• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

    पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

    वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

    वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

    निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

    निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

    पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

    वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

    वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

    निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

    निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

‘टोलका जातीय नाम फेरिए, आत्मसम्मान महसुस भयो’

metakhabar by metakhabar
१६ साउन २०८२,
0
पानीको स्रोत खोज्दै वीरगञ्ज महानगर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १६ साउन : आफू बस्ने ठाउँ स्वर्गभन्दा पनि प्यारो लाग्छ भन्छन्, तर डोटीकी अम्बिका आउजीलाई आफ्नो थातथलोको नामले सधैँ अपमान महसुस भइरह्यो । उहाँले मात्र होइन, टोलछिमेकका अधिकांश दलित समुदायका व्यक्तिले वर्षौँदेखि यस्तै महसुस गरिरहे ।

“आउजी÷ढोली बाडामा बस्छु भन्न पनि अपमान महसुस हुन्छ । आफ्नै ठाउँको नाम लिन नपाए हुन्थ्यो जस्तो लाग्छ किनकि त्यो शब्द मात्रै थिएन आत्मसममानमा चोट पुर्याउने कारण थियो । झन् युवापुस्ता त लाजले भुतुक्क हुन्थे”, अम्बिकाले भन्नुभयो ।

अचेल भने उहाँको टोलको नाम फेरिएको छ । पुस्तौँदेखि कायम आउजी÷ढोली बाडा अचेल फूलबारी टोल भएको छ । यसरी नाम बदलिएसँगै अम्बिकाले आफ्नो आत्मसम्मान पनि फेरिएको महसुस गर्नुभएको छ । “अब फूलबारी बस्तीकी अम्बिका हुँ भन्न गर्व लाग्छ । अरूले पनि आत्मसम्मान महसुस गर्न थालेका छन् । यो केवल नामको फेरबदल होइन, मानवअधिकार, सामाजिक पहिचान र आत्मसम्मानको पुनस्र्थापना पनि हो”, उहाँले भन्नुभयो ।

यो समाचार डोटीको दिपायल सिलगढी नगरपालिका–५ को हो । त्यहाँ जातीय आधारमा पुस्तौँदेखि कायम टोलका नामहरू फेर्ने अभियान सुरु भएको छ । केही टोलका नाम औपचारिक रूपमा परिवर्तन भइसकेका छन्, केही टोलमा नाम फेर्ने उद्देश्यले अभियान जारी छ । यहाँ गठित विभिन्न महिला समूह, वडा कार्यालय र स्थानीय सरोकार भएका व्यक्ति तथा निकायको सहकार्यमा अभियान सुरु भएको दलित महिला सङ्घ (फेडो)का कार्यक्रम संयोजक शङ्कर विश्वकर्माले बताउनुभयो ।

अचेल पुस्तौँदेखिको भुलबाडा ‘चेतना बस्ती’, आउजी÷ढोली बाडा ‘फूलबारी बस्ती’ र लोहारबाडा ‘बेतालदेउ बस्ती’मा परिवर्तन भएका छन् । वडा नं ५ बाट सुरु भएको यो अभियान अन्य वडा र गाउँपालिका हुँदै जिल्लाभर सञ्चालन गर्ने योजना रहेको विश्वकर्मा बताउनुहुन्छ । “जातका आधारमा नाम दिइएका बस्तीले दैनिकजसो बिझाउँथे । आफ्नो ठाउँको नाम भन्न पनि हीनताबोध हुन्थ्यो, किनकि त्यो पहिचानसँग अपमान, जातीय विभेद र तिरस्कार जोडिएको थियो । विद्यालय, अस्पताल, कार्यालयलगायत हरेक ठाउँमा जातमा आधारित स्थान जनाउँदा नयाँ पुस्ताले झन् अपमान बोध गर्थे”, उहाँले भन्नुभयो, “दलित समुदाय र विशेषगरी यहाँका युवापुस्ताले यस पहलकदमीलाई ऐतिहासिक भनेका छन् । हिजो आफ्नो ठाउँको नाम भन्न हिच्किचाउनेहरू अचेल गर्वले उच्चारण गर्न थालेका छन् ।”

