• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

    कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

    भाद्र कृष्ण पञ्चमीः कोलमती घाटस्नान गरिँदै

    भाद्र कृष्ण पञ्चमीः कोलमती घाटस्नान गरिँदै

    हेटौँडा–काठमाडौँ आवतजावतमा ‘वान–वे’ रुट

    हेटौँडा–काठमाडौँ आवतजावतमा ‘वान–वे’ रुट

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

    बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

    पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

    पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

त्रिलोकेश्वरबाट पशुपतिसम्म कलश यात्रा सम्पन्न

metakhabar by metakhabar
६ साउन २०८२,
0
त्रिलोकेश्वरबाट पशुपतिसम्म कलश यात्रा सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भक्तपुर, ६ साउनः चाँगुनारायण नगरपालिका-७ वागेश्वरीस्थित बागेहिटी देवी मन्दिर परिसरमा रहेको त्रिलोकेश्वर महादेव मन्दिरबाट पशुपतिनाथ मन्दिरसम्म सुरु भएको कलश यात्रा सोमबार साँझ सम्पन्न भएको छ ।

सोमबारदेखि सुरु भएको एकमहिने साउने मेलाका अवसरमा सयौँको सङ्ख्यामा बागेश्वरीस्थित बागेहिटीबाट सुरु भएको कलश (जल) यात्रा पशुपति मन्दिरमा लगेर चढाउनुका साथै पशुपति मन्दिरबाट जल भरेर पुनःफर्केको कलश यात्रा त्रिलोकेश्वर महादेव मन्दिरमा ल्याएर जलार्पण गरिएको थियो ।

‘नगरकोट भ्रमण वर्ष-२०८२’ को अवसर पारेर बागेहिटी संरक्षण समितिद्वारा सोमबारदेखि बागेहिटीस्थित त्रिलोकेश्वर महादेव मन्दिरमा सञ्चालन गरेको श्रावणी महोत्सवको पहिलो दिन पशुपतिसम्मको कलश यात्रा गरी जलार्पण गरिएको महोत्सव आयोजक समितिका प्रचार संयोजक रमेश अधिकारीले राससलाई जानकारी दिनुभयो ।

तीनतले महादेवको नाममा प्रसिद्ध त्रिलोकेश्वर महादेव मन्दिरमा श्रावणी महोत्सवसँगै यही साउन ५ गतेदेखि १९ गतेसम्म शिवपुराण ज्ञान महायज्ञ र साउन १९ गतेदेखि २६ गतेसम्म नारायण महायज्ञको आयोजना हुने बताउँदै उहाँले महायज्ञमा विदुषी वाचिका यशोधा देवीबाट कथा प्रवचन हुने जानकारी दिनुभयो ।

यसैगरी, सोमबर चाँगुनारायण नगरपालिका-३ स्थित ज्योर्तिलिङ्गेश्वर महादेव मन्दिरमा सयौँ महिलाले जलार्पण गर्दै मेला भरेका छन् । स्थानीयले मनोहरा खोलाको जल कलश भरेर कलश यात्रा गर्दै मन्दिरमा जलार्पण गरी मेला सम्पन्न गरेका हुन् ।

साउनको सोमबार बिहानैदेखि भक्तपुरका प्रसिद्ध शिवालयमा दर्शनार्थीको घुइँचो लागेको थियो । भक्तपुरको सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा सुरु भएको एकमहिने साउने मेलामा सोमबार हजारौँको भीड लागेको छ ।

भक्तजनको सहजताका लागि भक्तपुरको जगातीबाट डोलेश्वर महदेव मन्दिर जाने दुई वटा सडकलाई एकतर्फी यातायात सञ्चालन गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव हरिशरण बस्नेतले जानकारी दिनुभयो । सोमबार बिहानैदेखि दर्शनार्थीको भीड लागेको भन्दै उहाँले एकमहिने मेलामा महिना दिनभरि मेला भर्न सकिने बताउनुभयो ।

त्यसैगरी, सिपाडोलको प्रसिद्ध आशापुरी महादेव मन्दिरमा पनि दर्शनार्थीको दिनभर घुइँचो लागेको छ । मनको आशा पूरा गर्ने महादेवका रूपमा परिचित रहँदै आएको यो मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइचो लागेको हो ।

सूर्यविनायक नङ्खेलस्थित नन्दीकेश्वर महादेव मन्दिर, सिरुटारको गुप्तेश्वर, सोमलिङ्गेश्वर, चरखण्डीश्वर, अनन्तलिङ्गेश्वर, सुवर्णेश्वर, लटरम्बेश्वर र कैलाशनाथ मन्दिरमा दर्शनार्थीको दिनभर भीड लागेको छ ।

त्यस्तै, ब्रम्हा, विष्णु र महेश्वरको त्रिमूर्तिको नाममले परिचित भक्तपुर नगरपालिकास्थित प्रसिद्ध दत्तात्रय मन्दिरमा बिहानैदेखि दिनभर भीड लागेको छ । भीड व्यवस्थित गर्न स्वयंसेवक परिचालन गर्नुका साथै लाइनमा बस्नेका लागि टोकनको व्यवस्था गरेको छ । भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेपलाञ्चोकबाट दर्शनार्थीको आगमनले यहाँका महादेव मन्दिरहरू भरिभराउ भएका छन् ।

Previous Post

साउनको सोमबार देवघाटमा ३५ हजार भक्तजनको आगमन

Next Post

एमाले केन्द्रीय कमिटी बैठक सुरु

metakhabar

metakhabar

सम्बन्धित खबर

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै
समाचार

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

१६ भदौ २०८३,
भाद्र कृष्ण पञ्चमीः कोलमती घाटस्नान गरिँदै
फिचर-ब्यानर

भाद्र कृष्ण पञ्चमीः कोलमती घाटस्नान गरिँदै

१६ भदौ २०८३,
हेटौँडा–काठमाडौँ आवतजावतमा ‘वान–वे’ रुट
फिचर-ब्यानर

हेटौँडा–काठमाडौँ आवतजावतमा ‘वान–वे’ रुट

१६ भदौ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१६ भदौ २०८३,
बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन
फिचर-ब्यानर

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

१५ भदौ २०८३,
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो
समाचार

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

१५ भदौ २०८३,
Load More
Next Post
एमाले केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी

एमाले केन्द्रीय कमिटी बैठक सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In