• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
सोमबार, ९ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

    तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

    पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

    पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

    पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा

    मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

    स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

    स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    पोखरामा पर्यटकीय चहलपहल बढ्यो

    मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

    मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

तल्लो सोलुको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
१० साउन २०८२,
0
तल्लो सोलुको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

हिमाली जिल्ला सोलुखुम्बुस्थित ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा आबद्ध भएको छ।

जिल्लाको सोलुखोलामा निर्माण सम्पन्न उक्त आयोजनाको सोलु करिडोरको १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत तिङ्ला सबस्टेसन हुँदै राष्ट्रिय ग्रिडमा जोडिएको हो। निजी लगानीमा निर्माण भएको यो आयोजना उत्पादन र प्रवाहको दृष्टिले एक महत्वपूर्ण काशेढुङ्गा बनेको छ।

सोलु हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित उक्त आयोजनाले गत साउन ४ गतेदेखि पहिलो युनिटको विद्युत् उत्पादन सुरु गरी परीक्षणसहित ग्रिडमा जोडिएको आयोजनाका सहायक प्रबन्धक कृष्णबहादुर चौधरीले जानकारी दिए।

उनका अनुसार सोलुदूधकुण्ड नगरपालिका–७ र ११ को सीमानामा पर्ने साल्मेमा बाँध निर्माण गरी, करिब छ किलोमिटर तल तिङ्लाको भदौरेस्थित भूमिगत पावरहाउसमा पानी झारेर विद्युत् उत्पादन गरिएको हो।

पाँच किलोमिटर लामो सुरुङमार्ग निर्माण गरी खोलाको बहावलाई नियन्त्रण गर्दै ऊर्जा उत्पादन गर्ने संरचना निर्माण गरिएको छ। सहायक प्रबन्धक चौधरीले भने, ‘४१-४१ मेगावाट क्षमताका दुईवटा पेल्टन टरबाइन जडान गरिएको छ ।

दुवै युनिटको ग्रिडमा सफल परीक्षण सम्पन्न भइसकेको छ। अब नेपाल विद्युत् प्राधिकरणले आगामी १५ दिनसम्म उत्पादन परीक्षण गर्नेछ।’ परीक्षणपछि विद्युत् प्राधिकरणको स्वीकृति प्राप्त गरेपछि आयोजनाले व्यावसायिक रूपमा नियमित विद्युत् प्रवाह सुरु गर्ने जनाइएको छ।

सन् २०१६ मा सुरु गरिएको यस विद्युत् निर्माणको सुरुआतदेखि नै आयोजनालाई भौगोलिक कठिनाइ, प्राविधिक जटिलता र जलवायुजन्य अवरोध आएको थियो। निर्माण अन्तिम चरणमा पुगेका बेला, पहिरोले पेनस्टकसहितको संरचनामा ठूलो क्षति पुर्‍याएको थियो।

जसका कारण सबै संरचना पुनः निर्माण गर्नु परेको आयोजना सहायक प्रबन्धक चौधरीले बताए। यो फेरबदलले लागतमा केही वृद्धि गरेको भए पनि दीर्घकालीन टिकाउपनामा फाइदा पुग्ने अपेक्षा गरिएको छ।

एफएमओसहितका विभिन्न युरोपियन बैङ्कहरूको रु १६ अर्ब लगानीमा निर्माण भएको यो आयोजना, निजी क्षेत्र र अन्तर्राष्ट्रिय सहकार्यको नमूना बन्न पुगेको छ। यति ठूलो परिमाणको लगानी, जोखिम व्यवस्थापन तथा समयभन्दा अगावै निर्माणसम्पन्न हुनु आफैमा एक सकारात्मक भएको आयोजनाका जानकारहरु बताउँछन्।

निर्माण कम्पनीले आयोजनालाई सेप्टेम्बर २०२५ भित्र सम्पन्न गर्ने लक्ष्य राखेको भए पनि निर्माण कार्य दुई महिनाअघि नै सम्पन्न गरी विद्युत् उत्पादन प्रारम्भ गरेको बताइएको छ । यस तल्लो सोलु आयोजनाबाट हिउँदमा न्यूनतम २३ मेगावाट र वर्षायाममा अधिकतम ८२ मेगावाट विद्युत् उत्पादन हुने लक्ष्य राखिएको छ।

उत्पादन भएको विद्युत् १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत तिङ्ला सबस्टेसन हुँदै राष्ट्रिय ग्रिडमा प्रवाह भइरहेको छ। यो आयोजना सरकारको ‘सुपर सिक्स’ परियोजनाको हिस्सा हो, जसअन्तर्गत निजी लगानीमा निर्माण भइरहेका ६ वटा प्रमुख जलविद्युत् आयोजना समावेश छन्।

नेपालमा निजी क्षेत्रबाट अहिलेसम्म निर्माण भएको सबैभन्दा ठूलो आयोजना भने ८६ मेगावाटको सोलु दूधकोशी हो। जुन यसअघि नै सञ्चालनमा आइसकेको छ। तल्लो सोलु आयोजनाले निजी लगानीको दोस्रो ठूलो जलविद्युत् आयोजना हो।

विद्युत् उत्पादनसँगै यस आयोजनाले सोलुखुम्बु जिल्लामा रोजगार, पूर्वाधार, व्यावसायिक गतिशीलता र आर्थिक क्रियाकलापमा उल्लेखनीय योगदान दिएको छ। सुरुङ खन्नेदेखि पेनस्टक राख्ने, टरबाइन जडानदेखि पावर हाउस सञ्चालनसम्म दर्जनौँ स्थानीय युवा प्राविधिक र अप्राविधिक क्षेत्रमा संलग्न भएका थिए।

स्थानीय जनप्रतिनिधिहरूले यो आयोजना सोलुखुम्बुको समृद्धिको मूल आधार बन्ने विश्वास व्यक्त गर्दै आएका छन्। विद्युत् उत्पादनसँगै पर्यटन, उद्योग, सेवा र पूर्वाधार विकासमा थप गति आउने अपेक्षा गरिएको छ।

अघिल्लो समाचार

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

अर्को समाचार

थारू समुदायको मौलिक पहिचान छतरी हराउँदै

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार
कृषि

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

८ कात्तिक २०८३,
पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री
जीवन शैली

पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

८ कात्तिक २०८३,
पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा
आवाज

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र
समाचार

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

८ कात्तिक २०८३,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
टुरिजम

पोखरामा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न
आवाज

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

८ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
थारू समुदायको मौलिक पहिचान छतरी हराउँदै

थारू समुदायको मौलिक पहिचान छतरी हराउँदै

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

८ कात्तिक २०८३,
पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

८ कात्तिक २०८३,
पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

८ कात्तिक २०८३,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

पोखरामा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

८ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
  • बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    0 shares
    Share 0 Tweet 0
  • पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन