• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मन्त्रिपरिषद् बैठकः क्यानको महानिर्देशकमा डङ्गोल

    मन्त्रिपरिषद् बैठकः क्यानको महानिर्देशकमा डङ्गोल

    सडक असहजः सेवाग्राहीलाई समस्या

    सडक असहजः सेवाग्राहीलाई समस्या

    केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो

    केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो

    असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

    असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

    वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

    वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

    पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

    पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चुरेका नाङ्गा डाँडामा हरियाली अभियान

metakhabar by metakhabar
१४ असार २०८२,
0
चुरेका नाङ्गा डाँडामा हरियाली अभियान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिरहा, १४ असारः जिल्लास्थित चुरे क्षेत्रका नाङ्गा डाँडाहरू हरियालीमा बदलिने भएका छन् । डिभिजन वन कार्यालय सिरहाले राष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारेर लहान, गोलबजार, मिर्चैया, कर्जनालगायतका चुरे क्षेत्रमा एकसाथ वृक्षरोपण अभियान थालेको हो ।

लहान नगरपालिका–१५ मा पर्ने झौवाई खोल्सी चुडियाडाँडा सामुदायिक वन क्षेत्रको खाली जग्गामा वन कार्यालयको संलग्नतामा आज टिक, बाँसपाते, गोल्डमोहर, जामुन, अम्बकलगायत एक हजार ५०० बढी बिरुवा रोपिएका सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लगनलाल चौधरीले जानकारी दिनुभयो । उक्त बिरुवाको संरक्षण उपभोक्ता समितिले गर्ने उहाँले स्पष्ट पार्नुभयो ।

लहान–१५ को कोइरालो खोला सामुदायिक वन उपभोक्ता समितिले पनि आँप, कागतीलगायत करिब ५०० फलफूलका बिरुवा वनभित्रको खाली क्षेत्रमा रोपेको समितिका अध्यक्ष रुद्र नारायण चौधरीले बताउनुभयो ।

‘एक नागरिक, एक बिरुवा’ भन्ने नारासहित यो महाअभियानले चुरे क्षेत्रका उजाड डाँडाहरूलाई फेरि हरियालीमा परिणत गर्ने लक्ष्य लिएको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख शैलेन्द्रकुमार मिश्रले भन्नुभयो, “स्थानीय तह, सामुदायिक वन उपभोक्ता समिति र नागरिक समाजको सहकार्यमा थालिएको अभियानले चुरेको वातावरणीय संरक्षणमा ठूलो टेवा पुग्ने विश्वास लिएका छौँ ।”

चुरेको नाङ्गा डाँडामा गरिएको वृक्षरोपणलाई दिगो रूपमा संरक्षण गर्न आवश्यक रहेको भन्दै उहाँले ती बिरुवालाई जोगाएर हुर्काउने र वन क्षेत्रलाई स्थायी रूपमा हरियाली बनाउने कार्यमा स्थानीय सामुदायिक वन समितिसँग समन्वय र सहकार्य गर्दै अघि बढ्ने स्पष्ट पार्नुभयो । उहाँले माटोको कटान, भू–क्षय, पानीको अभावलगायत समस्या समाधान गर्न वृक्षरोपणले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

“चुरे पहाड र मधेशबीचको सम्बन्ध केवल भौगोलिक मात्र होइन, जलवायु, जलस्रोत, कृषि, जीविकोपार्जन र वातावरणीय सुरक्षासँग गाँसिएको विषय हो”, वातावरणविद् उमेश यादवले भन्नुभयो, “चुरे संरक्षित रह्यो भनेमात्र मधेस सुरक्षित रहन्छ । कृषि उत्पादन बढ्छ, बाढी र सुक्खा हुनेक्रम घट्छ । भविष्यका पुस्तालाई शुद्ध हावा र पानी उपलब्ध गराउन सकिन्छ । त्यसैले चुरे संरक्षणका लागि गम्भीर, दीर्घकालीन र समन्वित कदम चाल्न आवश्यक छ ।”

Previous Post

भटमास खानुस् कोलेस्टेरोलबाट मुक्ति पाउनुहोस्

Next Post

डडेल्धुरामा ६० प्रतिशत रोपाइँ सम्पन्न

metakhabar

metakhabar

सम्बन्धित खबर

मन्त्रिपरिषद् बैठकः क्यानको महानिर्देशकमा डङ्गोल
आर्थिक

मन्त्रिपरिषद् बैठकः क्यानको महानिर्देशकमा डङ्गोल

११ जेष्ठ २०८३,
सडक असहजः सेवाग्राहीलाई समस्या
आवाज

सडक असहजः सेवाग्राहीलाई समस्या

११ जेष्ठ २०८३,
केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो
आवाज

केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो

११ जेष्ठ २०८३,
असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता
आवाज

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

११ जेष्ठ २०८३,
वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित
आवाज

वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

११ जेष्ठ २०८३,
पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने
आवाज

पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

११ जेष्ठ २०८३,
Load More
Next Post
डडेल्धुरामा ६० प्रतिशत रोपाइँ सम्पन्न

डडेल्धुरामा ६० प्रतिशत रोपाइँ सम्पन्न

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In