• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

    रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

    रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

अन्तर्वार्ता : ‘म सरलता मै रमाउने मान्छे हुँ’ : अभिनेता बराल

metakhabar by metakhabar
३० साउन २०८२,
0
अन्तर्वार्ता : ‘म सरलता मै रमाउने मान्छे हुँ’ : अभिनेता बराल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, ३० साउनः अभिनेता विजय बराल गत वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ मार्फत लोकप्रियताको उच्च विन्दुमा पुग्नुभयो । चलचित्रका सहायक भूमिकाहरूमा भ्याइनभ्याइ गरी व्यस्त भइरहनुभएका अभिनेता बरालले पहिलोपटक निर्वाह गर्नुभएको मुख्य भूमिकाले वाहवाही मात्र पाएन, उक्त चलचित्रले नेपालमा मात्रै झण्डै ४७ करोडको व्यापार गरेर कीर्तिमान बनायो ।

घरेलु बजारको आकार बढाउने उक्त चलचित्रको सफलताको श्रेय अभिनेता बरालले प्राप्त गर्नुका कारण उहाँको केन्द्रीय भूमिका थियो । उक्त चलचित्रमा अभिनेता बरालले पूर्णबहादुर गन्धर्वको भूमिका निर्वाह गर्नुभएको छ । सारङ्गी रेटेर जीविकोपार्जन गर्ने पूर्णबहादुरले आफ्नो छोरालाई डाक्टर बनाउन गरेको सङ्घर्षले दर्शकको मन जित्यो । बुबाको सङ्घर्ष र त्यागलाई पर्दामा देखेपछि चलचित्र भवनमा भावुक हुने दर्शक धेरै देखिए ।

आफ्नो अभिनय क्षमतामार्फत सानै भूमिकामा भए पनि आफ्नो पहिचान स्थापित गर्नुभएका अभिनेता बरालले जीवनमा केही गर्नसकेको महसुस गर्न थाल्नुभएको छ । आफ्नो नामले परिवारको प्रतिष्ठालाई समाजमा उच्च गरेपछि उहाँलाई केही उपलब्धि प्राप्त गरे भन्ने आभास भएको छ । “मैले पाएको सफलताले अहिले मेरो बुवाआमाको पनि सम्मान बढेको छ । विजयको बुबाआमा है भन्दै उहाँहरूलाई गरिने नमस्कार र दिइने सम्मानलाई म शब्दमा व्यक्त गर्न सक्दिन । मैले बुबाआमाका लागि गर्न केही सकेको छैन, तर मेरो कर्मले दिएको सम्मानले एउटा सन्तानलाई पेशा प्रति झनै उर्जा मिल्छ । सफलतासँगै प्राप्त गरेको दायित्वलाई मैले निर्वाह गर्नेछु”, अभिनेता बरालले भन्नुभयो । प्रस्तुत छ, सर्लाहीको लालबन्दी नगरपालिकामा जन्मिएर काठमाडौँमा नाट्यकर्मी हुँदै चलचित्रमा अभिनेता बन्नुभएका बरालले आफ्नो कला यात्राका विषयमा राससकर्मी भेषराज कार्की र नवीन पौडेलसँग गर्नुभएको कुराकानीको सम्पादित अंश ः

अभिनय गर्ने रहर कसरी जाग्यो ?

कक्षा ८ मै पढ्ने समयमा मलाई ‘ढोका खोल पोष्टे कि आमा, ढोका खोल न हो’ बोलको गीतले आकर्षित ग¥यो । उक्त गीतमा प्रयुक्त शब्दहरू, गायन र श्रव्यदृश्य तीनवटै पक्षले मलाई तान्यो । उक्त गीतको सर्जक लालबन्दीकै गायक नारद खतिवडा रहेको थाहा पाएपछि मैले उहाँको गीतसङ्गीत र हास्य प्रस्तुतिलाई पछ्याउन थालेँ । मैले नजिकका साथीहरूसामु विद्यालयका शिक्षकहरुको हाउभाउ, बोलचाल र शिक्षण शैलीको पनि नक्कल गरेर देखाउँथे । साथीहरूबाट प्राप्त हौसलाबाट उत्साहित विस्तारै नक्कल गरेर आवाज निकाल्न (क्यारिकेचर) गर्न थालेँ ।

