• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

दोधारा चाँदनी सुक्खा बन्दरगाह : पूरा हुँदै डेढ दशकदेखिको सपना

metakhabar by metakhabar
१९ साउन २०८२,
0
दोधारा चाँदनी सुक्खा बन्दरगाह : पूरा हुँदै डेढ दशकदेखिको सपना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दोधारा चाँदनी (कञ्चनपुर), १९ साउन : डेढ दशकअघि दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बन्ने हल्ला सुनेका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ का स्थानीय उत्तर भट्टलाई अहिले सपनाजस्तै लाग्छ ।

महेन्द्रनगर आउतजावत गर्न समेत भारतको बाटो प्रयोग गर्नुपर्ने उहाँलाई महाकाली नदीमा पुल बन्ला र सुक्खा बन्दरगाह निर्माण होला भन्ने कल्पना समेत गर्नुभएको थिएन । “महाकालीमा किस्तीबाट महेन्द्रनगर जानुपथ्र्यो कोही बिरामी भए पनि उपचारमा समस्या हुन्थ्यो, एम्बुलेन्स आउने बाटो थिएन ।” भट्टले भन्नुभयो, “अहिले घरै अगाडि छ लेनको पक्की सडक पुगेको छ नजिकै सुक्खा बन्दरगाह निर्माण सुरु भएको छ मलाई त सपनाजस्तै लाग्छ ।” विसं २०२२ देखि यहाँ बस्दै आउनुभएका उहाँले विगतमा अनेक दुःख खेपेको बताउँदै अहिले महाकाली नदीमा पक्की पुल र सडक बनेपछि दोधारा चाँदनीको मुहार फेरिएको बताउनुभयो । “महेन्द्रनगर जान भारतको बाटो भएर जानुपथ्र्यो भारतीय सुरक्षाकर्मीले अनेक बहानामा दुःख दिन्थे,” उहाँले भन्नुभयो, “नेताहरूले सुक्खा बन्दरगाह बन्ने आश्वासन दिएको दशक बढी भएपछि हामीलाई यसरी विकास होला भन्ने लागेको थिएन ।” उहाँले घर नजिकै बन्दरगाह निर्माण हुने भएपछि यहाँको उत्पादनले बजार पाउने अपेक्षा गरेको बताउनुभयो ।

दोधारा चाँदनी–१ का स्थानीय डम्बर धामीका एक छोरा रोजगारीका लागि भारतको बेग्लोरमा छन् । बन्दरगाह निर्माणपछि छोरोले घर छेउमै रोजगारी पाउने उहाँको आशा छ । “बन्दरगाह बनेपछि घरमै पसल राखे पनि राम्रो चल्छ, भारत जनुपदैन ।” उहाँले भन्नुभयो, “अहिले यहाँ धेरै मानिसको आवतजावत पनि बढेको छ ।” उहाँले महाकाली नदीमा पक्की पुल र सुक्खा बन्दरगाहसम्म छ लेनको पक्की सडक बनेपछि यहाँको जग्गाको मूल्य समेत बढेको बताउनुभयो । विगतमा रु एक/दुई लाखमा बिक्री हुने यहाँको जग्गाको मूल्य अहिले रु ७० लाखसम्म बिक्री भइरहेको छ । विसं २०६४ मा सरकारले कञ्चनपुरको दोधारा चाँदनीस्थित सुक्खा बन्दरगाह निर्माण गर्ने घोषणाले यहाँका व्यवसायीले समेत तेस्रो मुलुकसँग व्यापारको ढोका खुल्ने अपेक्षा गरेका थिए ।

