• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

    ‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

    ‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

    राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

    राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

    कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ

    कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ

    निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

    निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मागको आधा रगत आपूर्ति गर्दै भरतपुर अस्पतालको ‘ब्लड बैंक’

metakhabar by metakhabar
२८ जेष्ठ २०८२,
0
न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल देशकै पहिलो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन, २८ जेठः भरतपुर अस्पतालले सञ्चालन गरेको ब्लड बैंक (रक्त सञ्चार केन्द्र) ले अस्पतालको मागको आधा रगत आपूर्ति गर्दै आएको छ । अस्पतालमा दैनिक ६० युनिट हाराहारी रगत माग हुने गरेकामा ३० युनिट हाराहारी अस्पताल आफैले व्यवस्थापन गर्दै आएको हो ।

ब्लड बैंकका इञ्चार्ज विष्णुप्रसाद बाँस्तोलाका अनुसार गत वर्षको जेठ २ गतेबाट सञ्चालनमा आएको ब्लड बैंकमा हालसम्म दुई हजार ४०० युनिट (पोका) रगत सङ्कलन गरेर वितरण गरिएको छ । आफैँ विभिन्न ठाउँमा पुगेर रगत सङ्कलन गर्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विभिन्न संस्थाहरुले रक्तदान कार्यक्रम आयोजना गरेर बोलाएको ठाउँमा हामी आफँै पुगेर रगत सङ्कलन गर्ने गरेका छौँ ।”

ब्लड बैंकले अस्पताल परिसरमै नियमितजसो रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । बाँस्तोलाका अनुसार विगतमा साप्ताहिक रुपमा कार्यक्रम आयोजना गरिँदै आएकामा गत चैतदेखि एक दिन बिराएर कार्यक्रम आयोजना गरिंदै आएको छ ।

अस्पताल आएका बिरामीका आफन्तले रक्तदान गर्ने गरेको उहाँले बताउनुभयो । यसरी कार्यक्रम आयोजना गर्दा प्रत्येक कार्यक्रमबाट ३० देखि ३५ युनिट रगत सङ्कलन हुने गरेको छ । थप जनचेतना जगाउन सके रक्तदानको सङ्ख्या थपिने उहाँको भनाइ छ ।

भरतपुर अस्पतालमा दैनिक ६० युनिट हाराहारी रगतको माग हुने भन्दै उहाँले ५० प्रतिशत मात्रै आपूर्ति गर्न सकिएको बताउनुभयो । बाँकी ५० प्रतिशत हाराहारी रगत नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरबाट आफूर्ति हुने गरेको उहाँले जानकारी दिनुभयो ।

हाल अस्पतालको ब्लड बैंकबाट होल ब्लड, प्लेटलेटयुक्त सेतो प्लाज्मा (पिआरपि), प्याक सेल भोलुम (पिसिभी) र फ्रेस फ्रोजन प्लाज्मा (एफएफपि) समेत दिने गरिएको छ । बिरामीको आवश्यकताअनुसार यस्तो रगत दिने गरिएको बाँस्तोलाको भनाइ छ । हाल अस्पतालमा ५०० युनिट रगत सुरक्षित राख्ने क्षमता रहेको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले बिरामीलाई रगत खोज्न अन्यत्र भौतारिन नपरोस् भनेर नै अस्पताल आफैँले ब्लड बैंक स्थापना गरेर सञ्चालन गरेको बताउनुभयो । ब्लड बैंक स्थापनाको सुरुआती चरणमा ब्लडको सबै प्रोडक्ट दिन नसकिए पनि विस्तार विविधिकरण गरिंदै लगिएको उहाँले बताउनुभयो । ब्लड बैंकको क्षमता र गुणस्तर थप विस्तार गर्दै लैजाने उहाँले बताउनुभयो ।

