• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शनिबार, ७ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

    बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

    नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

    अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

    पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

    ‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

    ‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२४ असार २०८२,
0
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

लमजुङ, २४ असार : फुटबल खेलाडी सावित्रा भण्डारी ‘साम्बा’को सम्मानमा नामकरण गरिएको साम्बा चोक यतिबेला पर्यटकको नयाँ गन्तव्य बन्न थालेको छ । मस्र्याङदी गाउँपालिका–९ खुदीपुल वारिको क्षेत्रलाई ‘साम्बा’ चोक नामकरण गरेसँगै यतिबेला पर्यटकको नयाँ र मुख्य गन्तव्य बन्न थालेको हो ।

मस्र्याङ्दी गाउँपालिकाले सावित्राको फोटोको होर्डिङबोर्ड बनाएर स्तम्भ स्थापना गर्दै सो क्षेत्रलाई साम्बा चोक नामकरण गरेसँगै यतिबेला पर्यटकको नयाँ गन्तव्य बन्न थालेको हो । मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार फुटबल क्षेत्रमा स्थापित उहाँलाई सम्मान गर्न साम्बा चोक नामकरण गरिएसँगै यतिबेला विभिन्न स्थानबाट पर्यटकको आगमन हुन थालेको छ । पालिकावासी, जिल्लावासी, पर्यटक तथा खेलकुदप्रेमीका लागि यस स्थानमा घुम्न उपयुक्त हुनेछ, यतिबेला यहाँ जिल्लाको विभिन्न स्थानदेखि छिमेकी जिल्ला मनाङ, गोरखा, तनहुँ, कास्की, काठमाडौँबाट समेत पर्यटक आउन थालेका छन् ।

स्थानीय प्रदिप गुरुङका अनुसार पर्यटक यहाँ साम्बाको चोक तथा साम्बाको तस्बिरसँग सेल्फी तथा फोटो खिच्ने, भिडियो बनाउने, टिकटक बनाउँदै रमाउने गरेका छन् । डुम्रे–बँेसीसहर–चामे सडकखण्डमा पस्ने साम्बा चोकमा बेँसीसहरबाट खुदी भुलुभुले, घनपोखरा, सिउरुङ, हिमाली जिल्ला मनाङ जाने र ती स्थानबाट बेँसीसहरतर्फ आउने यात्रीसमेत एकैछिन सवारीसाधन रोकेर यात्रीहरूले साम्बा चोकको अवलोकन गर्ने, फोटो, भिडियो बनाउने गर्छन् । यहाँ दैनिक पाँच सय जनाभन्दा बढी पर्यटक आउने गरेका र बिदाका समयमा दोब्बर आउने गरेको बताइएको छ । यहाँ आएका पर्यटक शङ्कर घिमिरेले भन्नुभयो, “महिला फुटबल खेलाडीको स्तम्भ तथा होर्डिङ बोर्ड राखेर नामकरण गरेर साम्बा चोक राखेको थाहा पाएपछि अवलोकन तथा घुम्न आएको हुँ ।”

यहाँ आइपुग्दा निकै खुसी लागेको र मनै आनन्द प्राप्त भएको उहाँको भनाई छ । त्यस्तै, अर्का पर्यटक मस्र्याङ्दी गाउँपालिका वडा नं. ३ ढगैँका पुर्ण गुरुङले भन्नुभयो, पालिकाकै चेली सावित्राको नाममा बाट नामरण भएको साम्बा चोकमा आउँदा गर्व लागेको र यस चोकको अझै प्रचारप्रसार गर्न सके पर्यटक वृद्धि हुनेछ । साम्बा चोक हेर्न, अवलोकन गर्न तथा विभिन्न तरिकाले रमाउन पर्यटक आगमन हुँदा यहाँ आसपासका होटल व्यवसायसमेत फस्टाउन थालेको होटल व्यवसायीहरूको भनाइ छ ।

अन्नपूर्ण पदमार्ग अन्नपूर्ण मनाङ जाने सडकमा अवस्थित मस्र्याङ्दीको चर्चित खुदीबजार पुलको चोकलाई साम्बा चोक नामकरण गरेर उहाँको जन्मस्थानको पहिचान र प्रचारमा थप टेवा पुगेसँगै यहाँ पर्यटक आगमन वृद्धि हुँदै गएको वडाध्यक्ष हरिशचन्द्र थापाले बताउनुभयो । गाउँपालिकाका सूचना अधिकारी सुरेश गौतमका अनुसार साम्बाको होर्डिङ बोर्ड र स्तम्भ निर्माण गर्न करिब पौने दुई लाख खर्च भएको छ । यही जेठ ५ गते यहाँ साम्बा चोक नामकरण भएयता पर्यटक दैनिक वृद्धि हुँदै गएको र यसको अझै प्रचारप्रसार गर्दै पर्यटक वृद्धि गर्न लाग्नुपर्ने स्थानीयको भनाइ छ । साम्बा चोक पुग्न लमजुङ सदरमुकाम बेँसीसहरबाट करिब आठ किलोमिटर दूरी सवारी साधनमा २०–३० मिनेटमा पुग्न सकिन्छ ।

