• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण

metakhabar by metakhabar
१७ असार २०८२,
0
कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

घोडाघोडी (कैलाली), १७ असारः कैलालीमा वर्षौंदेखि चुनौतीका रूपमा रहेको मानव–वन्यजन्तु द्वन्द्वलाई कम गर्न ‘मेस वायर’ तारजाली निर्माण गरीएको छ । जिल्लाको पहलमानपुर डिभिजन वन कार्यालयअन्तर्गत पर्ने संवेदनशील कर्णाली जैविक मार्गका सामुदायिक वनमा तारजाली लगाइएको हो ।

वन तथा वातावरण मन्त्रालयद्वारा सञ्चालित एकीकृत भू–परिधि आयोजनाअन्तर्गत जानकी गाउँपालिका–६ मा रहेको कैलाशेश्वर सामुदायिक वनमा एक हजार ६५० मिटर, कर्णाली कोरिडोर सामुदायिक वनमा एक हजार मिटर र टीकापुर नगरपालिका–२ स्थित रानी कर्णाली सामुदायिक वनमा एक हजार १०० मिटर लामो तारबार निर्माण गरिएको डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सामुदायिक वन र मानव बस्तीको सिमानामा पिसिसी (सिमेन्ट, कङ्क्रिट) को जगसहितको बलियो मेसवायर तारबार निर्माण गरिएको छ । यस कार्यले वन्यजन्तुलाई बस्ती पस्नबाट रोक्ने र स्थानीय बासिन्दाको बालीनाली, घरपालुवा पशु तथा मानवीय क्षतिसमेत न्यूनीकरण हुने विश्वास लिइएको छ ।

कँडेल भन्नुहुन्छ, “टीकापुर नगरपालिका, जानकी गाउँपालिका र लम्कीचुहा नगरपालिका कर्णाली जैविक मार्गका महत्वपूर्ण हिस्सा हुन्, जुन बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको छ ।”

उहाँका अनुसार निकुञ्जबाट पाटेबाघ, हात्ती, चितुवालगायतका ठूला र संरक्षित वन्यजन्तु आहारा र बासस्थानको खोजीमा यता आउने क्रम निरन्तर चलिरहन्छ । उहाँले भन्नुभयो, “त्यसैले यो क्षेत्र द्वन्द्वको उच्च जोखिममा छ, यो तारबारले ठूला जनावरलाई मात्र नभई चित्तल, बँदेल, नीलगाईजस्ता साना जनावरले किसानको बालीनालीमा पु¥याउने क्षतिलाई पनि रोक्न प्रभावकारी हुनेछ ।”

लामो समयदेखि यस क्षेत्रका बासिन्दा जङ्गली जनावरको मानव बस्तीमा प्रवेशका कारण पीडित थिए । कर्णाली जैविक मार्ग बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको हुँदा यो क्षेत्र बाघ, चितुवा, हात्ती, बँदेल, नीलगाई, चित्तलजस्ता वन्यजन्तुको प्रमुख ओहोरदोहोर गर्ने बाटो हो । यी जनावर मध्यरातमा बस्ती पसेर किसानले दुःख गरेर लगाएको धान, गहुँ, मकैजस्ता बालीनाली सखाप पार्ने, गोठमा बाँधिएका बाख्रा, बङ्गुर तथा अन्य घरपालुवा पशुपन्छी मारेर खाने गर्थे । कहिलेकाहीँ मानिसमाथि नै आक्रमणका घटना भएका थिए, जसले गर्दा स्थानीय त्रासमा बाँच्न बाध्य थिए ।

तारबार निर्माणपछि भने स्थानीयमा ठूलो राहत मिलेको कैलाशेश्वर सामुदायिक वनका अध्यक्ष टेकबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले हामी रातभर जाग्राम बसेर बाली कुर्न बाध्य थियौँ, जङ्गली जनावरले कतिबेला आएर क्षति पु¥याउने हो भन्ने डर सधैँ रहन्थ्यो, अब यो बलियो तारबारले वन्यजन्तुलाई वन क्षेत्रमै सीमित राख्न मद्दत गर्नेछ । “यसले हाम्रो बालीनाली र पशुधनको सुरक्षा मात्र होइन, मानव–वन्यजन्तुबीचको अप्रिय घटनालाई पनि न्यूनीकरण गर्नेछ,” उहाँले भन्नुभयो ।

सबडिभिजन वन कार्यालय, टीकापुरका वरिष्ठ वन अधिकृत दिलीप यादवले यो तारबार मानव–वन्यजन्तु सहअस्तित्व कायम गर्ने दिशामा एक महत्वपूर्ण कार्य भएको बताउनुभयो । उहाँका अनुसार विगतमा वन र बस्तीबीच कुनै भौतिक अवरोध नहुँदा वन्यजन्तु तथा मानिसको जम्काभेट हुने सम्भावना उच्च थियो, जसले द्वन्द्व निम्त्याउँथ्यो । पिसिसीसहितको मेसवायर फेन्सिङले दुवै पक्षलाई आ–आफ्नो क्षेत्रमा सुरक्षित राख्छ । यसले एकातिर वन्यजन्तु आफ्नो प्राकृतिक बासस्थानमा निर्धक्क घुमफिर गर्न पाउँछन् भने अर्कोतिर स्थानीय समुदायको जीविकोपार्जन सुरक्षित हुन्छ ।

एकीकृत भू–परिधि व्यवस्थापन आयोजना कार्यान्वयन एकाइमा फिल्ड व्यवस्थापक प्रकाश थापाले आयोजनाको मूल उद्देश्य नै महत्वपूर्ण जैविक मार्गको संरक्षण गर्दै मानव र प्रकृतिको सम्बन्धलाई सुमधुर बनाउनु रहेको बताउनुभयो । “हामीले कैलाली र बर्दियालाई जोड्ने कर्णाली जैविक मार्गलाई एउटा सिङ्गो भू–परिधिका रूपमा हेरेका छौँ,” थापाले भन्नुभयो, “यो केवल तारबार निर्माणमा मात्र सीमित छैन खण्डित भएका वन क्षेत्रलाई जोड्न वृक्षरोपण र प्राकृतिक पुनः उत्पादनलाई सहयोग गर्ने (जैविक मार्ग पुनः स्थापना) पनि गरेका छौँ ।”

थापाका अनुसार परियोजनाले स्थानीय समुदायलाई वनमाथिको निर्भरता घटाउन व्यवस्थित पशुगोठ निर्माण, बेमौसमी तरकारीखेती र गैरकाष्ठ वन पैदावारमा आधारित उद्यमजस्ता वैकल्पिक आयआर्जनका कार्यक्रम सञ्चालन गरेको छ । “सामुदायिक वन उपभोक्ता समूहको क्षमता अभिवृद्धि, वन्यजन्तु उद्धारसम्बन्धी तालिम र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि स्थानीयस्तरमा सचेतना फैलाउनेजस्ता क्रियाकलाप पनि सँगसँगै अगाडि बढाइरहेका छौँ”, थापाले भन्नुभयो ।

Previous Post

बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार

Next Post

अमलाचौरको रुम्टा गाउँका १६ घरमा लिफ्टमार्फत खानेपानी पहुँच

metakhabar

metakhabar

सम्बन्धित खबर

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आवाज

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

७ असार २०८३,
रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने
जीवन शैली

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

७ असार २०८३,
हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
Load More
Next Post
अमलाचौरको रुम्टा गाउँका १६ घरमा लिफ्टमार्फत खानेपानी पहुँच

अमलाचौरको रुम्टा गाउँका १६ घरमा लिफ्टमार्फत खानेपानी पहुँच

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In