यहाँ वडा कार्यालयको समन्वयनमा सरोकार भएकाहरूसँगको निरन्तर छलफल, समुदायस्तरका बैठक, समझदारी र सहकार्यपछि अन्ततः पुस्तैनी नामहरू परिवर्तन सम्भव भएको फेडोका जिल्ला अध्यक्ष सरिता दयालीको भनाइ छ । “ठाउँसँग जातीय पहिचान र जातसँग अपमान तथा विभेद नजोडिएको भए सायद त्यस्ता स्थानबोधक नाममा गौरवबोध हुन्थ्यो होला । हाम्रो सामाजिक परिवेशका कारण ती शब्दहरूले आत्मसम्मानमा चोट पुर्याउँथे । त्यसैले सबैको सहमतिमा नाम फेर्ने अभियान सुरु गर्यौँ, ती नाम अब सम्मानमा बदलिएका छन्”, उहाँले भन्नुभयो ।

ज्येष्ठ नागरिक दिलबहादुर कोली यस पहललाई विगतमा भोगेका अपमान र विभेदका चोटमा मल्हम लगाउने कामका रूपमा चर्चा गर्नुहुन्छ । उहाँ जीवनको उत्तराद्र्धमा समाजमा भइरहेका परिवर्तन र सकारात्मक सोचले आफूहरूलाई उत्साहित बनाइरहेको बताउनुहुन्छ ।

“टोलका नाम नाममात्र थिएनन्, तिनले पुस्तौँदेखिका गलत संस्कार, विभेदका कथाव्यथा पनि बोकिरहेका थिए । विस्तारै समय बदलिएको छ, टोलका नाम बदलिएका छन्”, कोलीले भन्नुभयो, “त्यसले विगतका विस्मृतिलाई केही भए पनि भुलाउने छन् । आत्मसम्मान बढाउन योगदान गर्नेछन्, तर नाम बदलिएसँगै विभेदका बाँकी अवशेष पनि हटाउन आवश्यक छ । नाम फेरिएजस्तै अब समानताविरोधी सोच र व्यवहार पनि बदल्न लाग्नुपर्छ ।”

यसरी सुरु भयो अभियान

डोटीको दिपायल सिलगढी नगरपालिका–५ मा दलित महिलाहरूलाई सङ्गठित गर्दै विभिन्न छ वटा समूह गठन गरिएका छन् । यसमा फेडोले सहयोग गरेको छ । यी समूहले दलित तथा सीमान्तकृत महिलालाई सङ्गठित गर्दै अधिकारको पैरवी, आर्थिक सशक्तीकरण, नागरिक चेतना अभिवृद्धि, नेतृत्व विकासका माध्यमबाट स्थानीय सरकारका नीति, कार्यक्रम र बजेटमा आफ्ना सवाल सम्बोधन गर्न पहल गरिरहेका छन् ।

यसै क्रममा ती समूहले संयक्त रूपमा कार्ययोजना बनाएर जातिगत टोलका नाम परिवर्तन गर्र्ने नीति लिएका थिए । त्यसका लागि समूहले स्थानीय जनप्रतिनिधि र सरोकार भएकासँग संवाद गरे । संवादले जातीय विभाजनमा आधारित नामहरू परिवर्तन गर्दै समावेशी र सकारात्मक पहिचानबोध नाम राख्ने निष्कर्ष निकाले । यसमा त्यस क्षेत्रमा क्रियाशील विभिन्न निकाय, जनप्रतिनिधि, विशेषगरी वडा नं ५ कार्यालयले सहयोग गरेपछि नाम परिवर्तन सम्भव भएको सक्रिय महिला समूहकी अध्यक्ष जानकी भूलले जानकारी दिनुभयो । पछि बृहत् छलफल र घोषणासभा आयोजना गरी सबैको सहमतिमा टोलका नाम अनुमोदन गरिएका आवाज स्वयं सहायता पैरवी समूहका अध्यक्ष सृजना सिलाधरले बताउनुभयो ।