सोही क्रममा पहिलोपटक आफ्नो क्षमता सार्वजनिक रुपमा एउटा कार्यक्रममा म मञ्चमा प्रस्तुत भएँ । त्यहाँ मैले विभिन्न नेताहरुको आवाजहरूको नक्कलसँगै ‘जलखैको पोको बोकेर’ बोलको गीतमा हास्यप्रधान नृत्य प्रस्तुत गरे । त्यसलाई सबैले रुचाउनुभयो । त्यसपछि म प्रायः संस्कृति कार्यक्रममा प्रस्तुत हुन् थालेँ । त्यहीबाट अभिनय गर्ने रहर मभित्र सिर्जित भएको जस्तो लाग्छ ।

काठमाडौँ यात्राका कारण कलाकारिता नभई डाक्टर बन्ने रहर थियो ? कलाकारिता किन रोज्नुभयो ?

डाक्टर बन्ने सपना सानैदेखि थियो । किनकी हाम्रो हुर्काइले नै त्यही सिकाउँछ । तर, कक्षा ८ मा पढ्दै गर्दा कलासँग लगाव बढेपछि कलाकार बन्छु भन्ने सपना पनि देखेँ । तर, एसएलसी पास परेपछि पुनःडाक्टर बन्ने सपनामै पुगेछु । त्यही सपना बोकेर म सर्लाहीदेखि काठमाडौँ यात्रा गरेँ । म काठमाडौँ अमृत साइन्स क्याम्पस पढ्न आएँ । तर, त्यहाँ फर्म भर्ने म्याद सकिएपछि मसँगै रहेका दुई साथीसँग गाउँ नै फर्किएर व्यवस्थापन पढौँ भन्ने सल्लाह गरेँ । मेरो अङ्ग्रेजी अलि कमजोर भएको र डाक्टरले अङ्ग्रेजी बढी बुझ्नु पर्ने भएकाले एसएलसीपछिको उच्च माध्यमिक शिक्षा लिने निर्णय गरेर गाउँ नै फर्किएँ ।

दोस्रोपटक कलाकार बन्ने सपना लिएर काठमाडौँ यात्रा फर्किनुभयो ?

लालबन्दीमा कक्षा १२ पढेर उत्तीर्ण भएपछि हास्य कलाकार बन्छु भनेर काठमाडौँ हिडेँ । साथीहरूले व्यावसायिक कलाकारिता आरम्भ गर्न दिएको सुझावले मलाई अन्ततः काठमाडौँ पु¥यायो । हास्य कलाको विकास र विस्तारका साथ काठमाडौँ आएपछि गृह जिल्लाकै विद्यार्थी नेता रघु कार्कीमार्फत मेरो चिनजान हास्य कलाकार शिवशङ्कर रिजालसँग भयो । ‘जोगिन्दर’ र ‘पानवाला’ को उपनामले चर्चामा आइसक्नुभएका कलाकार रिजालले मलाई आफ्ना ‘गाईजात्रा’ का लागि तयार गरिने प्रहसन र ‘प्यारोडी’ मा स्थान दिनुभयो । मैले उहाँसँग ‘जुनियर आर्टिस्ट’ भएर काम गर्न थालेँ । तर, मलाई सन्तुष्टि प्राप्त भएको थिएन ।

सोही क्रममा म गुरुकुलमा नाटक पनि हेर्न जान्थेँ । अभिनयको हुटहुटी बोकेर हिँडेको भएकाले त्यहाँ गुरुकुलका व्यवस्थापक दिपेश भण्डारीसँग भेटघाट र चिनजान भयो । त्यसपछि निःशुल्क नाटक हेर्ने वातावरण मिल्यो । व्यवस्थापक भण्डारीकै सल्लाहमा पाटनको यलमाया केन्द्रमा भारतको दिल्लीस्थित विख्यात नेशनल स्कुल अफ ड्रामा (एनएसडी)को तर्फबाट सञ्चालन हुने नाटकसम्बन्धी तालिमको लागि निवेदन दिएँ । रङ्गकर्मी एमके रैनासँग ४५ दिनसम्म सञ्चालित उक्त तालिमको समापनसँगै मैले आफूमा फरक महसुस गरेँ ।

मण्डला नाटक घरसँग कसरी जोडिनुभयो नि ?

