• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

    नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

    मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

    मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

    जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

    जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

    रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

    रास्वपाको सचिवालय बैठक बस्दै

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एनपीएलको अक्सन आज, कुन फ्रेन्चाइजीले कति खेलाडी किन्दैछन् ?

metakhabar by metakhabar
२४ साउन २०८२,
0
एनपीएलको अक्सन आज, कुन फ्रेन्चाइजीले कति खेलाडी किन्दैछन् ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको मिनी अक्सन आज हुँदैछ । आज दिउसो ३ बजेदेखि ललितपुरको बालकुमारीस्थित रोयल तुलिपमा अक्सन हुने नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ ।

अक्सनमा १५० खेलाडीबाट विभिन्न ८ फ्रेन्चाइजीले ३७ खेलाडी खरिद गर्ने क्यानले जानकारी दिएको छ । पहिलो संस्करणपछि कुल ३८ खेलाडी रिलिज गरिएकोमा कर्णाली याक्सले ट्यालेन्ट हन्टबाट विपिन शर्मालाई टोलीमा आवद्ध गरेसँगै आजको मिनि अक्सनबाट ३७ खेलाडीमाथि फ्रेन्चाइजीले बोली लगाउने छन् ।

मिनी अक्सनका लागि क्यानले १५० खेलाडी छनोट गरेको छ । जसमा ग्रेड ‘ए’ मा ८, ‘बी’ मा ३५ र ‘सी’ मा १०७ खेलाडी रहेका छन् ।

क्यानसँगको सम्झौताअनुसार रिटेन भएका खेलाडीको मुल्य १० प्रतिशतले वृद्धि हुनेछ भने रिलिज भएका र नयाँ खेलाडीको हकमा भने न्यूनतम मूल्य ग्रेड ‘ए’ मा रहेका खेलाडीको १० लाख ‘बी’ मा रहेका खेलाडीको ५ लाख र ‘सी’ मा रहेका खेलाडीको २ लाख कायम गरिएको छ । एनपीएलमा हरेक फ्रेन्चाइजीले खेलाडी किन्न अक्सनमा बढीमा ९० लाखसम्म खर्च गर्न पाउने सीमा तोकिएको छ ।

हाल कुन फ्रेन्चाइजीमा कुन खेलाडी छन्:

जनकपुर बोल्ट्स

जनकपुर बोल्टसमा हाल आसिफ शेख (मार्की), अनिलकुमार शाह, ललित राजवंशी र किशोर महतो, रुपेश सिंह, शुभ कंशाकर र तुलबहादुर थापामगर गरि ७ खेलाडी छन् भने आजको अक्सनबाट थप ४ खेलाडी किन्ने छ । जनकपुरले खेलाडी रिटेनमा ५७ लाख खर्च गरेको छ भने अब उसको अक्सन बजेट ३३ लाख रहेको छ ।

चितवन राइनोज

चितवनमा हाल कुशल मल्ल (मार्की), रिजन ढकाल, कलमसिंह ऐरी, अमरसिंह रौटेला, दीपक बोहरा र गौतम केसी गरी ६ खेलाडी रहेका छन् भने अब अक्सनबाट ५ खेलाडी किन्ने छ । चितवनले खेलाडी रिटेनमा ३२ लाख खर्च गरेको छ भने अक्सनको बजेट ५८ लाख रहेको छ ।

काठमाडौं गुर्खाज

काठमाडौँमा हाल करण केसी (मार्की), भीम सार्की, शाहब अलाम, रसिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठ गरि ६ खेलाडी रहेका छन् भने अब आजको अक्सनमा ५ खेलाडी किन्ने छ । चितवनले रिटेन गरेका खेलाडीमा ४७ लाख खर्च गरेको छ भने अक्सन बजेट ४३ लाख रहेको छ ।

