आधुनिक उपन्यासका जनक तथा प्रख्यात फ्रान्सेली साहित्यकार बालज्याकले आफ्ना सयौँ उपन्यास १९ औँ शताब्दीको फ्रान्सको यथार्थवादी चित्रण गरेका छन् । ९२ उपन्यासको श्रृंखला ‘द ह्युमन कमेडी’ ले उनलाई विशेष प्रतिष्ठा दिलायो ।
बालज्याकको बाल्यकाल सुखद् थिएन । उनकी आमा उनलाई माया गर्दिदथिन् । त्यसैले उनले बोर्डिङ स्कुलमा रहनुप¥यो । कानुनको पढाइ फेरि उनको मनमा साहित्यकार बन्ने विचार आयो । १८१९ मा उनले आफूले आफैलाई कोठामा बन्द गरेर लेख्न शुरु गरे । तर कडा मेहनतको बाबजुद पनि उनलाई १० वर्षसम्म सफलता मिलेन । पैसा कमाउनको लागि उनी प्रकाशन गर्नतर्फ लागे तथा सार्डीनियामा रहेको चाँदी खानीको कम्पनीमा पनि लगानी गरे ।
त्यसैले उनी ऋणमा डुब्न पुगे । बालज्याकले पत्रिकाको लागि कहानी पनि लेखे । यी कहानीहरुको बदलामा उनलाई शब्दको हिसाबले पैसा मिल्थ्यो । त्यसैले उनलाई आशा थियो कि उनी चाँडै ऋणबाट मुक्त हुनेछन् । तर उनले सोचे जस्तो भएन । उनी जीवन भरी पैसाको खोजीमा जुटिरहे ।
बालज्याकको दिन आधी रातबाट शुरु हुन्थ्यो । रातको १२ बजेबाट बिहानको ८ बजेसम्म उनी लगातार लेखिरहन्थे । उनी धेरै कफी पिउने गर्थे । त्यसबाट उनलाई धेरै ऊर्जा मिल्थ्यो । त्यसपछि उनी दोस्रो पटक लेख्न जुट्थे र बेलुकाको ४ बजेसम्म लगातार लेखिरहन्थे । फेरि उनी मित्रहरुको साथ बेलुकीको खाना लिन्थे र बेलुका ८ देखि ९ बजेसम्म सुत्न जान्थे । पुरै हप्ताभरी उनको यही दिनचर्या चलिरहन्थ्यो । उनको कर्मठताको प्रमाण स्वरुप हामी यो उदाहरणबाट प्रष्ट हुन सक्छौँ कि जब एक रात उनी धेरै बिरामी थिए । त्यो बेला पनि उनले १५,००० शब्द अर्थात् लगभग ४० पेज लेखेर सके ।
साभारः ‘सफलता’ पुस्तकबाट













