• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

    नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

    सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग

    दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

    जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र

    बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रधानमन्त्रीद्वारा विश्वव्यापी आर्थिक र वित्तीय प्रणालीमा न्याय र निष्पक्षताका लागि आह्वान

metakhabar by metakhabar
१७ असार २०८२,
0
प्रधानमन्त्रीद्वारा विश्वव्यापी आर्थिक र वित्तीय प्रणालीमा न्याय र निष्पक्षताका लागि आह्वान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सेभिया (स्पेन),  प्रधानमन्त्री केपी शर्मा ओलीले ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै विश्वव्यापी आर्थिक र वित्तीय प्रणालीमा न्याय र निष्पक्षताका लागि आह्वान गर्नुभएको छ ।

स्पेनको सेभिया (सेभिल्ला)मा जारी सम्मेलनमा प्रधानमन्त्री ओलीले अल्पविकसित देशहरूको समूहका तर्फबाट आवाज प्रस्तुत गर्दै धनी र विकसित मुलुकले आफूले विश्वकासामु गरेका प्रतिबद्धता प्रभावकारी कार्यान्वयनका लागि जोड दिनुभयो । यस सम्मेलनले अनुमोदन गर्ने सङ्कल्पले दिगो विकासका लागि सन् २०३० को एजेन्डा प्राप्तिका लागि नवीकरण गरिएको विश्वव्यापी वित्तपोषण ढाँचाको प्रतिज्ञा रहेको उहाँको भनाइ छ ।

“विकासशील देशहरू तथा विशेषगरी अल्पविकसित देशहरूले यसको पूर्ण कार्यान्वयनका लागि सद्भाव र उच्च मनोबलका साथ जोडदार रूपमा आग्रह गर्छन् । यस सन्दर्भमा, हामी विश्वव्यापी आर्थिक र वित्तीय प्रणालीमा न्याय र निष्पक्षताका लागि आह्वान गर्दछौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी विश्वव्यापी वित्तीय संरचनाको सुधारका पक्षमा छौँ । हामी हाम्रा विकास साझेदारलाई विकासशील देशलाई शून्य दशमलव सात प्रतिशत आधिकारिक विकास सहायता (ओडिए) प्रतिबद्धता प्रदान गर्न र अल्पविकसित देशका लागि शून्य दशमलव दुई प्रतिशतभन्दा बढी पूरा गर्न आग्रह गर्दछौँ ।”

प्रधानमन्त्री ओलीले आफूहरू नियममा आधारित र समतामूलक विश्वव्यापी व्यापार प्रणालीका पक्षमा रहेको स्पष्ट गर्दै त्यसो हुनसकेमा सबै देशले लाभ प्राप्त गर्नसक्ने बताउनुभयो । उहाँले सबैलाई साझा समृद्धि ल्याउने मूल्य शृङ्खलामार्फत विश्वव्यापी उत्तर र दक्षिणलाई जोड्न निजी क्षेत्रको सहयोगका पक्षमा भएको बताउनुभयो । उहाँले सहुलियतपूर्ण, अनुमानयोग्य र पहुँचयोग्य तथा पर्याप्त जलवायु वित्तका लागि आह्वान गर्दै विकासका लागि वित्तसम्बन्धी चौथो सम्मेलनले यसका लागि महत्त्वपूर्ण उत्प्रेरणाको आधार खडा गर्ने विश्वास व्यक्त गर्नुभयो ।

विश्वको कूल गार्हस्थ (जिडिटी)को तुलनामा अल्पविकसित मुलुकको प्रगति सन्तोषजनक नहुनु र कतिपय मुलुकमा तेब्बर घाटा (ऋण) हुनु चिन्ताको विषय भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले दिगो विकासका लक्ष्यलाई आत्मसात् गर्दै न्याय, पारदर्शिता र समतामूलक आधारमा विश्व आर्थिक प्रणालीको ‘कोर्स करेक्सन’ गर्न आह्वान गर्नुभयो । उहाँले नेपाल सन् २०२६ मा विकासशील मुलुकमा स्तरोन्नति हुने तयारीमा रहेकाले यसका लागि विकास साझेदारबाट उचित सहयोगको अपेक्षा व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घका महाससिचव एन्टेनियो गुटेरेसबीच आजै दुईपक्षीय भेटवार्ता भएको थियो ।

Previous Post

आजका लागि विदेशी मुद्राको विनिमय दर

Next Post

‘फिल्ड इपिडिमियोलोजी’सम्बन्धी प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न

metakhabar

metakhabar

सम्बन्धित खबर

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
जीवन शैली

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

१ कार्तिक २०८३,
सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ
जीवन शैली

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

१ कार्तिक २०८३,
आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
आवाज

नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

१ कार्तिक २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

१ कार्तिक २०८३,
सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग
आर्थिक

दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

१ कार्तिक २०८३,
जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र
आवाज

बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ

१ कार्तिक २०८३,
Load More
Next Post
‘फिल्ड इपिडिमियोलोजी’सम्बन्धी प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न

‘फिल्ड इपिडिमियोलोजी’सम्बन्धी प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In