• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निकोबार परियोजनामा तीव्र विवाद

    निकोबार परियोजनामा तीव्र विवाद

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दुग्धेश्वरनाथ महादेव मन्दिरमा दर्शनाथीको भीड

metakhabar by metakhabar
१९ साउन २०८२,
0
दुग्धेश्वरनाथ महादेव मन्दिरमा दर्शनाथीको भीड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज (पर्सा), १९ साउन : पर्सा राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्ने श्री १०८ दुग्धेश्वनाथ महादेव मन्दिरमा दर्शन गर्ने श्रद्धालु भक्तजनको भीड लागेको छ । साउन महिनाभरि लाग्ने सो मेलामा खासगरी साउने सोमबार भने भक्तजनको अत्यधिक घुइँचो लाग्ने गरेको छ । दुग्धेश्वरनाथ महादेव मन्दिर भाथाधाम संरक्षण समितिका अध्यक्ष अलखदेवप्रसाद थारूले दुग्धेश्वरनाथ महादेवको दर्शन गर्न आइतबार दिउँसोदेखि नै भक्तजनको उपस्थिति बढेको बताउनुभयो ।

‘छिमेकीमूलुक भारतको विहार र उत्तरप्रदेशका भक्तजन धेरैजसो ट्र्याक्टरमा सवारी गरेर आउने गर्नुहुन्छ,’’ उहाँले भन्नुभयो,‘‘आइतबारबेलुकादेखि भक्तजनहरु आउनेक्रम ह्वात्तै बढेको छ । आज बिहानैदेखि भक्तजनहरु लामवद्ध भएर भगवानको दर्शनको लागि मन्दिर परिसरमा लामबद्ध भएर दर्शन र पूर्जाअर्चना बसिरहनुभएको छ ।’’

अध्यक्ष थारूले कतिपय भक्तजन आइतबार रातको समयमा महादेव भगवानको आराधाना गरेर सोमबार बिहानै दुग्धेश्वरनाथ महादेव र पार्वतीको मन्दिरमा जल चढाएर फर्किने बताउनुहुन्छ ।‘‘हाम्रो आफ्नै धर्मशालामा करिब एक हजारभन्दा धेरै दर्शनार्थी अट्ने गर्नुहुन्छ,’’ उहाँले भन्नुभयो । दुग्धेश्वरनाथ महादेव मेला व्यवस्थापन समितिका अध्यक्ष ग्यानलाल पटेलले दुग्धेश्वरनाथ महादेव मन्दिर दर्शन गर्नका लागि आउने दर्शनार्थीमध्ये ७५ प्रतिशत भारतीय हुने बताउनुहुन्छ ।‘‘दुग्धेश्वरमहादेव मन्दिरप्रति आस्था र सद्भाव राख्ने दर्शनार्थीको मनोकांक्षा पूरा हुने भएकाले पनि आउनलाई तछाडमछाड जस्तै हुने गर्छ,’’ उहाँले भन्नुभयो,‘‘समितिले साउन महिनाभर चल्ने मेलाका लागि अस्थायी बसोबासको लागि त्रिपाल शौचालय, खानेपानी लगायतको प्रबन्ध गर्दै आइरहेका छौँ ।’’

मेला समितिका अध्यक्ष ग्यानलाल पटेलले पर्साजिल्लाबाट सङ्घीय र प्रदेश गरेर पाँच जना मन्त्री भए पनि भाथाधामको लागि आवश्यक सहयोग प्राप्त गर्न नसकेको गुनासो गर्नुभयो । ‘‘भाथाधामको लागि हामीले व्यवस्थित खालको धर्मशालाको काम अघि बढाए पनि अझैसम्म पनि अधुरै रहेको छ,’’ उहाँले भन्नुभयो,‘‘धाममा बिजुली, खानेपानी लगायतको अभाव भए पनि त्यसको परिपूर्तिको लागि कसैको पनि सहयोग प्राप्त गर्न सकिरहेका छैनौँ ।’’ पर्सा राष्ट्रिय निकुञ्जभित्रको जङ्गलको यात्रा गरेपछि चुरेपहाडको डाँडामा दुग्धेश्वरनाथ महादेव र भगवती पार्वतीको मन्दिर अवस्थित छ । चुरेको फेदी र चारकोसे झाँडीबीचको नदीभन्दा केही अग्लो भागमा महादेव र पार्वतीको मन्दिर रहेको छ । मेला समितिका अध्यक्ष पटेलले आज भारतीय र नेपाली दशनार्थीको अत्यधिक उपस्थिति हुने भएकाले पनि व्यवस्थित गर्न पनि हम्मेहम्मे पर्ने बताउनुभयो । अध्यक्ष पटेलले आज मात्रै एक लाखभन्दा धेरै दर्शनार्थीले मन्दिरको दर्शन गर्ने दाबी गर्नुभयोे ।

पर्टेवा सुगौली गाउँपालिकाका अध्यक्ष दिनेशकुमार चौधरीले पनि दुग्धेश्वरनाथ मेलालाई लक्षित गर्दै अस्थायी शौचालय र सडकको मर्मतसम्भारको काम गर्दै आइरहेको बताउनुभयो ।‘‘दुग्धेश्वरमहादेव मन्दिर यहाँको आस्थाको धरोहरको रुपमा रहेको छ । यसको संरक्षण र प्रवद्र्धनको लागि सबैले हातेमालो गरेर अघि बढ्न जरुरी भइसकेको छ,’’ उहाँले भन्नुभयो । मन्दिर दर्शन गर्न दशनार्थी चारपाङ्ग्रे सवारीसाधन, ट्र्याक्टर, मोटरसाइकल र पैदल हिँडेरै आउने गर्छन् । धेरैजसो दशनार्थी मोटरसाइकल र ट्र्याक्टर चढेर आउने गर्छन् ्। मन्दिरमा साउनभरि मेला लाग्ने गर्छ । यो मन्दिर वीरगञ्जबाट सवारीसाधनमा डेढदेखि दुई घण्टाको यात्रापछि पुगिन्छ । राष्ट्रिय निकुञ्जभित्रपर्ने भएकाले जङ्गली जनावरको जोखिम हुने भएकाले बेलुका सात बजेपछि मन्दिर जाने सडक बन्द गर्ने गरिन्छ । बिहान ६ बजेपछि भने फेरि खुलाउने गरिन्छ । अन्य सिजनमा भने पूर्णतया यहाँ जान रोक लगाइने गरिन्छ । पर्साको जगनाथपुर गाउँपालिकाबाट दुग्धेश्वर महादेवको आइतबार दर्शन गर्न आउनुभएकी विष्णु देवीले महादेव मन्दिरको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने विश्वास लिएर दर्शन गर्न आएको बताउनुभयो ।

Previous Post

मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु

Next Post

आँखा उपचार सेवालाई थप प्रभावकारी बनाउन सहकार्य

metakhabar

metakhabar

सम्बन्धित खबर

निकोबार परियोजनामा तीव्र विवाद
अन्तर्राष्ट्रिय

निकोबार परियोजनामा तीव्र विवाद

१९ बैशाख २०८३,
८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने
फिचर-ब्यानर

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

१९ बैशाख २०८३,
मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
फिचर-ब्यानर

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

१९ बैशाख २०८३,
म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
समाचार

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

१९ बैशाख २०८३,
अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित
अन्तर्राष्ट्रिय

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

१९ बैशाख २०८३,
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
समाचार

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

१९ बैशाख २०८३,
Load More
Next Post
आँखा उपचार सेवालाई थप प्रभावकारी बनाउन सहकार्य

आँखा उपचार सेवालाई थप प्रभावकारी बनाउन सहकार्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In