खेल जगत्मार्फत नेपाललाई विश्वसामु थप चिनाउन अहम् भूमिका खेल्दै आउनुभएकी भण्डारी लमजुङ तत्कालीन सिम्पानी गाविस–७ हाल मस्र्याङ्दी गाउँपालिका–९ पामचोक गाउँमा हुर्किएको हो । थमन भण्डारी र मुना भण्डारीको कोखबाट २०५३ साल जेठ १५ गते माइली छोरीका रुपमा जन्मिएकी हुन् सावित्रा । सावित्रा भण्डारी नेपाली फुटबल क्षेत्रमा साम्बा उपनामले परिचित हुनुहुन्छ । सशस्त्र प्रहरी बल क्लबबाट व्यावसायिक फुटबल खेल्न सुरु गर्नुभएकी साम्बाले हाल नेपाली महिला फुटबल टोलीको सर्वाधिक उच्च गोलकर्ता हुनुहुन्छ ।

साबित्रा अन्तरराष्ट्रिय प्रतियोगितामा सर्वाधिक गोल गर्ने नेपाली खेलाडी पनि हुनुहुन्छ । नेपाली महिला फुटबलको क्षेत्रमा उदयमान नक्षत्रका रूपमा परिचित हुनुअघि भण्डारीलाई लमजुङकै आफ्नै गाउँ नजिकै रहेको खुदीस्थित मनास्लु युवा क्लबमा सहभागी भएर फुटबल खेल्ने अवसर मिल्यो । उक्त क्लबमा आबद्ध भएर क्व्होलासोथर गाउँपालिका–३ स्थित दक्षिण एसियाकै नमूना घलेगाउँमा आयोजना गरिएको फुटबल प्रतियोगितामा सहभागी भएको थियो । उक्त बेला महिला फुटबल प्रतियोगितामा भण्डारी सहभागी भएको टिम मनास्लु युवा क्लब प्रथम भएको थियो । गोल गर्ने उत्कृष्ट कला, सेलिब्रेसन गर्ने शैली अनि हेअर स्टाइलले गर्दा पनि साम्बा नामले समेत परिचित भण्डारी अरू फुटबलरभन्दा फरक रुपमा स्थापित हुँदै आउनुभएको छ ।

जिल्लाको गाउँको खेतका गहराबाट दशरथ रङ्गशाखा हुँदै युरोपको रङ्गशालासम्म पुग्नुभएको भण्डारी यतिबेला युरोपेली देश फ्रान्सेली महिला फुटबलको माथिल्लो डिभिजनमा खेल्ने अन आभान्टा ग्वेनगाम्पले डेढ वर्षका लागि अनुबन्ध गरेर भण्डारीले त्यहाँ फुटबल खेल्न थालेको छ । सोअघि इजरायलको हापोएल रानानाबाट खेलेसँगै युरोपमा व्यावसायिक फुटबल खेल्ने पहिलो नेपाली खेलाडी पनि भण्डारी नै हो ।

अघिल्लो समाचार

कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका

अर्को समाचार

स्वास्थ्य र स्वाद दुबैमा उत्कृष्ट: गर्मीमा मधुमेहका बिरामीका लागि उपयुक्त फलफूल

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने
जीवन शैली

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

७ कात्तिक २०८३,
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन
अन्तर्राष्ट्रिय

अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

७ कात्तिक २०८३,
पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता
आर्थिक

पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

७ कात्तिक २०८३,
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
आवाज

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

६ कात्तिक २०८३,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आर्थिक

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

६ कात्तिक २०८३,
‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार
आर्थिक

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

६ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
स्वास्थ्य र स्वाद दुबैमा उत्कृष्ट: गर्मीमा मधुमेहका बिरामीका लागि उपयुक्त फलफूल

स्वास्थ्य र स्वाद दुबैमा उत्कृष्ट: गर्मीमा मधुमेहका बिरामीका लागि उपयुक्त फलफूल

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

७ कात्तिक २०८३,
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

७ कात्तिक २०८३,
पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

७ कात्तिक २०८३,
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

६ कात्तिक २०८३,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

६ कात्तिक २०८३,
‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

६ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

    0 shares
    Share 0 Tweet 0
  • बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन