• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन

    मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन

    संसदीय जिम्मेवारीले ‘प्रिय कक्षा’ टुट्यो, बजेट कार्यान्वयनमा केन्द्रित छु : मन्त्री महावीर पुन

    संसदीय जिम्मेवारीले ‘प्रिय कक्षा’ टुट्यो, बजेट कार्यान्वयनमा केन्द्रित छु : मन्त्री महावीर पुन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै

metakhabar by metakhabar
२९ असार २०८२,
0
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दमौली (तनहुँ), २९ असार : आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदी रम्घालाई सप्तधामका रूपमा विकास गर्न पहल गरिएको छ । भानु नगरपालिका–४ चुँदी रम्घास्थित आचार्यको जन्मथलोलाई साहित्यिक पर्यटनको केन्द्र बनाउन सप्तधाम निर्माणको प्रक्रिया अगाडि बढाइएको हो ।

भानु जन्मस्थल जाऊँः भानुलाई चिनाऔँ भन्ने नाराका साथ नेपाल, नेपाली र भानुवासीको पहिचान हेतु भानु जन्मस्थलको विकासका लागि सुरुआत गरिएको हो । भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले प्रारम्भिक गुरुयोजनाअन्तर्गत आदिकवि भानुभक्तको विशाल प्रतिमा, सप्तधाम निर्माण, जग्गा अधिग्रहण, साहित्यिक उद्यान, पूर्वाधार निर्माणका लागि सङ्घीय सरकारबाट विनियोजित बजेटका साथै दातृ निकाय एवं देशविदेशमा आवश्यक समन्वय गरिने बताउनुभयो ।

चुँदी रम्घालाई साहित्यिक पर्यटनको गन्तव्यस्थल बनाउने लक्ष्य राखिएको त्रिपाठीको भनाइ छ । उहाँले भन्नुभयो, “राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा भानुभक्त आचार्यको विशिष्ट पहिचान छ, यो ठाउँलाई समय सन्दर्भअनुसारको सबै किसिमको धाम बनाउने परिकल्पना साथ अगाडि बढेका छौँ ।”

साहित्यिक उद्यानमा विभिन्न संरचना निर्माण गरिने छ । उहाँका अनुसार यहाँ भानुभक्तको विशाल सालिक, रामायण मन्दिर, मूर्ति वाटिका, भानुभक्तकालीन नमूना बस्ती, भानु साहित्य ग्राम, भानु प्रज्ञा भवन, भानु वनस्पति उद्यान, सप्तधाम, मनोरञ्जन वनभोजस्थल, प्राकृतिक वन विचरण क्षेत्र, सम्पदा संरक्षण क्षेत्र र साहित्यिक पदमार्ग प्रस्तावित गरिएको छ ।

नगरप्रमुख त्रिपाठीले भन्नुभयो, “भानु साहित्य उद्यानको मूल उद्देश्य भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल र सांस्कृतिक एकताको केन्द्रका रूपमा विकास गर्न आवश्यक भौतिक संरचना निर्माण गर्नु हो । नेपाली भाषा, साहित्य, संस्कृति, पर्यटन, कला र राष्ट्रिय सम्पदाहरूको संरक्षण संवर्द्धनका निम्ति विविध कार्यक्रम सञ्चालन गरिनेछ ।”

नगरपालिकाले पर्यटन क्षेत्रलाई समेत प्राथमिकतामा राखेको छ । नगरपालिकाभित्रका पर्यटनसँग आबद्ध संस्थालाई सक्रिय र सङ्गठित बनाउँदै पर्यटन प्रवर्द्धनलाई थप प्रभावकारी बनाउइने छ ।

त्यस्तै घरबास (होमस्टे)हरूको संरक्षण, संवर्द्धन, प्रवर्द्धन एवं दर्ता र नवीकरण गरी ‘होमस्टे सर्किट’को विकासका साथ नेपालको मौलिक कला र संस्कृति झल्किने खाना, पहिरन तथा रोधी, घाँटु, लाखेनाच, चुट्का, झाम्रेलगायतका पहिचान संरक्षण तथा प्रवर्द्धन हेतुले भानु नगरको होमस्टे जाऊँ भन्ने नारालाई सार्थक तुल्याउन समुदायले सञ्चालन गरेका होमस्टे प्रवर्द्धनका लागि पूर्वाधार निर्माण र व्यवस्थित रूपमा होमस्टे सञ्चालनमा सहयोग गरिने त्रिपाठीले उल्लेख गर्नुभयो ।

आज भानु जयन्ती

दुई सय १२औँ भानुजयन्ती आज चुँदीरम्घामा विविध कार्यक्रमसहित मनाइँदैछ । भानु जयन्तीका अवसरमा चुँदीरम्घामा आयोजना हुने कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सहभागी हुनुहुनेछ ।

भानु जयन्तीका अवसरमा प्रभातफेरी, भानु प्रतिमामा माल्यार्पण, झाँकी प्रदर्शन, कविगोष्ठी, सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरण कार्यक्रम हुने आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । भानु जयन्तीका अवसरमा गण्डकी प्रदेशले आज प्रदेशभर सार्वजनिक बिदासमेत दिएको छ ।

Previous Post

रूसले फेला पारयाे अन्टरटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर

Next Post

प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै

metakhabar

metakhabar

सम्बन्धित खबर

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा
फिचर-ब्यानर

शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

४ असार २०८३,
भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज
समाचार

भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

४ असार २०८३,
मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति
समाचार

मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

४ असार २०८३,
मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन
समाचार

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन

४ असार २०८३,
संसदीय जिम्मेवारीले ‘प्रिय कक्षा’ टुट्यो, बजेट कार्यान्वयनमा केन्द्रित छु : मन्त्री महावीर पुन
समाचार

संसदीय जिम्मेवारीले ‘प्रिय कक्षा’ टुट्यो, बजेट कार्यान्वयनमा केन्द्रित छु : मन्त्री महावीर पुन

४ असार २०८३,
Load More
Next Post
‘जनतामा आशा जगाउन राष्ट्रिय सहमतिको आवश्यकता’

प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In