• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

    इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

    मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै

    तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

    इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

    मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै

    तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

आलेखः फेरिँदै हुलाक सेवा, चिट्ठीदेखि पार्सलसम्म…

metakhabar by metakhabar
२८ साउन २०८२,
0
आलेखः फेरिँदै हुलाक सेवा, चिट्ठीदेखि पार्सलसम्म…
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २८ साउनः छोरीलाई अमलाको अचार निकै मन पर्छ । क्यानेडा पुगेकी छोरीलाई कसरी खुवाउने ? मैतीदेवीका भवानी जैसी अमलाको अचार, सुकेको साग, भुटेको मकै र भटमास बोकेर गोश्वारा हुलाक कार्यालय पुग्नुभयो ।

उमेरले ६५ पुगेकी जैसीका अनुसार चिट्ठीपत्रका जामाना हराए अब, विदेशमा पनि खानेकुरा पठाउन सजिलो भएको छ । उहाँ डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयको नियमित सेवाग्राही हुनुहुन्छ । घरेलु परिकारहरु हुलाक सेवामार्फत पार्सल गर्दै आएको उहाँको अनुभव छ । “कुराकानी त ह्वाट्सप र फेसबुकमा गर्छु, छोरीसँग”, उहाँ भन्नुहुन्छ, “सामान पठाउन भने हुलाक सेवा नै भरपर्दो लाग्छ ।”

नक्साल बस्ने धीरेन्द्रराज भट्टराईले जापानमा रहेका छोराको स्वास्थ्य उपचारमा यहीँबाटै ख्याल गर्नुहुन्छ । पेटको समस्या भएकाले उहाँले नेपालबाटै औषधि पठाएर छोराको हेरचार गर्न पाएको बताउनुहुन्छ । हुलाक सेवाले पार्सल पठाउन सहज भएको र सरकारी नियकाय भएकाले विश्वासयोग्य रहेको उहाँको अनुभव छ । भट्टराई भन्नुहुन्छ, “निजी कार्गोले महँगो शुल्क लिन्छन्, हुलाक सस्तो र भरपर्दो लाग्छ ।”

गोश्वारा हुलाक कार्यालयका प्रशासन प्रमुख रवीन्द्र पोखरेल हुलाक सेवामा पार्सल सेवा प्रभावकारी बन्दै गएको बताउनुहुन्छ । त्यससँगै इएमएस (एक्प्रेस मेल सर्भिस) पनि हुलाक सेवा सुरु गरेको छ । यो सर्भिसले भनिएको समयमा सामान पठाउने दु्रत व्यवस्था हो । यस सेवा अरुको तुलनामा शुल्क अलि महँ्गो पर्ने भए पनि विदेश सामान पठाउनेभन्दा विदेशबाट नेपाल सामान पठाउनेहरुको आकर्षण बढ्दो रहेको प्रशासन प्रमुख पोखरेलले जानकारी दिनुभयो । गोश्वारा हुलाक कार्यालयको वार्षिक प्रगति २०८०÷८१ को तथ्याङ्कले जापानमा मात्रै ८० प्रतिशत पार्सल पुग्ने गरेको छ भने अहिले पनि वार्षिक दुई लाख ४५ हजार साधारण चिट्ठी आदानप्रदान भइरहको छ ।

एक ठाउँबाट अर्को ठाउँमा चिट्ठी आदानप्रदान गर्नु हुलाक सेवाको प्राचीन पहिचान बदलिएको छ । विसं १९३५ मा हुलाक घरको नामबाट स्थापना भएको हुलाक सेवा २०१९ सालमा हुलाक ऐनअन्तर्गत रही हुलाक सेवा विभागका रुपमा सेवा प्रदान गर्दै आएको छ ।

चिट्ठी, सरकारी कागजपत्र, अन्तरराष्ट्रिय सन्धिसम्झौताका कागजपत्र एवं धनराशि सुरक्षित तरिकाले सम्बन्धित गन्तव्यमा ओसारपसार गर्ने हुलाक कार्य गतिविधिमा थप जिम्मेवारी थपिएको छ । हुलाक सूचना प्रविधिमैत्री बन्नुपर्ने समयको बाध्यतामा अवसर र चुनौती दुवैको सामाना गर्दै आएको छ । यद्यपि यसको कार्यशैली विगतभन्दा फेरिएको पाइन्छ ।

पछिल्लो समय हुलाक सेवाको प्रभावकारी सेवाको रुपमा पार्सल सेवा विस्तार भएको गोश्वारा हुलाक कार्यालयका प्रमुख हुलाक अधिकृत लिलाबल्लभ न्यौपाने बताउनुहुन्छ । गोश्वारा हुलाक कार्यालयले २०८१÷८२ मा पुलिन्दा÷पार्सल (पार्सल शाखाअन्तर्गत) नेपाल राज्यभर र विदेशका लागि निर्यात भएका काठमाडौँभित्र छ हजार सात सय ७४, अन्य जिल्लामा पठाइएका दुई हजार चार सय ५४ र विदेशका लागि निर्यात भएका २१ हजार पाँच सय ४८ हुलाक वस्तुको प्रकार रहेको तथ्याङ्क छ ।