बिरामीबाट रगत परीक्षण शुल्कबापत अन्यत्र रु ८०० देखि ९०० सम्म लिने गरेको भन्दै प्रा डा पौडेलले आफूहरुले रु ६०० मा नै दिने गरेको बताउनुभयो । स्वास्थ्य बिमामार्फत रगत पाइन्छ भने बागमती प्रदेशभित्रको ठेगाना हुनेले नागरिकताको फोटोकपी दिएमा रगत परीक्षण शुल्क तिर्नु नपर्ने व्यवस्था गरिएको छ । सुत्केरी, मिर्गाैलाको डायलासिस, थालेसेमिया र शल्यक्रिया गर्नुपर्ने बिरामीलाई बढी मात्रामा रगतको आवश्यकता पर्ने गर्दछ । हाल यसै अस्पतालमा उपचाररत बिरामीलाई मात्रै यहाँबाट रगत दिने गरिएको छ ।

आफन्त र स्वयंसेवीको भर

नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरमा अहिले बिरामीका आफन्त र स्वयंसेवी रक्तदाताको भरमा रगत सङ्कलन गर्नुपरेको छ । अत्यधिक गर्मीका कारण जिल्लामा रक्तदानका कार्यक्रम कम हुँदा बिरामीका आफन्त र स्वयंसेवी रक्तदाताको भरमा बिरामीलाई रगत पु¥याउनु परेको हो ।

जिल्लामा रहेका दुई ठूला मेडिकल कलेज, भरतपुर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र २८ साना अस्पतालमा बिरामीको चाप बढ्दै जाँदा रगतको माग बढेको छ । रगतको माग बढेपछि रक्तदानका कार्यक्रम भने बढ्न नसकेको रक्तसञ्चार केन्द्रका प्रमुख रमेशकान्त पौडेलले बताउनुभयो ।

उहाँका अनुसार अहिले जिल्लाका विभिन्न अस्पतालमा गरी दैनिक १५० युनिट रगतको माग हुने गरेको छ । सङ्कलन मुस्किलले ४० युनिट हुने गरेको उहाँले बताउनुभयो । रक्तदान गर्ने युवा विदेशिदा रगतको समस्या देखिने गरेको उहाँको बुझाइ छ । उहाँले भन्नुभयो, “बढ्दो गर्मीका कारण रक्तदाताले रक्तदान गर्न छाडेको छन् ।” अहिले क्याम्पसमा पढाइ नहुनु, राजनीतिक दलहरुले रक्तदानलाई प्राथमिकता नदिनु, नयाँ रक्तदाता बढ्न नसक्नुजस्ता कारणले रगतको अभाव हुने गरेको पौडेलको भनाइ छ ।

नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति हरिप्रसाद पौडेलले अहिले देशभरि नै रगतको समस्या रहेको बताउनुभयो । यस केन्द्रले चितवनसहित १२ जिल्लाबाट रगत सङ्कलन गरेर ल्याउने गरेको छ । अहिले रक्तदान कार्यक्रम नै हुन नसकेको उहाँको भनाइ छ । उहाँल भन्नुभयो, “बिरामी लिएर आएका आफन्तले समेत रगत दिन डराउने गर्दा समस्या भएको छ ।”

जिल्लाका अस्पतालमा चार युनिटबाट रगतको व्यवस्था गरिँदै आइएको छ । भरतपुर अस्पताल परिसर, चितवन मेडिकल कलेज, क्यान्सर अस्पताल र बकुलहर अस्पताल युनिटबाट रगत दिने व्यवस्था गरिएको छ । यहाँका अस्पतालमा वार्षिक ६० हजार युनिटभन्दा बढी रगत आवश्यक पर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

Previous Post

गणतन्त्रबाट मुलुक पछाडि फर्किन सक्दैन : प्रचण्ड

Next Post

उजुरीकर्ता खुलाइएन, पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पूर्जी

metakhabar

metakhabar

सम्बन्धित खबर

निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष
आवाज

निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

२० फाल्गुन २०८२,
‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’
आवाज

‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

२० फाल्गुन २०८२,
राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी
आवाज

राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

२० फाल्गुन २०८२,
कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ
आवाज

कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ

२० फाल्गुन २०८२,
निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय
फिचर-ब्यानर

निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

२० फाल्गुन २०८२,
‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’
समाचार

‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

२० फाल्गुन २०८२,
Load More
Next Post
उजुरीकर्ता खुलाइएन, पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पूर्जी

उजुरीकर्ता खुलाइएन, पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पूर्जी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In