त्रिदेशीय नाकाको सपना देखेका यहाँका व्यवसायीले १८ वर्षपछि दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बन्ने सुनिश्चितता पाएका छन । छिमेकी मुलुक भारतको रूद्रपुर सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो । नेपालको दोधारा चाँदनीदेखि ९० किलोमिटर टाढा रहेको उक्त औद्योगिक क्षेत्र पुग्न दुई घण्टा लाग्छ । यति छोटो दूरीमा रहेको औद्योगिक क्षेत्रसँग सुदूरपश्चिमले अहिलेसम्म व्यापारिक कारोबार गर्न पाएको छैन । त्यसकारण पनि दोधारा चाँदनीमा बन्ने सुक्खा बन्दरगाह निर्माणसँगै यस क्षेत्रको व्यापार विस्तारको ढोका खुल्ने यहाँका व्यवसायीहरू बताउँछन् ।

“दुई घण्टाको दूरीमा रहेको भारतको सबैभन्दा ठूलो औद्योगिक क्षेत्रबाट वस्तु आयात गर्दा ३०० किलोमिटर घुमाएर यहाँ ल्याउनपर्ने बाध्यता जसकारण यातायातमै महँगो शुल्क तिर्नुपर्ने बाध्यता छ,” उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य जङ्गबहादुर मल्लले भन्नुभयो, “बन्दरगाह निर्माणपछि सुदूरपश्चिम मात्रै नभई मुलुककै आर्थिक समृद्धि हासिल गर्न ठूलो सहयोग पुग्छ ।” उहाँले अहिले रूपैडियासँगै भैरहवा र वीरगञ्ज नाका प्रयोग गरेर भारतको रूद्रपुर औद्योगिक क्षेत्रमा आयात/निर्यात हुने गरेको बताउनुभयो । “सुदूरपश्चिममा जडीबुटीलगायतका थुप्रै सम्भावना छन् बन्दरगाह निर्माणपछि हामीले तेस्रो मुलुकसँग पनि व्यापार गर्न सहज हुन्छ”, उहाँले भन्नुभयो, “यसले वस्तुको लागत त घट्छ नै रोजगारीका सम्भावना समेत खुल्छन् ।” उहाँले भारतको राजधानी नयाँदिल्ली र उत्तराखण्डस्थित औद्योगिक क्षेत्र रूद्रपुरसम्म सहज पहुँच हुने हुँदा सुदूरपश्चिमको विकासमा ठूलो योगदान मिल्ने बताउनुभयो ।

विसं २०६४ मा सुक्खा बन्दरगाह निर्माण गर्ने घोषणा गरेपनि विभिन्न प्रक्रियागत अल्झनका कारण निर्माणको प्रक्रिया अघि बढ्न सकेको थिएन । सरकारले डेढ दशकपछि दोधारा चाँदनी नगरपालिका–१ स्थित सुक्खा बन्दरगाह निर्माण अघि बढाएको हो । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले सुक्खा बन्दरगाहको प्रारम्भिक निर्माण कार्यको थालनी भएको जानकारी दिनुभयो । “निर्माण कार्यको प्रारम्भिक काम सुरू भएको छ पहिलो चरणमा यहाँ फिलिङ, पर्खाल निर्माण र निर्माणको लागि आवश्यक सामग्री ल्याउने काम गर्नुहुन्छ”, उहाँले भन्नुभयो, “यसको विधिवत् रूपमा दुवै देशका प्रधानमन्त्रीहरूले शिलान्यास गर्नुहुन्छ ।” उहाँले बन्दरगाह निर्माणपछि सुदूरपश्चिम मात्रै नभएर नेपालकै आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो ।

