• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

    ‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    युरोपको कडा आप्रवासन मोड

    युरोपको कडा आप्रवासन मोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रधानमन्त्रीद्वारा स्पेनको औपचारिक भ्रमणबारे सदनलाई जानकारी

metakhabar by metakhabar
१४ असार २०८२,
0
प्रतिनिधिसभामा असार ६ गते प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १४ असारः प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि सुरु हुने आफ्नो स्पेन भ्रमणबारे सङ्घीय संसद्लाई जानकारी गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन आफू नेतृत्वको प्रतिनिधिमण्डल आज साँझ स्पेनको औपचारिक भ्रमणमा जान लागेको जानकारी गराउनुभयो ।

प्रधानमन्त्री ओलीले आज असार १४ गते साँझ ६ बजे दोहा हुँदै स्पेनको यात्रा गर्न लागिएको बताउनुभयो । प्रधानमन्त्री स्पेनको राजधानी म्याड्रिडमा यही असार १५ गते बिहान पुग्ने तालिका छ । भ्रमण दलमा २१ सदस्य हुनुहुन्छ । प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा नेपालको राष्ट्रिय हित प्रतिविम्बित गराउन आफूले भूमिका निर्वाह गर्ने बताउनुभयो ।

स्पेनको सेभिया सहरमा आयोजना हुने अन्तरराष्ट्रिय सम्मेलन एक दशकमा एकपटक आयोजना गरिन्छ । संयुक्त राष्ट्रसङ्घको महासभामा जस्तै यस सम्मेलनमा सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरुको सहभागिता हुँदै आएको छ ।

प्रधानमन्त्री ओलीले भ्रमणको दोस्रो दिन, यही असार १५ गते दिउँसो करिब ४ बजे स्पेनको सेभियामा नागरिक समाजले आयोजना गरेको प्लेनरीको समापनसत्रमा सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी गराउनुभयो ।

उक्त दिन साँझ ५ बजे प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री (स्पेन सरकारका अध्यक्ष) पोद्रो साञ्चेजबीच भेटवार्ता हुनेछ । असार १५ नै प्रधानमन्त्री ओली स्पेनका नरेशद्वारा राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुको स्वागतमा आयोजना गरिने रात्रिभोजमा सहभागी हुनुहुनेछ ।

भ्रमणको तेस्रो दिन प्रधानमन्त्री ओली सम्मेलनको उद्घाटन सत्रमा सहभागी हुनुहुनेछ । सोही दिन अपराह्न गेट्स फाउण्डेशनले आयोजना गर्ने विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रमलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुनेछ ।

साथै सोही दिन दिउँसो मित्रराष्ट्र स्टोनियाका राष्ट्रपति अलार कारिस र प्रधानमन्त्री ओलीबीच द्विपक्षीय बैठक हुनेछ भने दिउँसो प्रधानमन्त्री ओलीले अल्पविकसित राष्ट्रहरु (एलडिसी)को अध्यक्षको हैसियतमा सम्मेलनलाई सम्बोधन गर्ने कार्यतालिका छ ।

सोही दिन इजिप्टका प्रधानमन्त्री डा मोस्तफा कमाल माडबुली, पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँगको द्विपक्षीय बैठक हुनेछ भने संयुक्त राष्ट्रसङ्घ महासचिव एन्टोनियो गुटरेससँग पनि बैठक हुने कार्यतालिका छ । सोही दिन प्रधानमन्त्री ओली स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) द्वारा दिइने औपचारिक रात्रिभोजमा सहभागी हुनुहुनेछ ।

भ्रमणको चौथो दिन असार १७ गते प्रधानमन्त्री ओलीले अल्पविकसित मुलुकहरुको उच्चस्तरीय बैठकमा अध्यक्षता गर्दै मन्तव्य दिनुहुनेछ । स्पेन सरकारका अध्यक्ष महामहिम पेद्रो साञ्चेजद्वारा आयोजना गरिने वैश्विक ऐक्यबद्धतामा लगानीः विकास सहयोगको नयाँ दृष्टिकोण शीर्षकको उच्चस्तरीय साइड–इभेन्टमा पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुनेछ जनाइएको छ ।

तत्पश्चात नेपाल सरकार, बङ्गलादेश, लाओ र संयुक्त राष्ट्रसङ्घ आवासीय संयोजक (युएनआरसी)को संयुक्त आयोजनामा हुने अल्पविकसित देशबाट दिगो स्तरोन्नतिका लागि सशक्त सहनशीलता तथा जलवायु वित्तीय व्यवस्था (इम्पाओरिङ रेजिलेन्स, क्लाइमेट स्मार्ट फानान्सिङ फर सस्टेनेवल एलडिसी ग्राजुएशन) उच्चस्तरीय साइड–इभेन्टलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीले जानकारी गराउनुभयो ।

सोही दिन नेपाल र बुरुण्डीद्वारा सहआयोजना गरिने राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरुको पहलमा पानी तथा सरसफाइ वित्तीय स्रोतको प्रवाह शीर्षकको कार्यक्रममा पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुनेछ । साथै सोही दिन दिउँसो अन्तरराष्ट्रिय विकास सहयोगको पुनर्जीवन कार्यक्रममा पनि उहाँले सम्बोधन गर्नुहुनेछ भने राति ८ बजे स्पेनका लागि नेपाली राजदूतले आयोजना गर्नुहुने रात्रिभोजमा पनि प्रधानमन्त्री ओली सहभागी हुने कार्यतालिका छ ।

पाँचौँ दिन, असार १८ गते प्रधानमन्त्री सेभियाबाट म्याड्रिडमा आयोजना हुने कार्यक्रममा सहभागी हुनुहुनेछ भने नेपाल–स्पेन विजनेश तथा लगानी प्रवर्द्धन कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ ।

भ्रमणको छैटौँ दिन यही असार १९ गते स्वदेश फर्किनुअघि प्रधानमन्त्री ओलीले रियल म्याड्रिड फुटबल क्लवका अधिकारीहरुसँगको भेटघाट र साण्टियागो वर्नावाउ रङ्गशालाको अवलोकन गर्नुहुनेछ । साथै स्पेनमा रहेका नेपाली समुदायसँगको भेटघाट गरी सोही दिन दोहा हँुदै प्रधानमन्त्री ओली स्वदेश फर्कनुहुनेछ तालिका छ ।
—

Previous Post

शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा

Next Post

जापानको टोकियोस्थित नेपाली विद्यालयले ल्यायो एसइईमा उत्कृष्ट नतिजा

metakhabar

metakhabar

सम्बन्धित खबर

‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का
मनोरञ्जन

‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

१६ चैत्र २०८२,
खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो
फिचर-ब्यानर

खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

१६ चैत्र २०८२,
एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार
आवाज

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

१६ चैत्र २०८२,
‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा
फिचर-ब्यानर

‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

१६ चैत्र २०८२,
गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै
आर्थिक

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

१६ चैत्र २०८२,
युरोपको कडा आप्रवासन मोड
अन्तर्राष्ट्रिय

युरोपको कडा आप्रवासन मोड

१६ चैत्र २०८२,
Load More
Next Post
जापानको टोकियोस्थित नेपाली विद्यालयले ल्यायो एसइईमा उत्कृष्ट नतिजा

जापानको टोकियोस्थित नेपाली विद्यालयले ल्यायो एसइईमा उत्कृष्ट नतिजा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In