‘क्यारिकेचर’ र अभिनय फरक पाटा हुन् भन्ने तथ्यलाई बुझेसँगै म जेलाई कलाकारिता मानेर मख्ख थिएँ, त्यो त वास्तवमा कलाकारिता नै होइन रहेछ भन्ने बुझेँ । त्यसयता रङ्गकर्ममा आकर्षित भएँ । अभिनय एउटा पोखरी होइन, महासागर रहेछ भन्ने लाग्यो । रङ्गकर्म र नाटकमा आकर्षण बढेपछि पुनःगुरुकुलका व्यवस्थापक भण्डारीले मलाई अनामनगर गएर नाट्यकर्मी राजन खतिवडासँग भेट्न भन्नुभयो । नाट्यकर्मी खतिवडासँग भेटेपछि म मण्डला नाटक समूहसँग जोडिएँ ।

‘सेट डिजाइन’सम्बन्धी गर्ने काममा सहयोगीका रुपमा काम गर्न थालेँ । सुरुआती समयमा कलाकार बन्न आएको मान्छे ‘सेट’ बनाइरहेको छु भन्ने पनि लाग्थ्यो । तर, त्यहाँ मैले अग्रज बुद्धि तामाङ, कलाकारितामा भविष्य देखिरहेका नाजिर हुसेनलाई देखें । उहाँहरूको लगाव र मिहेनतले मलाई पनि धैर्यता सिकायो । म शून्यबाट नयाँ सुरुआत गर्न थालें । त्यहाँबाट विभिन्न गरिने काम र सडक नाटकले जीविकोपार्जन हुन् थाल्यो । मैले विलाशिता त्यागेर सङ्घर्षलाई अपनाएँ । हामी त्यो समयमा मण्डला नाटक घरमा सङ्घर्ष गर्ने सबै कलाकारले मेहनत ग¥यौँ ।

हामीले रसियन कल्चर सेन्टरमा एउटा नाटक महोत्सव गर्दा ठाउँ साँघुरो लागेपछि आफ्नै नाटक घर हुनुपर्छ भनेर मण्डला नाटक घरको स्थान खोजियो । त्यसबेला हामी सबैले सकेको आर्थिक सहकार्य ग¥यौंँ । त्यसकारण जब नाटकघर तयार भयो, मसहित सम्पूर्ण नाट्यकर्मी उक्त नाटक घरको संस्थापक सदस्यका रुपमा जोडियौँ । यसरी मण्डला नाटक घरसँग म जोडिए ।

नाटकमा मुख्य कलाकारको रुपमा अभिनय गर्ने अवसर कसरी प्राप्त भयो ?

राष्ट्रिय नाचघरमा नाट्य प्रशिक्षणमा सिकेको सिकाइलाई सहपाठीहरुसँग मिलेर ‘अन्धो युग’ नामक नाटकमा प्रस्तुत गरे । त्यसपछि मण्डला नाट्य समूहसँग आबद्ध भएपछिका प्रथम दुई वर्ष मैले स्टेजमा मेहनत गरें । सेट सजावट, प्रकाश व्यवस्थापन आदिका कार्य गरेर दुई वर्ष बिताएँ । त्यस क्रममा कलाकारहरुको कलाशैली, निर्देशकले कलाकारहरुबाट अपेक्षा गर्ने कलाका विविध पक्ष, दर्शकहरुका चाहना आदिका बारेमा पनि सूक्ष्म रूपमा बुझ्ने र तिनलाई आत्मसात गर्ने अवसर पाएँ । त्यसपछि विस्तारै मञ्चन हुने नाटकहरुमा सानातिना भूमिका गर्न थालेँ ।