पोखरा एभेन्जर्स

पोखरामा हाल कुशल भुर्तेल (मार्की), सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, बिपिन खत्री, त्रितराज दास र दिनेश खरेल गरि ७ खेलाडी रहेका छन् भने पोखराले अब आजको अक्सनमा ४ खेलाडी किन्ने छ । पोखराले खेलाडी रिटेनमा ५२ लाख ५० हजार खर्च गरको छ भने अब अक्सन बजेट ३७ लाख ५० हजार रहेको छ ।

लुम्बिनी लायन्स

लुम्बिनीमा हाल रोहित कुमार पौडेल (मार्की), विवेक यादव, सन्दीप जोरा, तिलकराज भण्डारी, दिनेश अधिकारी र अभिषेश गौतम गरि ६ खेलाडी रहेका छन् भने आजको अक्सनबाट ५ खेलाडी किन्ने छ । लुम्बिनीले खेलाडी रिटेनमा ४४ लाख ७५ हजार खर्च गरेको छ भने अक्सन बजेट ४५ लाख २५ हजार रहेको छ ।

कर्णाली याक्स

कर्णालीमा हाल सोमपाल कामी (मार्की), गुलशन झा, नन्दन यादव, अर्जुन घर्ति, दिपेन्द्र रावत र युनिशबिक्रम सिंह ठकुरी रहेका छन् भने विपिन शर्मा ट्यालेन्ट हन्टबाट लिएको छ । कर्णालीले विपिन बाहेक रिटेन खेलाडीका लागि ४१ लाख खर्च गरको छ भने विपिन शर्माको पारिश्रमिकसहित अक्सनका लागि ४९ लाख बजेट रहेको छ । कर्णालीले अक्सनमा ४ खेलाडी किन्ने छ ।

सुदूरपश्चिम रोयल्स

सुदूरपश्चिममा दिपेन्द्रसिंह ऐरी (मार्की), अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारी, इसान पाण्डे र नरेन साउद गरि ६ खेलाडी रहेका छन् भने आजको अक्सनबाट ५ खेलाडी किन्ने छ । सुदूरपश्चिमले खेलाडी रिटेनमा ४८ लाख ५० हजार खर्च गरको छ भने अक्सन बजेट ४१ लाख ५० हजार रहेको छ ।

विराटनगर किंग्स

विराटनगरमा सन्दीप लामिछाने (मार्की), लोकेश बम, प्रतिश जिसी, बशीर अहमद, सुवास भण्डारी र नरेन भट्ट गरि ६ खेलाडी रहेका छन् भने आजको अक्सनमा ५ खेलाडी किन्ने छ । विराटनगरले खेलाडी रिटेनमा ४४ लाख ५० हजार खर्च गरेको छ भने अक्सन बजेट ४५ लाख ५० हजार रहेको छ ।

Previous Post

आज जनै पूर्णिमा: कसरी शुरु भयो रक्षाबन्धन ?

Next Post

एलएलडिसीको तेस्रो सम्मेलन: नेपालद्वारा सहयोग र साझेदारी विस्तारमा जोड

metakhabar

metakhabar

सम्बन्धित खबर

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी
आर्थिक

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

२७ बैशाख २०८३,
मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति
आर्थिक

मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

२७ बैशाख २०८३,
जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी
फिचर-ब्यानर

जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

२७ बैशाख २०८३,
रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची
आर्थिक

रास्वपाको सचिवालय बैठक बस्दै

२७ बैशाख २०८३,
जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने
आर्थिक

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

२७ बैशाख २०८३,
एघार वर्षपछि ग्रामीण सडक कालोपत्र
आवाज

एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

२७ बैशाख २०८३,
Load More
Next Post
एलएलडिसीको तेस्रो सम्मेलन: नेपालद्वारा सहयोग र साझेदारी विस्तारमा जोड

एलएलडिसीको तेस्रो सम्मेलन: नेपालद्वारा सहयोग र साझेदारी विस्तारमा जोड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In