• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान

    आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो

    पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

    विश्वकप फुटबल : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

    विश्वकप फुटबल : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

    रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

    रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

    मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सावधान! लु लागेर ज्यान पनि जान सक्छ

metakhabar by metakhabar
३ असार २०८२,
0
सावधान! लु लागेर ज्यान पनि जान सक्छ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अहिले पूर्वी तथा पश्चिमी मधेस भीषण गर्मीको संकटमा छ । ४० डिग्री सेन्टिग्रेडसम्म उच्च तापक्रम पुगेको छ । भीषण गर्मीको संकटबाट मानिस मात्र होइन, पशुपन्छी तथा बोटविरुवा पनि प्रभावित बनेको छ । मौसमविद्हरूले यस पटक गर्मी उच्च रहने अनुमान गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले पनि उच्त गर्मीको संकटबाट बच्न आग्रह गरेको छ । स्वास्थ्यविद्हरूका अनुसार भीषण गर्मी अर्थात् लुबाट मानिसको मृत्यु पनि हुन सक्छ । बच्चा र वृद्धलाई लु लाग्न सक्ने खतरा धेरै रहन्छ । त्यसैले लु लागेको छ भने यसलाई नजरअन्दाज गर्नु हुँदैन । विज्ञका अनुसार अधिक गर्मीबाट मानिसको शरीरको सामान्य तापक्रम ६ डिग्रीसम्म बढ्न सक्छ । जसले शरीरभित्र रक्त आपूर्तिमा असर गर्छ । यदि यस्तो भयो भने मासिन बेहोस हुन सक्छ । यदि समयमा उपचार भएन भने त्यस्ता मानिसको मृत्यु पनि हुन सक्छ ।

के हो लु?

नियमित भन्दा ६ डिग्री सेन्टिग्रेड तापक्रम लगातार पाँच दिनभन्दा बढी रह्यो भने लु लाग्ने (लेकमा अक्सिजनको कमीले लेक लागे जस्तै अत्याधिक गर्मीले लु लाग्छ) सम्भावना हुन्छ । लु लागेर मानिसको तत्कालै मृत्यु हुने सम्भावना पनि हुन्छ । मधेशका जिल्लामा गर्मी बढेसँगै स्वास्थ्यमा हुने एउटा प्रतिकूल अवस्थालाई नै ‘लु’ अर्थात हिटवेभ लाग्नु भनिन्छ । अत्यधिक गर्मी हुने स्थानमा गर्मी मौसममा तातो हावा चलेको हुन्छ । यस्तो समयमा मानिस हिँड्दा, काम गर्दा, खेल्दा तातो हावा तथा घामको असरले मूच्र्छा पर्ने वा बेहोस हुन्छ ।

जब कुनै खास स्थानको तापक्रम सामान्यभन्दा ६ डिग्री वा यसभन्दा बढी हुन्छ भने त्यहाँ गर्मी धेरै बढ्छ । तापक्रम बढ्दा तातो हावा पनि चल्न थाल्छ । मधेशका जिल्लाहरूमा अहिले यस्तै अवस्था छ । त्यसैले यस्तो स्थितिलाई लु अर्थात् हिटवेभ भनिन्छ । मौसम विभागका अनुसार मधेश क्षेत्रमा ४० डिग्री वा यसभन्दा बढीको तापक्रम हिटवेभ हो ।

कसरी लाग्छ?

अत्यधिक गर्मी हुने स्थानमा गर्मी मौसममा तातो हावा चल्छ । यस्तो समयमा मानिस हिँड्दा, काम गर्दा, खेल्दा तातो हावा तथा घामको असरले बेहोस हुने हुन्छ ।

लु लागेमा शरीरमा तापक्रमको सन्तुलन बिग्रिन्छ । तातो हावाबाट श्वासप्रश्वासमा असर पर्ने, रक्तचाप कम हुने, शरीरबाट पसिना ननिस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, अचेत हुने, शरीरको तापक्रम १०४ डिग्री फरेनहाइट भन्दा बढी हुनाका साथै छाला सुक्खा, रातो र तातो हुने गर्छ ।

लु खतरनाक किन ?

लुको सम्पर्कमा आउनु नै खतरनाक हो । यसले मानिसको ज्यान पनि लिन सक्छ । शरीरको तापक्रम बढ्दा रगत बाक्लो हुन थाल्छ भने रक्तचाप पनि कम हुन्छ । जसका कारण मस्तिष्कसम्म रक्त आपूर्ति हुन सक्दैन । यस्तो अवस्थामा छिटो र समयमा उपचार भएन भने त्यस्ता मानिसको मृत्यु पनि हुन सक्छ ।

लुबाट वृद्ध, गर्भवती महिला र बच्चाहरू छिटो र धेरै प्रभावित हुन्छन् । यदि कोही मधुमेह, रक्तचाप वा मुटु रोगी छ भने उनीहरूलाई लु लाग्नु धेरै नै खतरनाक हो ।

यसबाट कसरी बच्ने?

बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने, फलफूलको रस वा पानी पिउने, धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने, चिसो पानीले नुहाउने, खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्ने, चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने, चिया, कफी, सोडाजस्ता पेयपदार्थ नपिउने गर्नुपर्छ ।

यसका साथै शरीरको तापक्रमलाई सामान्य बनाउन समय समयमा स्वच्छ र चिसो पानी पिउनु पर्छ । पानीको मात्रा बढी हुने फलहरू जस्तो खरबुज, काँक्रा आदिको सेवन गर्नुपर्छ ।

Previous Post

ग्राहकलाई ठगी गरेमा बैङ्कलाई कारबाही गरिने

Next Post

नेपाल एयरलाइन्सको सर्भर ह्याक: टर्कीबाट पहुँच, एजेन्ट कोडको दुरुपयोग

metakhabar

metakhabar

सम्बन्धित खबर

पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान

१२ असार २०८३,
आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो
आवाज

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

१२ असार २०८३,
विश्वकप फुटबल : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश
अन्तर्राष्ट्रिय

विश्वकप फुटबल : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

१२ असार २०८३,
रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन
आवाज

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

१२ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१२ असार २०८३,
मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’
आवाज

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

१२ असार २०८३,
Load More
Next Post
नेपाल एयरलाइन्सको सर्भर ह्याक: टर्कीबाट पहुँच, एजेन्ट कोडको दुरुपयोग

नेपाल एयरलाइन्सको सर्भर ह्याक: टर्कीबाट पहुँच, एजेन्ट कोडको दुरुपयोग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In