“यो व्यापारिक पूर्वाधारले भारतबाट आयात मात्रै नभएर निर्यात गर्ने गरी उद्योगधन्दा खेल्नुपर्छ”, उहाँले भन्नुभयो, “यही नाका भएर तेस्रो मुलुकसँग निर्यात गर्न सकिने ठूलो अवसर छ त्यसकारण निर्यात गर्ने गरी पनि उत्पादनमा जोड दिनुपर्छ ।” बन्दरगाह निर्माणका लागि दोधारा चाँदनी नगरपालिका–१ स्थित गौरीशङ्कर सामुदायिक वनको ४२ दशमलव ३६ हेक्टर क्षेत्रफलमा पूर्वाधार निर्माणको थालनी भएको छ ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने सुक्खा बन्दरगाहका लागि नेपाल सरकार र भारत सरकारबीच जुन १, २०२३ मा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सोही सम्झौताअनुसार भारतीय पक्षले बन्दरगाह निर्माणका लागि दुई अर्ब ५४ करोड ३१ लाख ९९ हजार भारतीय रूपैयाँ लागतमा ठेक्का सम्झौता गरेको हो ।

बन्दरगाह निर्माणका लागि प्रयोग हुने ४२ दशमलव ३६ हेक्टर क्षेत्रफलमा दुई वटा गोदाम भवन, भन्सार चेक जाँच भवन, क्वारेन्टाइन भवन, इमिग्रेसन भवन, सुरक्षा भवनललगायत पूर्वाधार निर्माण हुने इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

सुदूरपश्चिममा अहिलेसम्म भारतसँगको कनेक्टिभिटी सजिलो ढङ्गले विकास नभएका कारण भारतसँग व्यापार गर्न पाइएको छैन । कैलालीको त्रिनगर नाकामा भारतसँग आवतजावतबाहेक व्यापारिक लाभ हुन सकेको छैन । छिमेकी मुलुक भारतका सबैभन्दा ठूला औद्योगिक सहरहरू र महत्वपूर्ण आर्थिक गतिविधि र औद्योगिक करिडोर भएका सहरहरूसँग सुदूरपश्चिमको कञ्चनपुर नजिकबाट जोडिएको जिल्ला हो ।

सुक्खा बन्दरगाह निर्माणसँगै पश्चिममी नाका सञ्चालनमा आए सुदूरपश्चिममा थुप्रै सम्भावनाको ढोका खुल्ने भए पनि नेपालले भने त्यसको पूर्वतयारीमा जुट्नुपर्ने आर्थिक विश्लेषक गोर्कण अवस्थी बताउँछन् । “यो नाका सुचारु हुनेबित्तिकै लामो दूरीबाट आवतजावत गर्नुपर्ने बाध्यता हट्छ”, उहाँले भन्नुभयो, “नाका सुचारूपूर्व सुदूरपश्चिममा सरकारले औद्योगिक र कृषिको विकास गर्नसके यसले भारतको उत्तर प्रदेश र उत्तराखण्डमा बजार पाउँछ ।” नेपालले सुक्खा बन्दरगाहसम्मको छ लेनको पहुँच मार्ग र महाकाली नदीमा चार लेनको पक्की पुल सञ्चालनमा आइसकेको छ ।

Previous Post

सिंघम’ले चम्काएकाे थियो काजल अग्रवालको भाग्य…

Next Post

शाहरुख खानलाई पहिलो राष्ट्रिय चलचित्र पुरस्कार, छोरी सुहाना र श्रीमती गौरीको भावुक बधाई

metakhabar

metakhabar

सम्बन्धित खबर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम
फिचर-ब्यानर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

१२ असार २०८३,
इरानमा कडा अनुगमन आवश्यक : आइएइए
अन्तर्राष्ट्रिय

इरानमा कडा अनुगमन आवश्यक : आइएइए

१२ असार २०८३,
मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल
समाचार

मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

१२ असार २०८३,
रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा
खेलमैदान

रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

१२ असार २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

१२ असार २०८३,
‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री
फिचर-ब्यानर

‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

१२ असार २०८३,
Load More
Next Post
शाहरुख खानलाई पहिलो राष्ट्रिय चलचित्र पुरस्कार, छोरी सुहाना र श्रीमती गौरीको भावुक बधाई

शाहरुख खानलाई पहिलो राष्ट्रिय चलचित्र पुरस्कार, छोरी सुहाना र श्रीमती गौरीको भावुक बधाई

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In