• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल

    परराष्ट्रमन्त्री आगामी आइतबार चीन भ्रमणमा जाँदै

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकरण: मुख्य निर्णयकर्ता योगेश भट्टराईदेखि युवराज खतिवडा र जनार्दन शर्मासम्मै

    गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूकोे जोड

    जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि

    जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि

    मङ्गलेखानीमा खेलमैदान निर्माण

    मङ्गलेखानीमा खेलमैदान निर्माण

    पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन

    पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    ‘आर्थिक विधेयकका विवाद छानबिन गर्न संसदीय संयन्त्र आवश्यक’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बागलुङमा बर्खेजात्राको रौनक

metakhabar by metakhabar
२८ साउन २०८२,
0
बागलुङमा बर्खेजात्राको रौनक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गलकोट (बागलुङ), २८ साउन:
असारे मासको दबदबे हिलो छुनलाई घिन लाग्यो,
पातली नानीलाई फरिया किन्दा छ बिसे रिन लाग्यो ।

मङ्गलबार बागलुङ बजारमा नेवारी समुदायले निकालेको रोपाइँजात्राका महिलाको भेषमा सजिएका पुरुषले गाएको गीतको अंश हो यो । उनीहरु मुखियाको खेत रोप्न आएका रोपारहरू अवस्थामा सजिएका छन् । केही पुरुषहरु भने बाउँसेको भूमिकामा छन् ।

बागलुङ बजारमा अहिले दैनिक जसो नेवारी समुदायको जात्रा हेर्न पाइन्छ । यहाँको पुरानो नाचमध्येका लाखे, होवा, घोडा, रोपाइँजस्ता विभिन्न नाच दैनिकजसो प्रदर्शन भइरहँदा बजार क्षेत्र अहिले गुल्जार छ । घण्टा कर्णको अघिल्लो दिन लाखेनाच देखाएर सुरु भएको जात्रा आगामी भदौ ११ गतेसम्म चल्ने छ । बर्खे जात्राको रुपमा भने गाईजात्राको दिनबाट लिने गरिएको छ ।

नेवारी समुदायको लोपोन्मुख संस्कृतिका रुपमा रहेको नाच पछिल्लो समय बागलुङका नेवार समुदायले संरक्षित गर्दै आएका छन् । बर्खे जात्रा संरक्षणमा युवा पुस्ताले चासो देखाउन थालेपछि विभिन्न नाचहरु थप रोमाञ्चित भएका छन् । बागलुङको बर्खेजात्रा २३९ वर्षभन्दा पुरानो रहेको नेवारी समुदायका जानकार बताउँछन् ।

बर्खे जात्रा नाचअन्तर्गत पर्ने अन्य केही नाच भने खर्चिला भएकाले देखाउन छोडिएको बताउँदै अहिले लाखे, कटुवाल, रोपाइँ, जोगी, घोडा, होवालगायत नाचहरू प्रदर्शन गरिनेछ । अहिलेसम्म लाखे, कटुवाल, होवा र रोपाइँ नाच प्रदर्शन गरिसकेको छ । नेपाल भाषा मंका खलःको आयोजनामा अन्य पाँच संस्थाको समन्वयमा बर्खेजात्रा सञ्चालन गरिएको छ ।

नेवारी संस्कृति संरक्षणमा कठिन भए पनि युवापुस्ताको सक्रियतामा बर्खे जात्रालाई निरन्तरता दिइरहेको नेपाल भाषा मंका खलका अध्यक्ष जयराम भारीले बताउनुभयो । “केही खर्चिला नागनागिनी, शिखारी र थेतर नाच लोप भइसके तर अन्य नाचलाई निरन्तरता दिएका छौँ”, भारीले भन्नुभयो, “युवा पुस्तालाई सक्रिय बनाउदा सहज भएको छ, नत्र खर्च र व्यवस्थापनका हिसाबले निकै समस्या छ, संस्कृतिको संरक्षणमा नेवारी समुदाय एकजुट बनेको छ ।”

विसं १८४३ अघि नै बागलुङमा व्यापारको सिलसिलामा नेवार समुदाय आएर बसोबास गरेको लिखित दस्तावेजका आधारमा उक्त नाच नेवार समुदायअन्तर्गत पर्ने स्थानीय काजी गाउँले श्रेष्ठले बताउनुभयो । “शिखारी, थेत्तर र नागनागिनी नाच बढी खर्चिलो भएकाले देखाउन छोडिएको छ, अन्य केही भदौरे अर्थात बर्खेनाच संरक्षित छन्”, उहाँले भन्नुभयो, “नेवार जातिका कला संस्कृतिअन्तर्गत धेरै नाच आर्थिक हिसाबले खर्चिला छन्, जुन बचाउनै गाह्रो छ, युवा पुस्ताको चासो भएकाले सहज भएको मात्रै हो ।”

बर्खेजात्राका कारण बागलुङ बजार क्षेत्रमा रौनक छाएको जनाउँदै श्रेष्ठले बजेट अभावले तीन वर्षमा देखाउने हनुमान नाच नौ वर्षमा देखाइएको बताउनुभयो । पछिल्लो समय युवाले चासो देखिएका कारण लोप हुन थालेका कतिपय नाच पुनःदेखाउन थालिएको उहाँको भनाइ थियो । नेवार समुदायले अहिले देखाइरहेका भदौरे नाचहरू अन्य जातजातिले रोचक मानेर हेर्ने गरेका छन् । यस नाचलाई भदौरे नाच भन्ने गरिएको छ ।

नेपाल भाषा मंका खलले संयोजन गरे पनि जोगी नाच शाक्य कल्याण समाजको अगुवाइ, कटुवाल, घोडा र रोपाइँ नाच नेवा ल्याम्ह पुचको सक्रियतामा देखाइँदै आएको छ ।

भदौरे नाचअन्तर्गत लाखे नपर्ने भए पनि बर्खे वरपरमा लाखे नाच प्रदर्शन भइरहेको अगुवा नेवार समुदायले बताउँदै आएका छन् । घण्टाकर्ण चतुर्दशीदेखि हरितालिका तीजको दिनसम्म विभिन्न नाच प्रदर्शन भइरहने शाक्य कल्याण समाजले जनाएको छ । वर्खामा बागलुङका सडक, चोक र बस्ती संस्कृतिमय बन्दा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने देखिएको छ ।

Previous Post

प्रतिनिधिसभाको बैठक बस्दै

Next Post

जलगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो, ठेक्का सम्झौतामा हस्ताक्षर

metakhabar

metakhabar

सम्बन्धित खबर

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल
आवाज

परराष्ट्रमन्त्री आगामी आइतबार चीन भ्रमणमा जाँदै

२९ जेष्ठ २०८३,
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकरण: मुख्य निर्णयकर्ता योगेश भट्टराईदेखि युवराज खतिवडा र जनार्दन शर्मासम्मै
अन्तर्राष्ट्रिय

गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूकोे जोड

२९ जेष्ठ २०८३,
जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि
आर्थिक

जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि

२९ जेष्ठ २०८३,
मङ्गलेखानीमा खेलमैदान निर्माण
आर्थिक

मङ्गलेखानीमा खेलमैदान निर्माण

२९ जेष्ठ २०८३,
पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन
आर्थिक

पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन

२९ जेष्ठ २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आर्थिक

‘आर्थिक विधेयकका विवाद छानबिन गर्न संसदीय संयन्त्र आवश्यक’

२९ जेष्ठ २०८३,
Load More
Next Post
जलगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो, ठेक्का सम्झौतामा हस्ताक्षर

जलगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो, ठेक्का सम्झौतामा हस्ताक्षर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In