• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल

    परराष्ट्रमन्त्री आगामी आइतबार चीन भ्रमणमा जाँदै

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकरण: मुख्य निर्णयकर्ता योगेश भट्टराईदेखि युवराज खतिवडा र जनार्दन शर्मासम्मै

    गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूकोे जोड

    जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि

    जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि

    मङ्गलेखानीमा खेलमैदान निर्माण

    मङ्गलेखानीमा खेलमैदान निर्माण

    पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन

    पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    ‘आर्थिक विधेयकका विवाद छानबिन गर्न संसदीय संयन्त्र आवश्यक’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल

    परराष्ट्रमन्त्री आगामी आइतबार चीन भ्रमणमा जाँदै

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकरण: मुख्य निर्णयकर्ता योगेश भट्टराईदेखि युवराज खतिवडा र जनार्दन शर्मासम्मै

    गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूकोे जोड

    जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि

    जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि

    मङ्गलेखानीमा खेलमैदान निर्माण

    मङ्गलेखानीमा खेलमैदान निर्माण

    पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन

    पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    ‘आर्थिक विधेयकका विवाद छानबिन गर्न संसदीय संयन्त्र आवश्यक’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

जलगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो, ठेक्का सम्झौतामा हस्ताक्षर

metakhabar by metakhabar
२८ साउन २०८२,
0
जलगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो, ठेक्का सम्झौतामा हस्ताक्षर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २८ साउनः कर्णाली प्रदेशको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण मानिएको जगदुल्ला जलविद्युत् आयोजना निर्माण प्रक्रिया अब भने अगाडि बढ्ने भएको छ । बोलपत्र प्रक्रियामा रहेको उल्झन तथा अनेकन विवादका कारण तोकिएको भन्दा ठीक एक बर्ष ढिला गरेर आयोजनाको प्रवद्र्धक कम्पनी र निर्माण व्यवसायीबीच निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

कूल १०६ मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि निर्माण व्यवसायीसँग सम्झौता भए लगत्तै मार्ग प्रशस्त भएको प्रवद्र्धक कम्पनी जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिनुभयो । उहाँले जगदुल्ला हाइड्रोपावर र जेसीई÷एएनके जेभीबीच निर्माणसम्बन्धी सम्झौता भएको जानकारी दिनुभयो ।

प्रवद्र्धक कम्पनी र जेसीई÷एएनके जेभीबीच रु १२ अर्ब १८ करोड बराबरको निर्माण सम्झौता भएको उहाँले उल्लेख गर्नुभयो । प्रवद्र्धक कम्पनीले २०८१ जेठ २० गते सिभिल र हाइड्रोमेकानिकल संरचना निर्माणका बोलपत्रको सूचना प्रकाशित गरेको थियो । सो सूचनामा विभिन्न सात कम्पनीले प्रारम्भिक प्रस्ताव दर्ता गरेको भएपनि कुनै कम्पनी छनोट हुन सकेको थिएन ।

दोस्रो पटकको सूचनामा दुई कम्पनी ग्राह्य भएका थिए । त्यसमध्ये सबैभन्दा कम बोलपत्र प्रस्ताव गर्ने जेसीई/एएनके जेभी योग्य भएको हो ।
यो आयोजना निर्माणका लागि २०८१ जेठमा नै वित्तीय व्यवस्थापन भएको थियो । सो आयोजनाका नबिल बैंकको नेतृत्वमा सहवित्तीयकरणसम्बन्धी सम्झौता भएको थियो । सम्भौताअनुसार, नबिल बैंकले रु चार अर्ब ४० करोड लगानी गर्ने भएको छ । यस्तै, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) , कर्मचारी सञ्चयकोष, लक्ष्मी सनराइज र एभरेष्ट बैंकले लगानी गर्ने छन् । आयोजनामा एचआइडीसीएल र कर्मचारी सञ्चय कोषले समान रु चार/चार अर्ब लगानी गर्ने छन् । यस्तै, लक्ष्मी सनराइज बैंकले रु दुई अर्ब र एभरेष्ट बैंकले रु एक अर्ब ५० करोड बराबर लगानी गर्नेछ ।

आयोजना निर्माणका लागि रु २३ अर्ब बराबर लाग्ने अनुमान छ । त्यसमध्ये रु १६ अर्ब ऋण र रु सात अर्ब भने स्वपूँजीबाट जुटाइएको प्रमुख कार्यकारी अधिकृत सापकोटाले जानकारी दिनुभयो ।

निर्माण सुरु भएको पाँच वर्षमा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको सो आयोजनामा कर्णली प्रदेश सरकारको समेत लगानी छ । सोही कम्पनीले १२० मेगावाट जगदुल्ला ‘ए’ जलविद्युत् आयोजना समेत निर्माण गर्न लागेको छ ।