त्यस्तै, हुलाक सेवाले अर्को महत्वपूर्ण कार्यका रुपमा हुलाक टिकटलाई कला, संस्कृतिको प्रचार गर्नुका साथै दस्ताबेजीकरण गर्ने कार्यमा प्राथमिकता दिँदै आएको हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले बताउनुभयो । केही महिनाअघि मात्रै हुलाक टिकटमा हुलाक टिकट विभागले सुन्तला, पुत्का मौरी, रायो साग, नौमुठे गाई, असला माछा, खरी बाख्रा, लिमे भैँसी, पारकोटे गरी आठ वटा रैथाने कृषिका आकृति र ब्रह्मलीन राष्ट्र सन्त स्वामी परमानन्द सरस्वती महाराजको आवरणको नयाँ हुलाक टिकट आवरण प्रचलनमा ल्याइएको छ ।

ती टिकटको आवरणमा पहिलो सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रथम टाँचा लगाउँदै हुलाक टिकटले इतिहास, संस्कृति र परम्पराको संरक्षण गर्नुपर्ने अर्को महत्वपूर्ण दायित्व रहेको बताउनुभयो । साथै, समयसापेक्षको हुलाकको दायित्व बोध गराउन हुलाक ऐन नै नयाँ बनाउनुपर्ने मन्त्री गुरुङको जोड छ । राजा महेन्द्रको पालामा बनेको हुलाक ऐनले अहिलेको आधुनिक सूचना प्रविधिको समयलाई समेट्न सक्दैन भन्ने उहाँको प्रष्ट धारणा छ । हुलाक अब जनताको तत्काल आवश्यकता सम्बोधन गर्नसक्ने हुनुपर्छ भन्ने मान्तयाका साथ पार्सल सेवालाई थप सहज र प्रभावकारी बनाउने पर्नेमा उहाँले जोड दिनुभयो ।

महानिर्देशक पङ्गेनीका अनुसार हुलाकले हराउँदै गएका रैथाने अन्य परम्परागत कला संस्कृति र वस्तुको दस्तावेज गर्न हुलाक टिकट आकृति बनाउन थप कार्य सक्रिय बनाउँदै आएको छ । उहाँ भन्नुहुन्छ, “हुलाकले सञ्चारसँगै इतिहासको समेत संरक्षण गर्ने दायित्व पूरा गरिरहेको छ ।” हुलाकले देशको सम्पदा विश्वसामु प्रचार प्रसार गरी पर्यटक वृद्धि गर्न समेत सघाउँदै आएको उहाँ दाबी गर्नुहुन्छ ।

केन्द्रदेखि स्थानीय हुलाक कार्यालयसम्म फैलिएको हुलाक कार्यालयलाई एक स्थानीय तह एक हुलाक कार्यालय नीति अवलम्बन गरिएको विभागका महानिर्देशक पङ्गेनीले बताउनुभयो । स्वदेश र विदेशमा चिठीपत्र, पार्सल सेवा, द्रुत डाँक सेवामार्फत आदानप्रदान हुँदै आएको छ । त्यसैगरी हुलाकले सरकारी सहुलियत दरमा स्वदेश र विदेशमा सरकारी कागजपत्र, राहदानी, नागरिकतादेखि विरामीका लागि औषधि पठाउने काम समेत हुलाकले नै गर्दै आएको छ ।

विश्वका ३९ देशसँग अन्तरराष्ट्रिय द्रुत डाँक सेवा सम्झौता गरी छिटो र प्रभावकारी रूपमा इएमएस आदानप्रदान हुन्छ भने ७१ देशमा हुलाक वस्तु पठाउने र विश्व हुलाक सङ्घका १९२ सदस्य राष्ट्रबाट हुलाक वस्तु प्राप्त हुने व्यवस्था छ ।

धेरै दायित्व र थोरै स्रोतमा हुलाक सेवा सञ्चालन गर्नुपर्दा थुप्रै चुनौती रहेको छ । स्रोत साधनको अभाव, दक्षजनशक्तीको कमि । हुलाकको चुनौतीमा दक्षजनशक्तिको अभाव, सबै कार्यालयमा सूचना प्रविधिमैत्री नहुँदा कार्यसम्पादनमा समस्या, पर्याप्त बजेट नहुनु र समयानुकूल ऐन कानुन परिमार्जन नहुनुजस्ता समस्याले हुलाक सेवामा प्रत्यक्ष प्रभाव परेको हुलाक सेवा विभागको २०८१÷८२ को प्रगति समीक्षाले प्रष्ट पार्छ ।