मण्डलाले ‘चरण दास चोर’ नामक नाटक मञ्चन गर्ने तयारी ग¥यो । त्यो नाटक पहिले पनि मञ्चन भइसकेको थियो, धेरैले अभिनय गरिसकेको उक्त पात्रलाई त्यसबेला अभिनेता दयाहाङ राईले अभिनय गर्दै हुनहुन्थ्यो । तर, उहाँ चलचित्रमा व्यस्त भएपछि त्यो अवसर मैले पाएँ । मैले पाएको मौकालाई सदुपयोग गर्न निकै मेहनत गरेँ । फलतः उक्त नाटक मञ्चन भएपछि मेरो अभिनय क्षमता धेरै जनासम्म पुग्यो । सबैले मेरो काम मन पराउँदा मेरा लागि आगामी दिनमा सहजै अवसर प्राप्त गर्ने माहोल बन्दै थियो । मैले देखेको सपनाले विस्तारै मूर्तरुप लिँदै थियो ।

चलचित्रमा अभिनय यात्रा प्रारम्भ कसरी भयो ?

मैले नाटकमा काम गर्न थालेपछि मेरो अभिनयलाई नाट्यकर्मीले हेरेर सुझाव दिने, तारिफ गर्ने हुन् थाल्यो । सोही बेलामा नाट्यकर्मीहरू चलचित्रमा अभिनय गर्नेक्रम बढ्न थाल्यो । चलचित्र ‘छड्के’ बन्दै थियो, जहाँ धेरै नाट्यकर्मीहरू सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की, सुनिल पोखरेललगायत हुनहुन्थ्यो । म उक्त चलचित्रको अफिसमा गएँ । त्यहाँ निर्देशक मीनबहादुर भामले ‘अडिसन’ लिनुभयो । त्यहीँ मैले पाएको दृश्यलाई अभिनय गरेर देखाएँ । र, चलचित्रमा छानिएँ । मैले उक्त चलचित्रमा एउटा दृश्यमा काम गरेको छु । उक्त दृश्यमा अग्रज नाट्यकर्मी सुनिल सर हुनुहुन्थ्यो । सरले मलाई मेरो संवाद नहुँदा पनि आफ्नो संवाद मलाई दिएर काम गर्ने मौका दिनुभयो ।

चलचित्र ‘कबड्डी’ मा जोडिएपछि स्थापित हुनुभयो ?

‘कबड्डी’ चलचित्रमा निर्वाह गरेको पात्र ‘विके’ मलाई कलाकारका रुपमा चिनायो । त्यसबेला बन्दै गरेको मण्डला नाटकघरमा नै उक्त चलचित्रको धेरै काम भएको थियो । ‘कबड्डी’ निर्माण गर्न अभिनेता दयाहाङ राई, निर्देशक रामबाबु गुरुङ र निश्चल बस्नेत छलफल गर्नुहुन्थ्यो । म र बुद्धि तामाङ दाईलाई धेरै पछि अभिनय गर्दैछौँ भन्ने थाहा भयो । हामी नाट्यकर्मी भएकाले अभिनयसँगै प्राविधिक काममा सहयोग गर्नसक्ने भएकाले उक्त चलचित्रमा अभिनय गर्न छानिएका रहेछौँ । मैले उक्त चलचित्रमा अभिनयसँगै ‘कस्ट्युम’ अर्थात् कलाकारको वेषभूषाको पक्षलाई पनि हेरेको छु । त्यो समयमा अभिनय गर्न पाइने, एक महिनाको खान खर्च पनि जोगिने भएकाले म अभिनय गर्न तयार भएँ ।

अभिनय के रहेछ त ?