नेपाल सरकारको अधिकांश स्वामित्वमा रहेको जगदुल्ला नेपालको पानी जनताको लगानी भन्ने मूल नाराका साथ स्थापना भएको हो । आयोजना स्थल नेपालगञ्जबाट २३८ किलोमिटर टाढा रहेको छ । आयोजनाको बाँधस्थल जगदुल्ला गाउँपालिकाको हुरीकोटमा पर्दछ । जहाँ २३ मिटर अग्लो र ३८ मिटर लामो ब्यारेजको प्रस्ताव गरिएको छ । आयोजनाको क्याचमेन्ट एरिया छ सय ३३ दशमलव ८३ वर्ग किलोमिटर रहेको छ ।

यस आयोजनाको विद्युत् गृह मुड्केचुला गाउँपालिकाको इल ४ मा भूमिगत रहनेगरी डिजाइन गरिएको छ । जसको लम्बाई ७७ दशमलव ८० मिटर, चौडाई १४ मिटर, मोटाई ३३ दशमलव ४५ मिटर रहनेछ । त्यहाँ ३५ दशमलव पाँच मेगावाट क्षमताको तीन वटा भर्टिकल एक्सिस पेल्टन टर्बाइन रहनेछ ।

विद्युत् उत्पादन गरिसकेपछि पानीलाई तीन सय ३० मिटर लामो पाँच मिटर चौडाई र पाँच मिटर अग्लो टेलरेसमार्फत पुनः जगदुल्ला नदीमा नै पठाइनेछ । उत्पादित विद्युत्लाई एक सय ३२ केभी क्षमताको प्रसारण लाइनमार्फत प्रस्तावित बाफीकोट सवस्टेशनमा जोड्ने गरी डिजाइन गरिएको छ ।

कम्पनीले आयोजना सर्वेक्षण, निर्माण, उत्पादन, सञ्चालन र व्यवस्थापन गर्नेछ । कम्पनीको अधिकृत पुँजी रु आठ अर्ब रहेको छ भने कम्पनीको तत्काल जारी पुँजी रु सात अर्ब १० करोड छ ।

कम्पनीको संस्थापक शेयरधनीका रुपमा विद्युत् उत्पादन कम्पनीको २६ प्रतिशत, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको १० प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको नौ प्रतिशत, कर्णाली प्रदेश सरकारको पाँच प्रतिशत, स्थानीय तह जगदुल्ला र मुड्केचुला गाउँपाकिाको एक प्रतिशत रहेको छ ।

हालसम्म कर्णाली प्रदेशमा कुनै पनि ठूला आयोजना निर्माणको चरणमा प्रवेश नगरेको अवस्थामा जगदुल्ला निर्माणको चरणमा प्रवेश गर्न लागेको हो । आयोजनाले २०७४ असार १८ गते विद्युत् उत्पादनको सर्वेक्षणपत्र प्राप्त गरेको थियो । विद्युत् प्रसारण लाइनको सर्वेक्षण अनुमतिपत्र २०७६ पुस १६ गते प्राप्त गरेको थियो । आयोजनाबाट उत्पादित बिजुली खरिद बिक्रीसम्बन्धी सम्झौतामा २०८० वैशाख २७ गते हस्ताक्षर भएको हो ।

आयोजनाले ६२३ दशमलव ३२ गिगावाट प्रतिघण्टा बराबरको ऊर्जा उत्पादन गर्छ । आयोजनाको सम्पूर्ण अध्ययन तथा डिजाइनको काम प्राधिकरणकोे सहायक कम्पनी एनइए इन्जिनियरिङ कम्पनीले गरेको हो । यसकारण पनि आयोजना स्वदेशी प्रविधि र लगानीमा निर्माण हुन लागेको हो ।

Previous Post

बागलुङमा बर्खेजात्राको रौनक

Next Post

केचना–कञ्चनजङ्घा सडक अवरुद्ध

metakhabar

metakhabar

सम्बन्धित खबर

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल
आवाज

परराष्ट्रमन्त्री आगामी आइतबार चीन भ्रमणमा जाँदै

२९ जेष्ठ २०८३,
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकरण: मुख्य निर्णयकर्ता योगेश भट्टराईदेखि युवराज खतिवडा र जनार्दन शर्मासम्मै
अन्तर्राष्ट्रिय

गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूकोे जोड

२९ जेष्ठ २०८३,
जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि
आर्थिक

जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि

२९ जेष्ठ २०८३,
मङ्गलेखानीमा खेलमैदान निर्माण
आर्थिक

मङ्गलेखानीमा खेलमैदान निर्माण

२९ जेष्ठ २०८३,
पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन
आर्थिक

पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन

२९ जेष्ठ २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आर्थिक

‘आर्थिक विधेयकका विवाद छानबिन गर्न संसदीय संयन्त्र आवश्यक’

२९ जेष्ठ २०८३,
Load More
Next Post
केचना–कञ्चनजङ्घा सडक अवरुद्ध

केचना–कञ्चनजङ्घा सडक अवरुद्ध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In