• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा

    इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा

    मनाङमा ३७ हजार विदेशी पर्यटकको आगमन

    ‘पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्छ’

    डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

    डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

    बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

    बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

    धवलागिरिमा भेटियो थप रेडपाण्डा

    रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

    सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

    सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

डेढ वर्षदेखि सञ्चारविहीन छन् कफलकोटवासी

metakhabar by metakhabar
१६ साउन २०८२,
0
डेढ वर्षदेखि सञ्चारविहीन छन् कफलकोटवासी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–२ कफलकोट धुरामा रहेको नेपाल टेलिकमको टावरले काम गर्न छाडेको छ । दुई वर्ष अगाडि सञ्चालन भएको यो टावरले गएको डेढ वर्षयता काम गर्न छाडेको हो ।

टावरले काम गर्न छाडेदेखि यहाँका स्थानीय बासिन्दा सञ्चार सुविधाबाट वञ्चित भएका छन् । मोबाइलमा नेटवर्क नआउने र इन्टरनेट सेवाबाट समेत यहाँका बासिन्दा टाढा भएका छन् । टावर स्थापनापछि खुसी भएका यहाँका स्थानीय हाल भने निरास छन् । टावर सञ्चालन भएको छ महिनासम्म इन्टरनेट र मोबाइल सेवा राम्रै काम गरे पनि डेढ वर्षदेखि समस्या भएको हो ।

यहाँ करिब साढे तीन सय घरधुरी रहेको छ । फोन गर्न र इन्टरनेट सेवाकै लागि यहाँका बासिन्दा डाँडा चढ्न बाध्य रहेका स्थानीय कृष्ण भाटले बताए । उनले भने, ‘फोनको लाइन नआउँदा डाँडा चढेर फोन गर्नुपर्ने बाध्यता छ । कुनै आकस्मिक कामका लागि कतै फोन गर्नुपरेमा निकै समस्या हुने गरेको छ ।’

तल्लागाउँ, पातली, सिराड, बसाड, सल्याडलगायत बासिन्दा फोन गर्नकै लागि डाँडा चढ्ने गरेका छन् । फोन र इन्टरनेट सुविधा पाउनसमेत गाह्रो रहेको स्थानीय प्रताप महराले बताए । उनले भने, ‘गाउँघरमा फोनको लाइन आउँदैन, माथि डाँडा गएर फोन गर्नुपर्छ, समस्या समाधानका लागि टेलिकम सुन्दैन ।

फोन र इन्टरनेट सुविधा नहुँदा कफलकोटमै रहेको रौलेश्वर माविलाई पनि कामकाजमा समस्या हुने गरेको छ । विद्यालयका प्रधानाध्यापक नरेन्द्र भाटले अनलाइनबाट गरिने कुनै पनि काम गर्न समस्या रहेको बताए । उनले भने, अनलाइनसम्बन्धी काम गर्न निकै समस्या छ । कागजपत्र झोलामा बाकेर सिल्लेगडा, खोचलेक बजार धाउनुपर्ने बाध्यता छ । आकस्मिक फोन गर्नुपरेमा माथि डाँडा उक्लिनुपर्छ ।

टावरले काम गर्न छाडेको विषयमा नेपाल टेलिकम बैतडीलाई पटकपटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको यहाँका स्थानीय बासिन्दा तथा जनप्रतिनिधिको गुनासो छ ।

दोगडाकेदार गाउँपालिका–२ को कार्यालयले टावरले काम गर्न छाडेको र समस्या समाधानका लागि पटकपटक लिखित रूपमा टेलिकमलाई आग्रह गरेको भए पनि हालसम्म पनि समस्या समाधान भएको छैन । टावरमा रहेको समस्याका बारेमा लिखित र मौखिक रूपमा टेलिकम कार्यालयलाई जानकारी गराए पनि समस्या हल नभएको वडा नं २ का वडाध्यक्ष विष्णुदत्त भट्टले बताए । फोन गर्नकै लागि यहाँका बासिन्दा डाँडा चढ्न बाध्य छन् । उनले भने, टावरमा समस्या रहेकोबारे पटकपटक लिखित रूपमा पनि आग्रह गरेका छौँ, तर हालसम्म पनि कुनै सुनुवाइ भएको छैन ।

नेपाल टेलिकम बैतडीका प्रमुख नारायण भट्टले धुरा टावरमा टुजी सुविधा नरहेकाले फोनको नेटवर्कमा समस्या भएको बताए । उनले भने, धुरा टावर फोरजीमात्र सञ्चालनमा छ । टुजी नहुँदा फोनमा समस्या भएको हो ।

टुजी थप्ने काम केही दिनमै हुने र नेटवर्कको समस्या समाधान हुने उनको दाबी छ । उनले भने, धुरा टावरमा टुजी थप्ने तयारीमा छौँ । भदौै महिनाभित्र टुजी थप्छौँ । भदौपछि फोन गर्नकै लागि डाँडा चढ्नुपर्ने बाध्यता रहँदैन होला ।

यसका साथै धुरा टावरमा विद्युत्को सिङ्गल फेज लाइनमात्र रहेकाले पनि समस्या आउने गरेको उनले बताए । उनले भने, सिङ्गल फेज लाइनमात्र रहेकाले बिजुली गएको बेला नेटवर्कमा पनि समस्या देखिन जाने गरेको हो । प्रमुख भट्टले धुरा टावर अपग्रेड गर्ने तयारी रहेको पनि बताए ।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

ठमेल र महाराजगन्जबाट चक्रे मिलनसहित ४७ जना गुन्डा पक्राउ

metakhabar

metakhabar

सम्बन्धित खबर

इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा
फिचर-ब्यानर

इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा

१० चैत्र २०८२,
मनाङमा ३७ हजार विदेशी पर्यटकको आगमन
आवाज

‘पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्छ’

१० चैत्र २०८२,
डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति
आर्थिक

डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

१० चैत्र २०८२,
बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो
फिचर-ब्यानर

बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

१० चैत्र २०८२,
धवलागिरिमा भेटियो थप रेडपाण्डा
आर्थिक

रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

१० चैत्र २०८२,
सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !
समाचार

सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

१० चैत्र २०८२,
Load More
Next Post
ठमेल र महाराजगन्जबाट चक्रे मिलनसहित ४७ जना गुन्डा पक्राउ

ठमेल र महाराजगन्जबाट चक्रे मिलनसहित ४७ जना गुन्डा पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In