नाम परिवर्तनबाट जातीय पहिचानका आधारमा हुने विभाजनलाई हटाउँदै सामाजिक सद्भावको उदाहरण प्रस्तुत गरिएको वडाध्यक्ष गणेशबहादुर भण्डारीको भनाइ छ । “नाम भनेका त पहिचान र आत्मसम्मानका आधार पनि हुन्, तर तिनमा आत्मसम्मान महसुस गरिएन भने किन राखिरहनु । विगतमा जे भयोभयो अबको सचेत समाजले त्यसलाई स्वीकार्दैन । त्यसैकारण नाम बदल्न हाम्रो पनि समर्थन रह्यो”, उहाँले भन्नुभयो, “यसले दलित समुदायका व्यक्तिले सम्मानको अनुभूति गरेका छन् । समुदायबीच एकता र भाइचारा सुदृढ गर्न जातीय भेदभावजन्य कुनै पनि कुरालाई स्थान दिनुहुँदैन । समावेशी र सशक्त समाज निर्माणमा सबैले अपनत्व र आत्मसम्मान महसुस गर्नुपर्छ । त्यसमा यो अभियानले सघाउ पुर्याएको छ ।”

फेडोका केन्द्रीय महासचिव रेणु सिजापति डोटीको एउटा वडाबाट सुरु भएको अभियानले सकारात्मक सन्देश प्रवाह गरेकाले अन्य ठाउँमा पनि यसको विस्तार गरिने बताउनुहुन्छ । “यो समस्या डोटी, त्यहाँको एउटा वडाको मात्र होइन, जिल्ला र देशभरिकै हो । त्यसैले यसबाट अरुले पनि सिक्नुपर्छ । त्यसका लागि हामीले सहजीकरण गर्छौँ”, उहाँले भन्नुभयो ।

पहल सानो तर सन्देश ठूलो

वर्षौँसम्म जातीय आधारमा राखिएका टोलका नामलाई सामान्य मानिन्थ्यो । दलितहरूले पुस्तौदेखि चुपचाप समर्थन जनाइरहे पनि आफ्नो थातथलोबारे अपनत्व भने महसुस गरेका थिएनन् । अभियन्ता दुर्गा सोव यस्तो अवस्था देशका अधिकांश ठाउँमा रहेको बताउनुहुन्छ । “कतिपय ठाउँमा त डुम बाडा, कामी बाडा, दमाई बाडा र यस्तैयस्तै नाम अहिले पनि छन् । विगतको पुस्ताले यसलाई सामान्य रूपमा लिए पनि अहिलेको पुस्ताले त अपमान महसुस गरिरहेको छ । आफ्नो ठाउँबारे गर्व महसुस नभएपछि कतिपयले थातथलो छाडेको भनेर गुनासोसमेत गरेको सुनेकी छु । त्यसैले डोटीको एउटा वडाबाट सुरू भएको पहल सानो भए पनि यसमा सन्देश ठूलो छ”, उहाँ भन्नुहुन्छ ।

फेडोका संस्थापक सोव थातथलो मात्र होइन, दलित समुदायका कतिपय व्यक्तिले आफ्नो नाममै अपमान महसुस गरिरहेको बताउनुहुन्छ । त्यसबारे २०७९ सालको सुरुतिर नागरिकतामा होच्याउने गरी राखिएका दलित समुदायका व्यक्तिका नामबारे आएका खबर उहाँ सम्मरण गर्नुहुन्छ । “यहाँहरू जस्तै मिडियाले लेखेपछि विषय बाहिर आयो । दलित समुदायका कतिपय व्यक्तिका नागरिकतामा फ्याउरो, सिँगाने, कुत्ता, कुकुर्नी, कुकुर, नौपुठे, ढाले, काली गासे, गोप्लो, लाटो, लुखुरीजस्ता नाम राखिएका थिए”, उहाँले भन्नुभयो, “सुरुमा यी कुरा सामान्य लाग्थे, पछि दलित समुदायका सचेत नागरिक र अरु अधिकारकर्मीले विरोध जनाएपछि सरकार नागरिकता सच्याउन बाध्य भएको थियो । अब वर्षौँदेखि जातीय आधारमा राखिएका विभिन्न ठाउँका अपमानबोधक नाम फेर्ने डोटीको पहललाई सराहना गर्नुपर्छ ।”