हुलाक सेवा विभागले सार्वजनिक सवारीसाधनले हुलाक वस्तु बोक्न आनाकानी गर्ने, लापर्वाही गर्नेजस्ता समस्या खेप्नुपर्ने, अन्तर निकाय र अन्तर तह सहयोग र समन्वय कमजोर रहेको (भन्सार, बैंक, प्रदेश तथा स्थानीय तहसँग), ठूला सङ्ख्यामा जनशक्ति (३५ भन्दा बढी हुलाक अधिकृत लगायत) रिक्त रहेकाले निमित्तको भरमा हुलाक कार्यालयहरु सञ्चालनमा रहेका छन् । सयभन्दा बढी हुलाकी, हल्कारा पद रिक्त भई आगामी आवमा उक्त दरबन्दीको करारमा पूर्तिका लागि बजेट प्रस्ताव गरिएकामा चालु आवको करारको रकम बराबर मात्र आगामी आवको लागि करारमा रकम स्वीकृत भएको, हुलाक ऐन नियममा समसामयिक परिवर्तन हुन नसक्दा इ–कमर्सजस्ता नयाँ विषय समावेश गर्न र हुलाक सेवालाई आधुनिकीरण एवं व्यावसायिक बनाउन नसकिएको, डाँक ढुवानीका लागि आवश्यक पर्ने आफ्नै सवारीसाधन नहुँदा समयमै हुलाक वस्तुको ढुवानी र वितरण गर्न नसकिएको लगायतका समस्या हुलाक सेवा विभागले भोग्दै आएको छ ।

विभागका निर्देशक धु्रवराज आचार्य हुलाक सेवाले आधुनिक सेवा प्रदान गर्दै आएको छ भन्ने आम जनतालाई सूचना नभएको बताउनुहुन्छ । निजी क्षेत्रबाट पार्सल पठाउनेहरुको तुलनामा लगभग ४० देखि ५० प्रतिशत सरकारी शुल्क सस्तोमा विदेश पार्सल आदानप्रदान गर्न सकिने सुविधा छ । उहाँका अनुसार नेपालका सात जिल्लामा भन्सार सुविधा छ । भन्सार सुविधा भएको जिल्ला बढाउने जाने हो भने विदेश पार्सल पठाउने सुविधामा थप वृद्धि हुने उहाँको धारणा छ । निर्देशक आचार्यका अनुसार २०८१ वैशाख १७ गतेदेखि गोश्वारा हुलाक कार्यालयको पार्सल आउटवाउन्ड शाखा र इएमएस आउटवाउन्ड शाखाबाट नगद भुक्तानीका साथै क्युआर डिजिटल प्लेटर्फममार्फत भुक्तानी कार्य भइरहेको छ ।

हुलाकका सम्भावना थुप्रै छन् । हुलाकले यो वर्ष रु ३९ करोड राजस्व वृद्धि गरेको छ । उहाँका अनुसार विगतका वर्षहरुको भन्दा हुलाकले राजस्वमा हुलाक सेवाले वृद्धि गर्दैछ । हुलाकले अन्तरराष्ट्रिय डाँक सेवाअन्तर्गत जापान, दक्षिण कोरिया, संयुक्त अरब इमिरेटस्, चीन, अस्ट्रेलिया, फ्रान्स, अमेरिका, जर्मनी, मलेसियामा मात्रै हवाई सम्झौता गरेको छ । अरु देशमा हवाई सम्झौता नहुँदा व्यापार पार्सल डेलिभरी गर्न नसकिएको गोश्वारा हुलाक कार्यालयका प्रमुख हुलाक अधिकृत न्यौपानेले बताउनुभयो ।

Previous Post

उत्तर कोरियाली र रूसी नेताहरूद्वारा युक्रेनलाई लिएर आफ्नो गठबन्धनको पुष्टि

Next Post

६६ वर्षअघि अन्टार्कटिक हिमनदीमा हराएका बेलायती वैज्ञानिकको अवशेष फेला

metakhabar

metakhabar

सम्बन्धित खबर

इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण
अन्तर्राष्ट्रिय

इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
समाचार

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

५ चैत्र २०८२,
मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन
आर्थिक

मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

५ चैत्र २०८२,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

५ चैत्र २०८२,
तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै
समाचार

तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै

५ चैत्र २०८२,
Load More
Next Post
६६ वर्षअघि अन्टार्कटिक हिमनदीमा हराएका बेलायती वैज्ञानिकको अवशेष फेला

६६ वर्षअघि अन्टार्कटिक हिमनदीमा हराएका बेलायती वैज्ञानिकको अवशेष फेला

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In