• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी

    काँग्रेसको संसद समन्वय वोर्डको प्रथम बैठक आज बस्दै

    रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार

    रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार

    तीन हजार १९० हेक्टर वनक्षेत्र अतिक्रमण

    तीन हजार १९० हेक्टर वनक्षेत्र अतिक्रमण

    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    आजको मौसमः कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल वैशाख २२ गते मंगलबारको राशिफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी

    काँग्रेसको संसद समन्वय वोर्डको प्रथम बैठक आज बस्दै

    रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार

    रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार

    तीन हजार १९० हेक्टर वनक्षेत्र अतिक्रमण

    तीन हजार १९० हेक्टर वनक्षेत्र अतिक्रमण

    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    आजको मौसमः कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल वैशाख २२ गते मंगलबारको राशिफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

प्लास्टिकजन्य फोहरले बुकीपाटन कुरुप बन्ने खतरा

metakhabar by metakhabar
१८ साउन २०८२,
0
आहा ! ढोरपाटन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ढोरपाटन (बागलुङ), १८ साउनः तीन वर्ष अगाडिसम्म ढोरपाटनको बुकीपाटन क्षेत्रमा गोठाला र वस्तुभाउबाहेक कोही जाँदैनथे । पाटनैभरि वनफूल फुल्थे । वस्तुभाउ चर्दै पुग्ने ठाउँसम्म गोबर भेटिन्थ्यो । तर अहिले बुकीपाटनमा पर्यटकको आकर्षण बढेको छ । गत वर्षदेखि ढोरपाटन पुगेका आन्तरिक तथा बाह्य पर्यटक बुकीपाटन उक्लिन थालेपछि पहिले वनफूल र गोबर भेटिने ठाउँमा अहिले प्लास्टिक र सिसा भेटिन थालेका छन् । फुमफिरका गर्न आएका पर्यटकले यत्रतत्र फोहर फाल्दा बुकीपाटन कुरुप बन्ने जोखिम बढेको छ ।

ढोरपाटन नगरपालिका–९ पाखाथरदेखि उकालो लागेपछि पदमार्गका छेउछाउ, कोल्सा, डाँडा, खोला र बुकीपाटनसम्मै बिस्कुट, चाउचाउका प्लास्टिक, सिसा, रेडबुल र पानीका बोत्तल छरपस्ट भेटिन्छन् । पर्यटन तथा उद्योग कार्यालय बागलुङ र ढोरपाटन सिकार आरक्षले पदमार्गको ठाउँठाउँमा फोहर फाल्ने खाडल बनाए पनि त्यसको प्रयोग कमै भएको छ । बुकीपाटनमा सिरसिर सिरेटो चलिराख्ने हुँदा एक ठाउँ फालेको फोहर उडाएर टाढाटाढा पुर्याउने गरेको छ ।

बुकीपाटनमा अधिकांश पर्यटकले प्लास्टिकजन्य सामग्री बोकेर जाने प्रयोग भइसकेपछि उतै फ्याँकेर फर्किने गरेको स्थानीय गोठाला लोकबहादुर विश्वकर्माले बताउनुभयो । जथाभावी रूपमा फालेको प्लास्टिक घाँससँग वस्तुभाउले खाँदा बिरामी परेको उहाँको भनाइ छ । बिरामी वस्तुभाउको गोबरमै प्लास्टिकका टुक्रा फेला पर्ने विश्वकर्माले सुनाउनुभयो । प्लास्टिक खाएर आफ्ना तीनवटा भेडा मरेको उहाँले गुनासो पोख्नुभयो ।

“पहिला लेकमा गोठालामात्रै हुन्थ्यौँ, बाहिरी मान्छे आउँदैनथे, गाठालाले खासै प्लास्टिक ल्याउँदैनथे, अहिले त बुकीको ठाउँठाउँमा जता पनि कागज भेटिन्छन्”, उहाँले भन्नुभयो, “उनीहरुले बोकेर आउने चाउचाउ, बिस्कुटको प्लास्टिक सबै यही फालेर जान्छन्, त्यो प्लास्टिक खाएर हाम्रो पशुचौपाय बिरामी पर्छन्, केही दिन अगाडि तीन भेडा मरे, मरेका भेडाको गोबरमा बिस्कुटबाहिरको प्लाष्टिक भेटियो ।”