त्यसबेला व्यापक विरोधपछि सरकारले त्यस्ता नागरिकता जारी नगर्न र जारी भएका नागरिकता सच्याउन मातहतका निकायलाई निर्देशन दिएको थियो । विसं २०७९ साउन २३ गते सरकारले गृह मन्त्रालयमार्फत एक विज्ञप्ति जारी गरी नागरिकता सच्याउन भनेको थियो । अपमानजन शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी प्रमाणपत्र जारी नगर्न र त्यसरी अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाइएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ”, विज्ञप्तिमा भनिएको थियो ।

बस्तीका नाम फेर्ने कुरा नागरिकता सच्याउने जस्तो ठूलो विषय पनि होइन । त्यसैले यस अभियानलाई देशव्यापी बनाइने फेडोका केन्द्रीय अध्यक्ष कलापति सुवर्णकारको भनाइ छ ।

“नाम नाममात्र होइन, त्यसमा पहिचान जोडिएको हुन्छ । पहिचान मानिसको सबैभन्दा ठूलो सम्पत्ति हो, तर यसैमा कसैले आत्मसम्मान महसुस गर्दैन भने त राम्रो भएन नि ! त्यसैले डोटीमा दलितको अभियानमा गैरदलितले पनि समर्थन जनाएपछि अभियान सार्थक हुँदैछ । अब यसको विस्तारमा लाग्छौँ”, उहाँले भन्नुभयो ।

वडाअध्यक्ष भण्डारी यस अभियानलाई वडा, गाउँपालिका हुँदै जिल्लाभर विस्तार गर्न आफूहरूको सहयोग रहने बताउनुहुन्छ, “अबको पुस्ता जातले होइन, चेतनाले चिनिने छ । त्यसका लागि हाम्रो वडाबाट सामाजिक रूपान्तरणको सुरुआत भएको छ । हामीले नाम त परिवर्तन गर्यौँ, अब मन र व्यवहार पनि बदल्नुपर्छ । जातीय विभेदबाट मुक्ति पाउनु केवल दलित समुदायको सरोकारको कुरामात्र होइन, यो सामूहिक उत्तरदायित्व हो ।”

समस्या डोटीमा मात्र छैन देभभरि नै छ, तर विशेषगरी सुदूरपश्चिममा यो समस्या अझ बढी छ । यहाँका अधिकांश जिल्लाका बस्तीमा गैरदलित बसोबास गर्ने स्थानका नाम देवीदेउता, ऐतिहासिक पृष्ठभूमि र भूगोलको गौरबगाथासँग जोडेर राखिएका छन्, तर दलित बस्तीका नाम भने संविधानले नै बर्जित गरेका शब्दलाई जातसँग जोडेर राखिएका छन् । त्यसैकारण यस्तो अभियान सञ्चालन गर्नुपरेको सरोकारवालाको भनाइ छ ।

Previous Post

वृक्षरोपणमा चासो : संरक्षणमा उदासिनता

Next Post

झाँगिदै सम्बन्धविच्छेदः स्वतन्त्रताको खोजी कि सामाजिक विचलन ?

metakhabar

metakhabar

सम्बन्धित खबर

‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’
समाचार

‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

२० फाल्गुन २०८२,
पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ
फिचर-ब्यानर

पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

२० फाल्गुन २०८२,
वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ
फिचर-ब्यानर

वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

२० फाल्गुन २०८२,
निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ
फिचर-ब्यानर

निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

२० फाल्गुन २०८२,
बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

२० फाल्गुन २०८२,
निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह
आवाज

निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

२० फाल्गुन २०८२,
Load More
Next Post
झाँगिदै सम्बन्धविच्छेदः स्वतन्त्रताको खोजी कि सामाजिक विचलन ?

झाँगिदै सम्बन्धविच्छेदः स्वतन्त्रताको खोजी कि सामाजिक विचलन ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In