• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

    अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

    अमेरिका–इरान वार्ता स्विट्जरल्यान्डमा हुँदै, होर्मुज जलडमरू के होला ?

    अमेरिका–इरान वार्ता स्विट्जरल्यान्डमा हुँदै, होर्मुज जलडमरू के होला ?

    पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण

    पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण

    धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच

    धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच

    बालेनका लागि हुने छैन रास्वपामा निर्वाचन, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    बालेनका लागि हुने छैन रास्वपामा निर्वाचन, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लम्बिने

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लम्बिने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रधानमन्त्री ओली उच्चस्तरीय बैठकहरुमा व्यस्तः विकास साझेदारहरुलाई औपचारिक च्यानलबाट आउन आग्रह

metakhabar by metakhabar
१७ असार २०८२,
0
प्रधानमन्त्री ओली उच्चस्तरीय बैठकहरुमा व्यस्तः विकास साझेदारहरुलाई औपचारिक च्यानलबाट आउन आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सेभिया (स्पेन), १७ असार : संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनका क्रममा स्पेनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न उच्चस्तरीय ‘साइड इभेन्ट’मा सम्बोधन गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले स्पेन सरकारका अध्यक्ष एवं प्रधानमन्त्री पेड्रो साञ्चेजद्वारा आयोजित विकास सहायतामा नयाँ सोचसम्बन्धी उच्चस्तरीय छलफलमा सहभागी भई उक्त विषयको ‘राउण्ड टेबल’मा आफ्ना विचार प्रस्तुत गर्नुभयो ।

आजै प्रधानमन्त्री ओलीले अल्पविकसित र साना टापु भएका मुलुकहरुको उच्चस्तरीय बैठकको अध्यक्षता गरी सम्बोधन गर्नुभएको छ भने ‘राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुको पहलमा खानेपानी र सरसफाइ क्षेत्रमा लगानी’सम्बन्धी उच्चस्तरीय छलफललाई सम्बोधन गर्नुभयो ।

विकास सहायता र विश्व साझेदारीको ऐक्यबद्धतामा नयाँ सोचबारे नेपालको स्पष्ट धारणा व्यक्त गर्दै प्रधानमन्त्री ओलीले विश्वमा कोही पनि पछाडि नपरुन् भन्ने सोचका साथ विकास सहायतालाई ‘च्यारिटी’ का रुपमा मात्र नलिई गरिबीको अन्त्य र नागरिकको क्षमतावृद्धिका लागि उपयोग गर्दै दिगो शान्ति र विकासका लक्ष्य हासिल गर्न साझा पहल हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

“उस्तै किसिमका सानासाना विकास परियोजनाहरू सरकार र गैरसरकारी क्षेत्रबाट समानान्तर रुपमा सञ्चालन गर्ने प्रवृत्ति पनि देखिएको छ । त्यसरी छरिएको सहायताबाट समतामूलक विकासले गति लिँदैन”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “विकास साझेदारहरु निश्चित च्यानलबाट सहायताका लागि अग्रसर हुनुपर्छ । यस कुरालाई सेभिया–प्रतिबद्धताले पनि हामीलाई उप्रेरित गरेको छ । हामी सबै त्यस बाटोबाट अघि बढौँ ।”

उहाँले सम्पन्न मुलुकले बोलीमा नभई व्यवहारमा आफ्ना सहयताका प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिँदै वास्तवमै जनताको जीवनमा अर्थपूर्ण परिवर्तनका लागि प्रभाव पर्ने क्षेत्रमा सहकार्य हुनुपर्ने बताउनुभयो । अल्पविकसित मुलुकहरुको उच्चस्तरीय बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले विकास साझेदारहरूलाई सेभिया (सेभिल्ला) प्रतिबद्धतालाई पूर्ण र इमानदारीपूर्वक सम्मान गर्न आग्रह गर्नुभयो ।

यसैगरी घरेलु स्रोत परिचालनलाई बलियो बनाउन, निजी लगानीसहित मिश्रित वित्त प्रणालीलाई बढवा दिन, राष्ट्रिय कार्यक्रमहरूमा थप अनुदान र आधिकारिक विकास सहायता (ओडिए) लाई औपचारिक निकायबाट परिचालन गर्न पनि सम्बद्ध पक्षसँग उहाँले अनुरोध गर्नुभयो ।

प्रधानमन्त्री ओलीले विज्ञान, प्रविधि र नवप्रवर्तनको शक्तिलाई सदुपयोग गर्दैै पूर्वाधार निर्माण, पहुँच विस्तारसहित हाम्रा जनताको जीवनस्तर सुधारका पक्षमा साझा सङ्कल्पसहित समग्र विश्व एकहुनुपर्नेमा जोड दिनुभयो ।

सेभिया प्रतिबद्धताले हामी सबैलाई आशा र भरोसासहित निष्पक्ष, समृद्ध तर दिगो भविष्य निर्माण गर्ने मौका दिने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सही वित्तीय विश्लेषणका आधारमा लगानी बढाउँदै गरिबीसँग लड्न, कार्यक्षमता अभिवृद्धि गर्न र दिगो अवसर सिर्जना गर्न एक भई अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

Previous Post

नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्रमन्त्रीको आग्रह

Next Post

तरकारी र दूध बेचेर मासिक एक लाख आम्दानी

metakhabar

metakhabar

सम्बन्धित खबर

अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच
आर्थिक

अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

७ असार २०८३,
अमेरिका–इरान वार्ता स्विट्जरल्यान्डमा हुँदै, होर्मुज जलडमरू के होला ?
फिचर-ब्यानर

अमेरिका–इरान वार्ता स्विट्जरल्यान्डमा हुँदै, होर्मुज जलडमरू के होला ?

७ असार २०८३,
पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण
आवाज

पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण

७ असार २०८३,
धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच
आवाज

धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच

७ असार २०८३,
बालेनका लागि हुने छैन रास्वपामा निर्वाचन, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य
फिचर-ब्यानर

बालेनका लागि हुने छैन रास्वपामा निर्वाचन, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

७ असार २०८३,
आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लम्बिने
फिचर-ब्यानर

आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लम्बिने

७ असार २०८३,
Load More
Next Post
तरकारी र दूध बेचेर मासिक एक लाख आम्दानी

तरकारी र दूध बेचेर मासिक एक लाख आम्दानी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In