उपत्यकादेखि बुकीपाटन जाने पर्यटकका लागि अहिलेसम्म कुनै पनि मापदण्ड बनाइएको छैन । पर्यटकले आफूलाई मन लागे जतिको समान बुकीपाटन लिएर जाने गर्छन् । यस वर्ष माथिल्लो क्षेत्रमा धेरै प्लास्टिकजन्य फोहर थुप्रिन थालेको ढोरपाटन उपत्यकाका होटल व्यवसायी धिरेन्द्र घर्तीमगरले बताउनुभयो । गर्पाछेडा, टीकाधारा, फुर्से देउराली, फागुनेलगायतका बुकीपाटन क्षेत्रमा जाने पर्यटकले होटलबाटसमेत वियर, रमलगायतका पेयपदार्थ बोकेर जाने गरेको भन्दै त्यसको सिसा उतै फ्याँकेर आउने गरेको उहाँको भनाइ छ ।

घर्तीमगरले भन्नुभयो, “सिकार आरक्ष अथवा नगरपालिकाले बुकीपाटन जानका लागि एउटा मापदण्ड बनाउनुपर्ने देखियो, यही हिसाबले बुकीपाटनमा फोहर बढ्दै गयो भने त यसको असर खतरनाक हुनसक्छ, भोलि त्यस क्षेत्रमा फुल्ने फूल, घाँस र जीवजन्तुलाई असर पुग्छ, त्यसले गर्दा समयसमय सफाइ गर्ने र सीमित प्लास्टिकजन्य सामानमात्र बुकी लैजाने व्यवस्था गर्नुपर्छ ।”

सामान्य उचाइबाट एकैपटक चार हजार ३०० मिटरको उचाइसम्म पुग्दा कोही बाटोमा बिरामी हुने त कतिलाई लेकसमेत लाग्ने गरेको छ । यसतर्फ कुनै पनि निकायको ध्यान पुग्नसकेको छैन । प्लास्टिकले पर्यावरण र बुकीपाटनको सुन्दरतालाई कुरुप बनाउन सक्ने काठमाडौँबाट घुम्न आउनुभएका नितेश राजभण्डारीले बताउनुभयो । बुकीपाटन प्राकृतिक सुन्दरताका हिसाबले अत्यधिक राम्रो रहेको भन्दै उहाँले फोहर व्यवस्थापनका लागि सम्बन्धित निकाय र घुम्न जाने पर्यटकले पनि ख्याल गर्नुपर्ने बताउनुभयो । फुर्से देउराली र गर्पाछेडामा धेरै प्लास्टिक फेलापरेको उहाँको भनाइ छ ।

ढोरपाटन सिकार आरक्ष कार्यालयका सूचना अधिकारी पशुपति अधिकारीले समयसमयमा फोहर व्यवस्थापनका लागि कर्मचारी पठाउने गरे पनि प्रभाकारी हुन नसकेको बताउनुभयो । घुम्न आउने पर्यटकले बढी लापरवाही गर्दा फोहर बढेको उहाँको भनाइ छ । सिकार आरक्षले ढोरपाटनका होटल व्यवसायी र विभिन्न सङ्घसंस्थासँग सहकार्य गरेर बेलाबेलामा उपत्यकामा सरसफाइ गरे पनि बुकीपाटनमा पुग्न नसकेको अधिकारीले बताउनुभयो ।

Previous Post

आजका लागि विदेशी मुद्राको विनिमयदर

Next Post

दुई संसदीय समितिको बैठक बस्ने

metakhabar

metakhabar

सम्बन्धित खबर

उद्योग वाणिज्य महासंघको निर्वाचन आज
समाचार

उद्योग वाणिज्य महासंघको निर्वाचन आज

२२ बैशाख २०८३,
कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी
समाचार

काँग्रेसको संसद समन्वय वोर्डको प्रथम बैठक आज बस्दै

२२ बैशाख २०८३,
रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार
फिचर-ब्यानर

रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार

२२ बैशाख २०८३,
तीन हजार १९० हेक्टर वनक्षेत्र अतिक्रमण
फिचर-ब्यानर

तीन हजार १९० हेक्टर वनक्षेत्र अतिक्रमण

२२ बैशाख २०८३,
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

आजको मौसमः कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

२२ बैशाख २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल वैशाख २२ गते मंगलबारको राशिफल

२२ बैशाख २०८३,
Load More
Next Post
‘गणतन्त्र सुदृढ बनाउन समन्वय र सहकार्य आवश्यक’

दुई संसदीय समितिको बैठक बस्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In