• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्तर्राष्ट्रिय उडानले पोखरामा उत्साह

    अन्तर्राष्ट्रिय उडानले पोखरामा उत्साह

    जिडिआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा नेपालको जोड

    जिडिआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा नेपालको जोड

    औद्योगिक रोबोटमा चीनको हिस्सा ५९ प्रतिशत

    औद्योगिक रोबोटमा चीनको हिस्सा ५९ प्रतिशत

    जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यकः परराष्ट्रमन्त्री

    जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यकः परराष्ट्रमन्त्री

    मनास्लुले तान्यो हिमाली कारोबार

    मनास्लुले तान्यो हिमाली कारोबार

    हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

    भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दिक्तेलमा कोशी प्रदेशको पूर्वाधार विकास कार्यालय

metakhabar by metakhabar
२ साउन २०८२,
0
दिक्तेलमा कोशी प्रदेशको पूर्वाधार विकास कार्यालय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खोटाङ, २ साउन : दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारस्थित हाटडाँडामा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको छ । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले कोशी प्रदेशभित्र पर्ने १४ वटै जिल्लामा पूर्वाधार विकास कार्यालय स्थापना गर्ने निर्णय गरेअनुसार बिहीबार खोटाङको दिक्तेल बजारमा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको हो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हाटडाँडामा कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार मन्त्रालय पूर्वाधार विकास निर्देशनालयको मातहतमा रहनेगरी पूर्वाधार विकास कार्यालय स्थापना भएसँगै अब खोटाङवासीले योजनाको फाइल बोकेर उदयपुर, ओखलढुङ्गा, विराटनगरलगायत जिल्ला धाउनुपर्ने बाध्यता हटेको छ । भाडाको घरमा स्थापना गरिएको कार्यालय कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले औपचारिक रूपमा उद्घाटन गर्नुभयो ।

सो अवसरमा भौतिक पूर्वाधार एवं स्वास्थ्यमन्त्री राईले विकास निर्माणका कामलाई छिटो र गुणस्तरीय बनाउन कोशी प्रदेशमा पर्ने १४ वटै जिल्लामा पूर्वाधार विकास कार्यालय स्थापना गर्ने निर्णय गरिएको बताउनुभयो । “पूर्वाधार विकास कार्यालय नहुँदा जिल्लामा परेका योजनाका फाइल बोकेर उदयपुर, ओखलढुङ्गा, विराटनगरलगायत जिल्ला धाउनुपर्ने बाध्यता थियो । अब १४ वटै जिल्लामा योजना सम्झौतादेखि फरफारकसम्मका सबै काम हुन्छ”, उहाँले भन्नुभयो, “जिल्लाजिल्लामा पूर्वाधार विकास कार्यालय स्थापना भएसँगै निर्माण व्यवसायीलाई सहज हुनुका साथै विकासे योजनाका काम छिटो, गुणस्तरीय र जनमुखी हुने अपेक्षा गरिएको छ । यो सङ्घीयताको उपलब्धि पनि हो ।”

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, जिल्लास्थित स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि, निर्माण व्यवसायीलगायतको उपस्थिति थियो ।

मन्त्रालयबाट १३ जना कर्मचारीको दरबन्दी कायम गरेर स्थापना गरिएको पूर्वाधार विकास कार्यालयमा कार्यालय प्रमुखसहित तीन जना कर्मचारी हाजिर भएका छन् । बाँकी १० जना कर्मचारीसमेत केही दिनभित्रै उपलब्ध गराएर कार्यालय सञ्चालन गर्ने तयारी गरिएको मन्त्रालयका सचिव साहले जानकारी दिनुभयो ।

कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार मन्त्रालयबाट यस आर्थिक वर्ष खोटाङमा एक सय ५१ वटा योजनाका लागि बजेट विनियोजन भएको मन्त्री राईको सचिवालयका कर्मचारी सन्तोष राईले जानकारी दिनुभयो । उहाँका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयबाट कार्यान्वयन हुने एकवर्षे र बहुवर्षे योजना गरी यो वर्ष खोटाङमा रु एक अर्ब दुई करोड ५८ लाख २८ हजार बजेट आएको जनाइएको छ ।

Previous Post

बहुमत निकट अखिल क्रान्तिकारीको शैक्षिक हडतालले पठनपाठन प्रभावित

Next Post

कुलुङखोलामा सात करोडमा पक्की पुल निर्माण

metakhabar

metakhabar

सम्बन्धित खबर

अन्तर्राष्ट्रिय उडानले पोखरामा उत्साह
फिचर-ब्यानर

अन्तर्राष्ट्रिय उडानले पोखरामा उत्साह

१० अशोज २०८३,
जिडिआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा नेपालको जोड
अन्तर्राष्ट्रिय

जिडिआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा नेपालको जोड

१० अशोज २०८३,
औद्योगिक रोबोटमा चीनको हिस्सा ५९ प्रतिशत
अन्तर्राष्ट्रिय

औद्योगिक रोबोटमा चीनको हिस्सा ५९ प्रतिशत

१० अशोज २०८३,
जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यकः परराष्ट्रमन्त्री
अन्तर्राष्ट्रिय

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यकः परराष्ट्रमन्त्री

१० अशोज २०८३,
मनास्लुले तान्यो हिमाली कारोबार
फिचर-ब्यानर

मनास्लुले तान्यो हिमाली कारोबार

१० अशोज २०८३,
हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह
आवाज

भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन

१० अशोज २०८३,
Load More
Next Post
कुलुङखोलामा सात करोडमा पक्की पुल निर्माण

कुलुङखोलामा सात करोडमा पक्की पुल निर्माण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In