• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

    गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

    गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

    गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

    रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

    रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

    ‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

    ‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

    अरनिको राजमार्ग विस्तारः ढिलासुस्तीबारे जनप्रतिनिधिको चासो

    अरनिको राजमार्ग विस्तारः ढिलासुस्तीबारे जनप्रतिनिधिको चासो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बनेपामा एक सय २३ वर्ष पूरानो ‘कन्या–पूजा’

metakhabar by metakhabar
३० साउन २०८२,
0
बनेपामा एक सय २३ वर्ष पूरानो ‘कन्या–पूजा’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काभ्रेपलाञ्चोक, ३० साउनः प्राचीन एवं ऐतिहासिक महत्त्व बोकेको बनेपामा एक सय २३ वर्षअघि ‘कन्या–पूजा’ (रजस्वला नभएका दश वर्षमुनिका कन्यालाई) हुँदै आएको छ । उक्त परम्परालाई यसवर्ष पनि निरन्तरता दिन थालिएको छ ।

यस कार्यमा विसं १९५९ देखि बर्सेनि बनेपाली जुट्दै आएका छन् । बनेपाको पूरानो बजारमा वर्षैपिच्छे सप्तमी र कृष्ण जन्माष्टमीका दिन दुई दिन पूजा गरिन्छ । सप्तमी अर्थात् बिहीबार नेवाः कन्या–पूजाको नाममा टिकट दिएर बनेपा नगरपालिका–८ दक्षुटोलमा कन्या–पूजा आयोजना गरियो ।

कृष्ण जन्माष्टमीको दुई दिनअघि गरिने उक्त पूजामा भने बर्सेनि करिब दुई हजारदेखि दुई हजार पाँच सय कन्या सहभागी हुने गर्दछन् । सनातन कन्या–पूजा प्रबन्ध समितिमार्फत कन्यापुजन हुँदै आएको छ । नेपालको काभ्रेपलाञ्चोकबाहेक अन्य स्थानमा यस्तो पूजा गरिँदैन । यसवर्ष कृष्ण जन्माष्टमीका दिन शनिबार कन्या–पूजा गरिने तयारी सकिएको समितिले जनाएको छ । रजस्वला नभएका तथा ‘बेल–विवाह’ नगरिएका कन्यालाई पूज्ने व्यक्ति निरोगी भई ‘मनले चिताएको’ पुग्ने मान्यता रहिआएको छ ।

उक्त पूजामा सहभागी हुने करिब आठ हजार कन्याका लागि ३२ हजार स्वारीसहितका सामग्री तयार गरिएको समितिले जनाएको छ । समितिका सचिव प्रकाश कायस्थका अनुसार कन्या पुज्नका लागि आवश्यक सामग्री तथा पुज्ने व्यक्ति तय भइसकेका छन् । बनेपामा आसपासका ‘सात गाउँ’का कन्यालाई पूजा गरिँदै आइएको छ । यो परम्परालाई व्यवस्थित गर्न समिति गठन गरिएको छ ।

कृष्ण जन्माष्टमीको दिनमा गरिने कन्या–पूजामा काभ्रेपलाञ्चोकलगायत तथा छिमेकका जिल्लाबाट बर्सेनि करिब आठदेखि दश हजार कन्या सहभागी हुन्छन् । बनेपा नगरको भोलाखाँ टोलदेखि लायकु दरबार तथा पूरानो बजारहुँदै चारदोबाटोसम्म सडकको दायाँबाँया पेटीमा रजस्वला नभएका कन्या लस्करै बस्छन् । जनविश्वासका कारण पनि कन्यालाई पुज्नेको ठूलो भीड हुने गर्दछ । त्यस दिन कन्यालाई पुज्न काठमाडौँ, भक्तपुर र ललितपुर तथा छिमेकी जिल्लाबाटसमेत भक्तजन आउने गरेका छन् ।

कन्या–पूजामा समितिमार्फत एक सय ३५ जना भक्तजनले दानदक्षिणा तथा प्रसाद, स्वारी र मालपुवा, पैसा, जेरी, बिस्कुट, छोकडा, काजु एवं विभिन्न प्रकारका मिठाइ वितरण गर्दछन् । पूजामा सामेल प्रत्येक कन्याको टाउकोमा शुद्ध तोरीको तेल खन्याएर देवीसरह रातो टिका लगाइदिने प्रचलन पनि छ । बनेपामा हुने कन्या–पूजामाप्रति कन्या रु पाँच सय बराबरका सामग्री उपलब्ध गराइन्छ । गतवर्ष पनि करिब आठ हजार कन्याका लागि रु तीन करोडभन्दा बढी खर्च भएको समितिका उपाध्यक्ष सुरकृष्ण वैद्यले जानकारी दिनुभयो ।

Previous Post

रातो बन्दा स्वास्थ्यका लागि फाइदाजनक: यी हुन् मुख्य लाभहरू

Next Post

च्याउमा के पाइन्छ, कसरी खाने ?

metakhabar

metakhabar

सम्बन्धित खबर

गुडिया र अचार बनाएर आर्जन गर्दै महिला
समाचार

गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

२८ बैशाख २०८३,
गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत
समाचार

गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

२८ बैशाख २०८३,
रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि
खेलमैदान

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

२८ बैशाख २०८३,
‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ
समाचार

‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

२८ बैशाख २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

२८ बैशाख २०८३,
अरनिको राजमार्ग विस्तारः ढिलासुस्तीबारे जनप्रतिनिधिको चासो
फिचर-ब्यानर

अरनिको राजमार्ग विस्तारः ढिलासुस्तीबारे जनप्रतिनिधिको चासो

२८ बैशाख २०८३,
Load More
Next Post
च्याउमा के पाइन्छ, कसरी खाने ?

च्याउमा के पाइन्छ, कसरी खाने ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In