• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

    पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    जनता रिसाए भन्ने चिन्ता गरौँ : सभापति थापा

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    यस्तो छ आजको मौसम पूर्वानुमान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

युद्धविराम न सम्झौता तर पनि किन अलास्का बैठक महत्त्वपूर्ण ?

metakhabar by metakhabar
१ भदौ २०८२,
0
युद्धविराम न सम्झौता तर पनि किन अलास्का बैठक महत्त्वपूर्ण ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प तथा उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच शनिबार अलास्कामा भएको बहुचर्चित र बहुप्रतिक्षीत बैठकलाई महत्तवपूर्ण मानिएको छ ।

बैठकमा युक्रेन–रुस युद्धकाबारे कुनै सम्झौता हुन नसकेपछि पनि बैठकलाई महत्त्वपूर्ण र उपल्बधीमूलक ठानिएको छ । ट्रम्प–पुटिन तीन घण्टा लामो वार्तापछि दुई नेताले सञ्चारमाध्यम सामु संयुक्त वक्तव्य दिए तर कुनै प्रश्नोत्तरमा भने सहभागी भएनन्।

अलास्काको एङ्करिजमा रहेका पत्रकारहरूले अमेरिका र रुसका निम्ति यो वार्ताको अर्थ र युक्रेन युद्धमा अब के होला भनेर विश्लेषण गरेका छन्।

वार्ता पछि कुनै सम्झौतामा नपुग्दासम्म सहमति भएको भन्न नसकिने ट्रम्पको प्रारम्भिक टिप्पणी पनि युद्धविराम सम्झौता वा कुनै सहमति नभएको स्वीकार गर्ने घुमाउरो तरिका थियो।

पुटिनसँगको वार्तामा उल्लेख्य प्रगति गरेको ट्रम्पले बताए पनि उनले त्यसबारे कुनै विस्तृत विवरण दिएनन्। जस कारण यो पनि बाँकी विश्वको अनुमानको विषय हो।

देशविदेशका सयौँ पत्रकारहरू उपस्थित रहेको पत्रकार सम्मेलन कक्षबाट बाहिरिनुअघि ट्रम्पले कुनै पनि प्रश्नको जबाफ दिएनन्। तर उनले यति मात्र भनेका थिए, ‘हामी त्यहाँसम्म पुगेका छैनौँ।’ उनको अर्थ सहमतिसँग थियो ।

बैठकबाट कुनै उपलब्धि हासिल हुने अपेक्षामा लामो यात्रा गरेका ट्रम्पले अन्ततः अस्पष्ट जबाफ मात्र दिए।

ट्रम्पले भविष्यका वार्ताहरूलाई कमजोर पार्ने कुनै एकपक्षीय सहमति गर्ने अमेरिकाका युरोपेली सहयोगी देश र युक्रेनी अधिकारीहरूको चिन्तामाझ ट्रम्पले यो वार्ता तय गरेका थिए।

आफूलाई शान्ति स्थापक र सम्झौता गराउने छविको व्यक्ति देखाउन रुचाउने ट्रम्पले अलास्कामा यी दुवै कुरा हात पार्न सकेनन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई समेतसँगै राखेर तत्काल अर्को वार्ता हुने संकेत पनि यसले दिएको छैन। तर मस्कोमा पुटिनसँग अर्को बैठक हुनेमा पनि आशंका भने जन्माएको छ।

यसअघि असफल हुने सम्भावना २५ प्रतिशत मात्रै रहेको दाबी गरिएको यो वार्ताबाट कुनै पनि ठोस सहमति नजुट्दा ट्रम्पको आन्तरिक र अन्तर्राष्ट्रिय छविमा दाग चाहिँ लागेको छ।

आफ्नो भनाइ राखेर कुनै पनि प्रश्नको जबाफ नदिई राष्ट्रपति पुटिन र ट्रम्प मञ्चबाट बाहिरिँदा हलमा उपस्थितहरू अचम्ममा परेका थिए।

पत्रकारहरूले सोधिरहेका प्रश्नको बेवास्ता गर्दै रुसी प्रतिनिधिमण्डलका सदस्यहरू पनि तत्कालै सम्मेलन कक्षबाट बाहिरिएका थिए।

युक्रेन युद्धबारे पुटिन र ट्रम्पबीच अझै पनि गम्भीर मतभेदहरू रहेका हुनसक्ने स्पष्ट संकेत यसले दिएको छ।

तर वार्ताअघिको वातावरण पूरै फरक थियो। राष्ट्रपति ट्रम्पले पुटिनलाई रातो कार्पेट बिछ्याएर स्वागत गरेका मात्रै थिएनन्, सम्मानित पाहुनाको व्यवहार पनि गरेका थिए।

विश्वकै सबैभन्दा शक्तिशाली देशका राष्ट्रपतिसँग एउटै मञ्चमा देखिने मौकासँगै रुसी राष्ट्रपतिले भूराजनीतिक चर्चामा आउने मौका पनि पाए।

युक्रेनमा रुसले जारी राखेको युद्ध अन्त्य गर्नका लागि पुटिनलाई मनाउन नसकेका ट्रम्पले अब कस्तो प्रतिक्रिया जनाउलान् ? त्यो हेर्न बाँकी नै छ।

यसअघि रुसविरुद्ध कडा चेतावनीसमेत दिएका ट्रम्पले कुनै कदम चाहिँ चालेनन्। पुटिनसँगको वार्तामा ठोस उपलब्धि हासिल नभएपछि सबैको चासो एउटै छ, अब ट्रम्पले के गर्लान्?

बैठकपछि फैलिएको अनिश्चय पनि चिन्ताजनक छ। अब के हुन्छ र के रुसी हमला निरन्तर जारी रहने छन् ? भन्ने प्रश्नको जबाब पनि आएको छैन ।

Previous Post

राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको शिष्टाचार भेट

Next Post

अध्यक्ष दाहालसँग विदेशसचिव मिश्रीको शिष्टाचार भेट

metakhabar

metakhabar

सम्बन्धित खबर

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
फिचर-ब्यानर

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

२७ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२७ जेष्ठ २०८३,
इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द
आर्थिक

पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

२७ जेष्ठ २०८३,
स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट
आवाज

स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

२७ जेष्ठ २०८३,
आवाज

जनता रिसाए भन्ने चिन्ता गरौँ : सभापति थापा

२७ जेष्ठ २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

यस्तो छ आजको मौसम पूर्वानुमान

२७ जेष्ठ २०८३,
Load More
Next Post
अध्यक्ष दाहालसँग विदेशसचिव मिश्रीको शिष्टाचार भेट

अध्यक्ष दाहालसँग विदेशसचिव मिश्रीको शिष्टाचार भेट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In