफेर हुँदा सरकारले लिएका लक्ष्य भेट्न कठिन हुने र बजेट, कार्यक्रम तथा योजनाहरू कार्यान्वयनमा समेत ठुलो असर पर्नसक्ने जानकारहरूको बुझाइ छ ।

Previous Post

अलास्कामा पुटिनले ट्रम्पलाई ३ करोड ५२ लाख नगद दिएको खुलासा

Next Post

मेची भन्सारको राजस्व बढ्यो

metakhabar

metakhabar

सम्बन्धित खबर

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान
समाचार

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

२१ बैशाख २०८३,
आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
समाचार

आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

२१ बैशाख २०८३,
मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै
समाचार

मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

२१ बैशाख २०८३,
मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द
समाचार

मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

२१ बैशाख २०८३,
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
समाचार

नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

२१ बैशाख २०८३,
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
समाचार

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

२१ बैशाख २०८३,
Load More
Next Post
मेची भन्सारको राजस्व बढ्यो

मेची भन्सारको राजस्व बढ्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In