• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

विद्यार्थीलाई पढाईसँगै सिप

metakhabar by metakhabar
१४ असार २०८२,
0
विद्यार्थीलाई पढाईसँगै सिप
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी, १४ असारः बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा रहेको सरस्वती माविको कक्षा ८ का विद्यार्थी जोन पुनको ‘हाउस वायरिङ’सम्बन्धी तालिम लिएपछि आत्मविश्वास बढेको छ ।

“घर, समाजमा दिनानुदिन आवश्यक पर्ने व्यवहारिक सिप हासिल गरेपछि भविष्यमा काम नपाएर बेरोजगार हुनुपर्ला भन्ने चिन्ता हटेको छ,” उहाँले भन्नुभयो “आधारभूत सिपले घर, छिमेकमा आवश्यक पर्दा काम फुकाउन सक्ने र भविष्यमा आफैँ स्वरोजगार बन्न पनि सकिन्छ ।”

बेनी नगरपालिकाको ‘उइ क्यान, उइ डु’ (हामी सक्छौ, हामी गर्छौ) कार्यक्रममार्फत सरस्वती माविको ८, ९ र १० कक्षाका १९ जना विद्यार्थीलाई २० दिनसम्म घर तथा भवनमा वायरिङ गर्ने सिप सिकाइएको थियो ।

बेनी–८ कालीपुलमा रहेको बालमन्दिर माविको कक्षा ९ का विद्यार्थी आस्विम किसान ४ बजे विद्यालय छुट्टी भएपछि थप दुई घण्टा पलम्बीङसम्बन्धी सिप सिकेर छ बजे घर जानुहुन्छ ।

आस्मिनजस्तै कक्षा ८, ९ र ११ मा पढ्ने १६ जना विद्यार्थीले उनिहरुको रुचीअनुसार २१ दिने पलम्बीङसम्बन्धी सिप सिकिरहेका छन् । खानेपानीको पाइपलाइन तान्ने, जमिनमा गाड्ने, जोड्ने, धारा, भान्छाकोठा, शौचालय, शयनकक्षमा धारा जडान गर्ने विषयमा व्यवहारिक सिप सिक्न पाउँदा उत्साहित भएको किसानले बताउनुभयो ।

बेनी सामुदायिक विद्यालयले सञ्चालन गरेको कपाल काट्ने तालिममा सहभागी कक्षा ११ का सुयोग रेग्मीले घरपरिवारका सदस्यको कपाल काटेपनि खर्च बचत हुने र भविष्यमा व्यवसाय सञ्चालनका लागि सिकेको सिपले सहज हुने बताउनुहुन्छ ।

“भविष्यमा केही काम र कतै रोजगारी नपाएपछि यही कपाल काट्ने पेशा गरेर पनि जीवन चलाउन सकिन्छ भनेर आत्मविश्वास बढेको र सम्भावना देख्न थालेको छु,” उहाँले भन्नुभयो “आफैँले ब्यवसाय नगरेपनि घरका अभिभावक, आफन्त र बालबच्चाको कपाल काट्न शैलुन जानु नपरेपछि खर्च र समयको बचत हुन्छ ।”

विहीबार समापन भएको तालिममा कक्षा ८, ९ र ११ का २५ जना छात्र–छात्रा सहभागी थिए । सरस्वतीका जोन, बालमन्दीरका आस्विन र बेनी सामुदायिकका सुयोग जस्तै बेनी नगरपालिकाको मावि तहका विद्यार्थी हिजोआजा विभिन्न सिपमुलक तालिम लिइरहेका छन् । बेनी नगरपालिकाले “हामी सक्छौँ, हामी गर्छौँ” कार्यक्रममार्फत विद्यार्थीहरुलाई पढाइसँगै सिप सिकाउने व्यवस्था मिलाएको हो ।

बेनीमा रहेका १६ वटा माध्यमिक विद्यालय मध्य१४ वटाले सिपमुलक तालिम सञ्चालन गरेका छन । चालु आर्थिक वर्ष २०८१÷०८२ मा नगरपालिकाले उक्त कार्यक्रमका लागि प्रत्येक विद्यालयलाई रु एक÷एक लाखका दरले रु १६ लाख बजेट बिनियोजन गरेको थियो ।

नगरपालिकाको अनुदानबाट तालिम सामग्री खरिद, प्रशिक्षक भत्ता र सहभागीलाई खाजाको व्यवस्था मिलाएका छन् । बिहान बेलुकी विद्यार्थीको अनुकूल समयमा आलोपालो गरेर तालिममा सहभागी हुने व्यवस्था मिलाइएको छ । ३३० जना विद्यार्थी सीपमूलक तालिममा सहभागी भएका नगर शिक्षा अधिकृत कमल ढकालले बताउनुभयो ।

माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयमै सिप सिकाउन “हामी सक्छौँ, हामी गर्छौँ” कार्यक्रम सञ्चालन भएको हो । विद्यार्थी र शिक्षालाई सिप र श्रमसँग जोड्न कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख सुरत केसीले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७९÷०८० मा १० वटा विद्यालयमा सञ्चालन भएको कार्यक्रम प्रभावकारी भएपछि २०८०÷०८१ र २०८१÷०८२ देखि नगरपालिकामा रहेका १६ वटै माध्यमिक विद्यालयमा सञ्चालन गरिएको हो । विद्यालय तहको शिक्षा हासिल गरेको विद्यार्थीले शिक्षासँगै केही न केही सिप लिएर समाजमा पुगोस भन्ने अवधारणा अनुसार कार्यक्रम अघि सारिएको नगर प्रमुख केसीले बताउनुभयो ।

विद्यालयले ‘हाउस वायरिङ’, ‘पलम्बीङ’, ‘हेयर कटिङ’, भित्तेलेखन, यान्त्रिक हलो मर्मत, ‘सर्वे क्याम्प’ बाँसबाट सजावटका सामान बनाउने, सौन्दर्यकला, च्याउ र खुर्सानी खेतीसम्बन्धी सिप सिकाउन तालिम सञ्चालन गरेका छन् ।

बेनी नगरपालिका–१० पात्लेखेतस्थित दिपक माध्यमिक विद्यालयको कक्षा ९ र १० मा अध्ययन गर्ने २३ जना विद्यार्थीहरुले सामुहिक रूपमा ‘केन्ये’ जातको च्याउ खेती गरेका छन् । बेनी नगरपालिका–९ तोरीपानीको गलेश्वर माविले प्राविधिक धारतर्फ सिभिल इञ्जिनियरीङ विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई ‘सर्वे क्याम्प’ मार्फत भवन, सडक, पुलको सर्वे गर्ने व्यवहारिक सिप सिकाएको छ ।

सोही वडाको नेप्टेचौरमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयका १५ जना विद्यार्थीका लागि कपाल काट्ने सिप प्रदान गरिएको शिक्षक रामचन्द्र पौडेलले बताउनुभयो । जामुनाखर्क १५ जनालाई सौन्दर्यकला, पुलाचौरको जनकल्याण माविले २६ जनालाई बाँसबाट सजावटका सामान बनाउने तालिम सञ्चालन गरेको छ ।

पौलत्स्य मावि भिरमुनीले २१ जनालाई मिनिटेलर (यान्त्रिक हलो) मर्मतसम्बन्धी सिप सिकाएको छ । बेनीको प्रकाश मावि, अर्जमको रामचन्द्र मावि र धवलागिरी माविले हाउस वायरिङसम्बन्धी तालिम चलाएका छन् । प्रकाश माविमा ३०, रामचन्द्रमा ३३ र धवलागिरी माविमा २३ जना सहभागी भएका छन् । भकुण्डेको अर्जुन माविले सञ्चालन गरेको १५ दिने भित्तलेखन तालिममा ३१ जना सहभागी छन् ।

भकिम्लीको जयन्ति माविका २५ जना विद्यार्थीहरुले अकवरे जातको खुर्सानी खेती गरेका छन् । विद्यार्थीले सिकेका सिपको व्यवहारमा प्रयोगमा ल्याएर उद्यम व्यवसाय गर्नु भन्दा पनि वैदेशिक रोजगारीतर्फ बढ्दो आकर्षण यस कार्यक्रमको प्रमुख चुनौति हो । आधारभूत तहको सिप सिकेकालाई ब्यवसाय बन्न चाहेमा विद्यालय अथवा नगरपालिकाले विउपुजीको ब्यवस्था गरेर ‘पढ्दै कमाउदै गर्ने’ कार्यक्रममा जोड्न सकेमा थप प्रभावकारी हुने बालमन्दिर माविका प्रअ सुरेन्द्र केसीले बताउनुभयो ।

Previous Post

आज वृक्षरोपणको २० वर्षे महाअभियान सुरु गरिदै, ६० करोड बिरुवा रोपिने

Next Post

अध्यक्ष दाहालद्वारा एसइई उत्तीर्ण विद्यार्थीलाई बधाई ज्ञापन

metakhabar

metakhabar

सम्बन्धित खबर

तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आर्थिक

मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा
फिचर-ब्यानर

शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

४ असार २०८३,
भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज
समाचार

भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

४ असार २०८३,
Load More
Next Post
अध्यक्ष दाहालद्वारा अन्तरराष्ट्रिय श्रमिक दिवसको शुभकामना

अध्यक्ष दाहालद्वारा एसइई उत्तीर्ण विद्यार्थीलाई बधाई ज्ञापन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In