सुरुआती समयको बुझाइ बोल्नुमात्र अभिनय थियो । तर, अहिले मैले बोलेको वा अभिव्यक्त गरेको कुरा दर्शकको मनमा पुग्छ, उहाँ जोडिनु हुन्छ भने त्यो नै अभिनय हो जस्तो लाग्छ । अभिनय भनेको परिपक्वता पनि हो । जति बुझ्दै गयो उति उत्तरदायी बन्ने ।

स–साना भूमिका गर्दै गर्दा ‘पूर्णबहादुरको सारङ्गी’ मा मुख्य भूमिका कसरी प्राप्त गर्नुभयो ?

निर्देशक रामबाबु गुरुङको बाँसुरी फिल्मका निर्माता विनोद पौडेल भेट भइरहनुहुन्थ्यो । सोही क्रममा मलाई एउटा फरक चलचित्र छ, गर्नुपर्छ भन्नुभयो । त्यो मेरा लागि सामान्य नै थियो, किनकि चलचित्रको प्रस्ताव आउने वा कुराको सुरुआत हुने त्यसरी नै थियो । तर, एकदिन मलाई फोन गररे निर्माता पौडेलले मुख्य भूमिकामा काम गरौँ भन्ने प्रस्ताव गर्नुभयो । सो प्रस्तावले सुरुमा त अन्योलमा परेँ । केही दोधारको अवस्था भयो । झण्डै दुई सातासम्म प्रस्तावमाथि कुनै ठोस निर्णय गर्न सकिन । मेरो अनुभवले पनि यस्ता भूमिका गर्नसक्छु भन्ने आँट जुटाएँ । र, अभिनय गर्ने सम्झौता गर्दै तयारी थालेँ ।

‘पूर्ण बहादुरको सारङ्गी’ चलचित्रले गम्भीर भूमिकामा पनि उत्तिकै दक्ष अभिनेताको परिचय पाउने अवसर दियो । ‘पूर्णबहादुर गन्धर्व’ पात्र बन्न झण्डै १० दिन गन्धर्वको हाउभाउ, अनुहारको भाव र बोल्ने शैली अध्ययन गरे । सारङ्गी बजाउन, हातको हर्कत र सारङ्गी बजाउने शैली पनि सिके । पर्दामा ‘पूर्णबहादुर गन्धर्व’ नै हो भन्ना लागि आफूले सक्दो प्रयास गरे । किनकी हामीजस्ता दोस्रो रोजाइका कलाकारका लागि यो आयतनको भूमिका बिरलै प्राप्त हुन्थ्यो । यसलाई म जतिसक्दो उत्कृष्ट बनाउन चाहन्थे । त्यसैले मैले यसका लागि पर्दामा जतिसक्दो आफूलाई गन्धर्वका रुपमा स्वीकार्य गराउने गरी मिहेनत गरेँ ।

सफलतालाई कसरी ‘ह्यान्डल’ गरिरहनुभएको छ ?

हामी नाट्यकर्मी स्वभावले नै सरल हुने गर्छौं । फेरी मैले पाएको सफलता आगाडि मण्डला नाटक घरमा अन्य सफल एकसे एक कलाकार हुनहुन्छ । अभिनेता दयाहाङ राईले पाउनुभएको सफलता र उहाँले प्रस्तुत गर्ने सरलताले मलाई भ्रम थपेन । मैले कसका लागि दम्भ देखाउनु ? मभन्दा लोकप्रिय कलाकार अभिनेता राई हुनहुन्छ, नाट्यकर्मीलाई दम्भ देखाउनु ? वा चलचित्र क्षेत्रका लाई ? फेरि यो सफलता क्षणिक हो भन्ने मैले बुझेको छु । मैले कर्म गरेको हुँ, नाटकघरमा कति धेरै नाटकमा वृद्धको भूमिका निर्वाह गरेको छु । तर, चलचित्रले दिएको सफलताले धेरै दर्शक कहाँ पुगेको हुँ, त्यसले जिम्मेवारी थपेको छ । अलिकति पनि दम्भ थपिएको छैन, त्यो हुनु पनि हुँदैन । सफलतालाई ‘ह्यान्डल’ गर्ने र भूइँ मै रहेर सरल हुने सुत्र मैले अभिनेता राईबाट सिकेको छु । म सधैँ सरल रहन चाहन्छु ।

तपाईंको ‘स्टारडम’ ले अब बन्ने चरित्रमा असर गर्छ जस्तो लाग्दैन ?

मैले एउटा चलचित्रमार्फत पाएको सफलताले आगामी दिनमा मेरो पात्रलाई सिर्जना गर्दा लेखकमा दबाब होला, तर त्यसो नहोस् भन्ने मेरो चाहना हो । किनकी मैले नाटकमा पात्र निर्माण गर्दा पूर्णबहादुर गन्धर्वको छायाँ कतै पर्न दिएको छैन भने चलचित्रमा पनि पर्न हुँदैन । म आफैँ पनि मलाई कल्पना नगरी पात्र लेख्नुस् भन्ने गरेको छु । किनकी त्यसले दीर्घकालमा मलाई नै असर गर्छ भन्नेमा म स्पष्ट छु । त्यसकारण मलाई प्रस्ताव गरिने पात्रहरूलाई मेरो अघिल्ला सफलताले असर नगरुन् भन्ने मेरो चाहना छ ।

तपाईंको प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धको धागाहरू’ कस्तो चलचित्र हो ?

यो एउटा यस्तो पात्रको कथा हो जसले आफ्नो बुवाको सपना पूरा गर्ने उदेश्य बोकेको छ । उसले आफ्ना छुटेको सम्बन्ध जोड्न चाहेको छ । तर, त्यो पात्र जनै धागो झैँ घुमेर फस्छ । उअसको सङ्घर्षको कथा हो । यसको कथाले नै मलाई आकर्षित गर्‍यो । पछि पटकथा बनेर आएपछि म झनै आकर्षित भएँ । यो एउटा राम्रो पारिवारिक चलचित्र बनेको छ । यो सामान्य तथा सरल कथामा बनेको चलचित्र हो । प्रचार सामग्री हेरेर दर्शकले राख्नुहुने अपेक्षालाई चलचित्रले अवश्य पूरा गर्छ ।

आगामी दिनमा नाटक र चलचित्रले सन्तुलित रुपमा कसरी अगाडि
बढाउनुहुन्छ ?

मेरो सिकाई वा सुरुआत नै नाटक हो, त्यसैले म त्यहाँबाट टाढा भएर चलचित्रमा मात्र रमाउन सक्दिन । वर्षमा केही समय नाटकलाई छुट्याएर चलचित्रमा काम गर्छु । मैले आफ्ना पारिवारिक दायित्वलाई पनि निर्वाह गर्नुपर्ने छ, चलचित्रबाट पाएको मायाका कारण त्यो दर्शकबाट पनि टाढा हुने अवस्था छैन भने नाटक छाडेर म अन्य ठाउँमा रमाउन सक्दिन । त्यसकारण म सन्तुलित भएर आगामी दिनमा काम गर्नेछु । पहिला झैँ नाटक र चलचित्र दुवैमा मलाई दर्शकले देख्न पाउनुहुनेछ ।

Previous Post

च्याउमा के पाइन्छ, कसरी खाने ?

Next Post

मोडल उषा उप्रेती ‘आ बाट आमा’मा अनुबन्धित

metakhabar

metakhabar

सम्बन्धित खबर

उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश
फिचर-ब्यानर

उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

३ चैत्र २०८२,
उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?
फिचर-ब्यानर

उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

३ चैत्र २०८२,
खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता
फिचर-ब्यानर

खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

३ चैत्र २०८२,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
फिचर-ब्यानर

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

३ चैत्र २०८२,
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

३ चैत्र २०८२,
रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध
समाचार

रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

३ चैत्र २०८२,
Load More
Next Post
मोडल उषा उप्रेती ‘आ बाट आमा’मा अनुबन्धित

मोडल उषा उप्रेती ‘आ बाट आमा’मा अनुबन्धित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In